काठमाडौंः १ पुस
गैर आवासीय नेपाली संघको युरोप महिला संयोजकमा फ्रान्सकी गीता खनाल थापा मनोनित भएकी छन् । संघको हालै बसेको बैठकले एनआरएनए फ्रान्सकी पूर्व अध्यक्ष समेत रहेकी थापालाई युरोप महिला संयोजकमा मनोनयन गर्ने निर्णय गरेको  संघले जारि गरेको विज्ञप्तिमा उल्लेख छ ।
हाल पेरिसमा व्यवसाय तथा सामाजिक कार्यमा सक्रिय थापाको मनोनयनलाई युरोपका महिलाहरुले उत्साहपूर्ण प्रतिक्रिया दिएका छन् ।
संघका अध्यक्ष महेश श्रेष्ठले प्रभावकारी रुपमा संस्थाका गतिविधिमा सक्रिय योगदानका साथै महिलाका क्षेत्रमा गरेको योगदानको कदर स्वरुप जिम्मेवारी प्रदान गरिएको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *