काठमाडौं, २८ मंसिर ।
एमाले अधिवेशनको दोश्रो दिन प्रतिनिधिहरु बन्दसत्रमा गरमागरमा छलफल गरिरहँदा, पदाधिकारी र केन्द्रीय समितिको आकार विस्तार भैरहँदाको राजनीतिलाई नजिकबाट बुझ्ने, आँकलन गर्ने ठूलो संख्याका एमालेजन भृकुटीमण्डपको परिसरमा जताततै थिए ।
के हुँदैं छ, कसले के भने ? पार्टी राजनीति कता मोडिने हो ? को को आउँने हुन् नेतृत्वमा ? कसले ठिक गरे, कसले बेठिक गर्देछन्, बन्दसत्र बाहिर यस्तै प्रश्नहरुबीच ठूलो संख्याका एमाले नेताहरु दिनभर व्यग्र रहे ।
पार्टीका स्वंयसेवक,समाचारको खोजिमा पुगेका पत्रकार, भिडियो र क्यामरामा मोमेण्ट क्याच गर्नेहरु र प्रहरीहरु पनि जत्रतत्र नै थिए । भृकृटी मण्डप भित्रका चिया पसललाई भ्याइनभ्याई थियो । प्रदशनिमार्ग पुरै खचाखच थियो । आइतबार अपराह्न एमाले अधिवेशनको तातोमा देखिएका केही क्लिक ।

समाचारको जोहो, तस्बिर क्लिक, भिडियो क्लिप

प्रतिनिधिलाई रातो कार्पेट, ध्वजापताका

सुरक्षा, समाचारकर्मी र स्वंयसेवक

भित्र के हुँदै छ, जान्ने उत्सुकता

नेवारी कलाको प्रवेशद्धार

मोबाइल टावर लाग्ने प्रविधि

 

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *