ओली भर्सेस ईश्वर: अध्यक्ष, महासचिव र सचिवमा कडा भिडन्त
गुट चलाउन सिपालु ओलीले महाधिवेशनको मुख्यमा पदाधिकारी र केन्द्रीय समितिको आकार बढाएर ‘आफ्ना’हरुलाई सम्बोधन गर्ने नीतिको आलोचनामात्र भएन्, उनले विश्वासपात्र भनिएका कतिपयलाई समेटन सकेनन्, जसको प्रत्यक्ष लाभ प्रतिस्पर्धी पोखरेलले लिने देखिन्छ ।
काठमाडौं, १ पुष ।
नेपालको राजनीतिमा महत्वपूर्ण भूमिकामा रहेको नेकपा(एमाले)को ११ औं अधिवेशनको चौथो दिन सर्वाधीक चासोको विषय बनेको छ, सभापतिमा को निर्वाचित हुने हुन्, महासचिवमा कसले बाजि मार्ने हुन, सचिवमा को को निर्वाचित हुने हुन् ?
पार्टी अध्यक्षमा ह्याट्रिक गर्ने सोचमा रहेका अध्यक्ष केपि शर्मा ओली र पार्टीको उपाध्यक्ष पदमा पुगेका ईश्वर पोखरेल आआफ्नो प्यानलबाट चुनावी मैदानमा छन्, केही स्वतन्त्र सहीत । एमाले महाधिवेशनको राजनीति खास गरेको ओलीको कमानमा रहेको पार्टीमा ओलीको एउटा सशक्त गुट थियो । दशौं महाधिवेशनमा चुनावनै नगरी ओलीले रोजेका पदाधिकारी र केन्द्रीय समितिको बलियो जमात निर्वाचनको मुखमा आएर छिन्नभिन्न भएको छ, यसले परिणाममा फरक पार्ने संकेत देखिएका छन् ।
गुट चलाउन सिपालु ओलीले महाधिवेशनको मुख्यमा पदाधिकारी र केन्द्रीय समितिको आकार बढाएर ‘आफ्ना’हरुलाई सम्बोधन गर्ने नीतिको आलोचनामात्र भएन्, उनले विश्वासपात्र भनिएका कतिपयलाई समेटन सकेनन्, जसको प्रत्यक्ष लाभ प्रतिस्पर्धी पोखरेलले लिने देखिन्छ, जसलाई पूर्व राष्ट्रपति विद्या भण्डारीको बलियो भरथेग छ ।
२७ मंसिर देखी प्रारम्भ भएको महाधिवेशनको बन्दसत्रमा बहुमतिय निंरकुशता प्रर्दशन गरेका ओली उम्मेदवारी दर्तासँगै चुनौतीको भूमरिमा परेका छन् ।
२७ मंसिर देखी प्रारम्भ भएको महाधिवेशनको बन्दसत्रमा बहुमतिय निंरकुशता प्रर्दशन गरेका ओली उम्मेदवारी दर्तासँगै चुनौतीको भूमरिमा परेका छन् ।आफ्ना विश्वासिला अनुयायीको आकाक्षा सम्बोधन गर्न नसक्नुको असर ओली र महासचिवका प्रत्याशी शंकर पोखरेलमा पर्ने देखिन्छ । गुट व्यवस्थापनमा असफल भएका ओली निर्वाचनमा कमजोर भएका छन् भन्न त मिल्दैन, तर उम्मेदवारीसँग जोडिएका राजनीतिक जोडघटाउ र क्याम्प अदलबदलको पृष्ठभूमि ओलीका लागि सुखद नबन्न सक्छ ।
ओलीले महासचिवमा शंकर पोखरेलको चयनको परिणाम प्रदीय ज्ञवाली जो एमाले भित्र शालिन राजनीतिको नाममा चिनिन्छन् उनले ओलीले दिएको उपाध्यक्षपद अस्वीकार गर्दे केन्द्रीय समिति सदस्यमा मात्र उम्मेदवारी दिएका छन् । एउटै व्यक्तिलाई दोहो¥याएर जिम्मेवारी दिनुहुन्न भन्ने ज्ञवालीको मान्यता शंकरको हकमा मात्र लागु हुने वा ओली तर्फ पनि इंगित हो, त्यो समयमा खुल्दै गर्ला । केन्द्रीय सदस्यमा उम्मेदवारी पछि दिल दुखेको छ भन्दै महाधिवेशन स्थलबाट बाहिरिएका ज्ञवालीलाई फकाउन ओली पक्षले सबै विधि अपनाएको चर्चा छ । दिलमा केही मलम लागेपछि हुन्सक्छ ज्ञवालीले सोमबार बिहानै फेसबुक मार्फत ओली प्यानलका सबैलाई विजयी गराउन अपिल गरेका छन् ।
ओलीकै कारण महासचिव भिडन्त रोचक हुने देखिन्छ । शंकर पोखरेल र सुरेन्द्र पाण्डे दुबै एमालेका गतिला खम्बा मानिन्छन् । दुई दमदारहरुको भिडन्तमा पोखरेलले ओलीको बलियो साथ समर्थन प्राप्त गरेको भएपछि ओलीले गुट सम्हाल्न नसकेको परिणाम यिनले पनि भोग्नुपर्ने देखिन्छ ।
ओली कित्ताबाट ईश्वर कित्तामा पुगेकाहरुले शंकरलाई माया गर्ने छैनन् । त्यस बाहेक प्रदीप ज्ञवालीको असन्तोषको मूल्य र लुम्बिनीको राजनीतिका प्रतिस्पर्धी विष्णु पौडेलले ओली क्याम्पको नाममा असहयोग नगरेपनि शंकरको पक्षमा सक्रिय सहयोग हुने आधार देखिदैंन । पौडेल उल्लेख्य संख्यामा मत यताउता गर्नसक्ने हैसियतका सिपालु नेता हुन् एमालेमा ।
एमाले चुनावमा खास गरेर अध्यक्ष, महासचिव र सचिव पदमा अत्यधिक प्रतिस्पर्धा देखिन्छ । अध्यक्षमा केपी ओली, पोखरेल, महासचिवमा शंकर र सुरेन्द्र भिडेका छन् भने ९ पदका लागि हुने सचिवमा २० जना प्रत्यासी छन् । जसमा ओलीको क्याम्प छोडेर ईश्वरमा आउँनेहरु, ओलीबाट असन्तोष भएर स्वतन्त्र उम्मेदवारी दिएकाहरु, र ईश्वर क्याम्पकाबाट प्रतिस्पर्धामा उत्रिएका चर्चित अनुहारहरु छन् ।
एमालेको गृट राजनीतिको शिकारमा को को पर्ने हुन् र कसकसले बाजी मार्ने हुन्, संभवत सोमबार अबेर रातसम्ममा परिणाम आउँने छ ।प्रतिनिधि चयनदेखीनै ओलीले चालेको प्यानल राजनीतिको परिणामले ओलीलाई कुन हदसम्म लाभ हुने हो ? सोमबार अबेर रातीसम्मका संभवता परिणामा आउँने छ ।
