उद्घाटन सत्रमा दश हजार स्वंयसेवक परिचालन गर्दै एमाले
सल्लाधारी चौरमा नेवारी कलामा मञ्च सिंगारिएको छ —चाँगुनारायण, न्यातपोत, धराहराका आकृतिसँगै एमाले लोगो र झण्डा संयोजन गरिएको छ ।
काठमाडौं,२६ मंसिर ।
एघाऔं महाधिवेशनको उद्घाटन समारोहमा ठूलो संख्यामा जनसभागिता हुने योजनासाथ एमालेले दशहजारको संख्यामा स्वंयसेवक परिचालन गर्ने नीति लिएको छ ।
शनिबार, भक्तपुर १,सल्लाघारी स्थित ठूलो चोकमा आयोजना हुनेउद्घाटन समारोहबारे जानकारी दिदैं एमाले स्थायी कमिटी सदस्य एव जनवर्गिय संगठन प्रमुुख भानुभक्त ढकालले चुुुस्त र प्रभावकारीरुपमा समारोह सम्पन्न गर्ने सबैखाले तयारी भैसकेको बताए । ढकालका अनुसार, महाधिवेशनमा १० हजार स्वंयसेवक परिचालित गरिने छन् ।
स्वंयसेवक परिचालनका निम्ति, कमाण्डर, सहकमाण्डरहरु तोकिएको र उनीहरुलाई पार्टी नीति अनुसार निर्देशन दिइने ढकालले बताए ।‘हाम्रो सुरक्षा व्यवस्थामा चुस्त, प्रभावकारी हुने छ’ ढकालले भने ‘सुरक्षाका सवालमा सियो पनि यतायती नहल्लिने व्यवस्था हुने छ ।’
आयोजनास्थलमा पत्रकार सम्मेलन गर्दे ढकालले भने ‘हाम्रा जनवर्गिय संगठनका सदस्यहरु युवा संघ, अनेरास्ववियु र तथा नेसनथ युथ भोलिन्टियर फोर्स परिचालन हुने छन् ।’
ढकालका अनुसार एमालेले शनिबार अरनिको राजमार्गको गठ्ठाघरदेखी साँगासम्म एमालेका स्वंयसेवहरुले समन्वय गर्ने, आवश्यक सहयोग गर्न बताइएको छ । भक्तपुर स्थित सरकारी सुरक्षा संयन्त्रसँग समन्वय भएको बताउँदै ढकालले भने ‘मुख्यतया हामी आफ्नै सुरक्षामा भर पर्दछौं ।’पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य राजेन्द्र गौतमले पनि सम्बोधन गरेका थिए । पत्रकार सम्मेलनमा पार्टीको अधिवेशनको बन्द सत्रमा पाँच सय स्वंवसेवक परिचालन गरिने जानकारी दिइयो ।
पार्टी अध्यक्ष केपी ओली जो सूर्यविनायक ७, गुण्डुमा बसोबास गर्दछन्, उनलाई त्यहाँबाट कार्यक्रमस्थलसम्म ल्याउँन विशेष तयारी गरेको पनि ढकालले बताए ।
परिवर्तित राजनीतिक परिस्थितिमा हुन लागेको एमाले महाधिवेशनको प्रमुख काम नेतृत्व चयन हो । तर, एमालेले महाधिवेशनलाई शक्ति प्रर्दशन गर्ने अवसरको रुपमा प्रयोग गर्ने देखिन्छ ।
उद्घाटन समारोहमा राजनीतिक पार्टीका प्रमुखहरु लगायतका विशिष्ठ व्यक्तिहरुको उपस्थिति हुने छ ।
आयोजनास्थल नेवारी कलाले सजिएको छ ।उद्घाटन समारोह आयोजना हुने मञ्चमा विश्व सम्पदा सूचीमा सुजिकृत चाँगुनारायण मन्दिरको ठूलो कलापूर्ण चित्र राखिएको छ । न्यातपोल मन्दिर र धरधराको आकृतिसँगै एमाले झण्डालाई सुन्दर संयोजन गर्दे सिंगारिएको छ ।
