एमालेमा मतदानको प्रतिक्षा
काठमाडौं, २ पुष ।
एमाले अधिवेशनको चौथो दिन प्रतिनिधिहरु मतदानका लागि बुधबार बिहानैदेखी लामवद्ध भएका छन् । मंगलबार अपराह्नदेखी सर्देसर्दे बुधबार बिहान ८ बजेदेखी प्रारम्भ हुने भनिएको छ । मतदान गर्न दिनभर लाग्ने बताइएको छ ।
मतदानबाट एमालेमा नयाँ नेतृत्व चयन हुने छ । १९ पदाधिकारी सहीत ३०१ को केन्द्रीय समिति चयन हुने छ । अध्यक्ष महासचिव, सचिव, उपसचिवमा तीव्र प्रतिस्पर्धा छ । अध्यक्ष पदमा तेश्रो पटक केपी शर्मा ओली चुनावमा उत्रिएका छन् भने उनलाई ईश्वर पोखरेलले टक्कर दिदैंछन् । ईश्वरलाई पूर्व राष्ट्रपति विद्याको ब्याकिङ्ग छ, ओली पक्षले विद्याको एमाले राजनीतिमा प्रवेश गर्ने मार्ग अवरुद्ध गरेको थियो ।
ओली र पोखरेल दुबैले पदाधिकारीदेखी केन्द्रीय सदस्यसम्म आआफ्नै टिम बनाएका छन् । प्यानलको आधारमा मतदान हुने अपेक्षा राखेपछि मतदाताहरुले भोट क्रस गर्ने संकेत देखिएका छन् ।महासचिव पदमा तीव्र प्रतिस्पर्धा छ । निवर्तमान महासचिव शंकर पोखरेल र सुरेन्द्र पाण्डे भिड्दैं छन् ।
तस्बिर: नेपालप्रेस अनलाईन
