अध्यात्म,आत्मविश्वास,उच्चस्तरीय मानवीय गुण,व्यवसायीक निष्ठा र समर्पण,परोपकार र सेवाभावको समिश्रण हो सामिव्य अवधारणा । चार सय रुपैया लिएर काठमाडौं आएका सावित्री मीनबहादुरले सृजना गरेको विशाल व्यापारिक धरोहरलाई उनीहरु आफ्नो भन्दैनन्, भन्छन् ‘सृष्टिकर्ता भगवानले सृजना र निर्माण गर्ने जिम्मेवारीसहीत हामीलाई यो लोकमा पठाएका हुन् । जे छ समाजले दिएरै भएको हो । हामीले कमाएको समाजलाई फर्काउने हो । हामी त लिने दिने बीचका माध्यम हौं ।’

                                                                                                                                           
तिन दसक अगाडी बेलायतबाट विकाश सम्बन्धि बिषयमा विध्यावारीधी गरिफर्के देखि निरन्तर रुपमा मैले देश विदेसमा भएका भौतिक, मानवीय, सामाजिक र राजनैतिक परिवर्तन, समाजको रुपान्तरण, आर्थिक विकास, बसाइसराइ, सहरीकरण, औधोकिकरण, जलवायु परिवर्तन, विपत व्यवस्थापन, राहत र पुनर्निर्माण, सास्कृतिक, धार्मिक र आध्यात्मिक बिचारबारे अध्ययन, अनुसन्धान, अबलोकन र बिश्लेषण गर्ने गरेको छु।
कतिपय सवालमा देश विदेशमा हुने सभा, सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्ने देखि जल्दोबल्दो बिषयमा कलम चलाउँने, बहस गर्ने र पैरवी अभियानमा मिलेसम्म सहभागी पनि हुनेगरेको छु । यहि सिलसिलामा मलाइ भाटभटेनीको पुनार्निर्मित वेरहाउसको ओपेनिंग समारोहमा टिका  र प्रसाद ग्रहणकोलागि सहभागी हुने अवसर मिल्यो । त्यहाँ मैले जे जस्तो चमत्कारिक दृश्य देखे, अवलोकन गरे, दानबीर मीनबहादुर,सावित्री गुरुङसंग कुरा गरें, सामाजिक संजालमा आएका समाचारहरु चाख दिएर पढें, सुने र मनन् गरेंर निर्माण स्थलमा डिस्प्लेमा भएका विध्वंशका दृश्यहरु र अहिले निर्माण हुँदै गरेका र नवनिर्मित भवनहरुको अवलोकन गरेंर यी नवनिर्माणका दृश्यहरुले मलाइ लाग्यो जाति विध्वंश गर्ने चेस्टा गरेपनि नेपाललाइ यथासिघ्र पुनर्निर्माणबाट अझ आधुनिक र उन्नत बनाउन कम्मर कसेर लाग्ने सावित्री मीनबहादुरहरु अझै जिउँदै रहेछन भन्ने लाग्यो ।

 

व्यवसायिक ज्ञान, सिप, अनुभव, इमान्दारिता, कुसल व्यवस्थापन सैली, उच्च आत्मविश्वास, जोखिम लिनसक्ने ठुलो दिल, मुटु र वचन, कर्म, आधुनिकता र आध्यात्मको संयोजन गर्नसक्ने क्षमता भएको हुनुपर्ने रहेछ। उच्च स्तरको इच्छा शक्ति, स्वस्थ सरिर, शुद्ध मनोभावना, भावनात्मक सचेतना (emotional intelligence)सकारात्मक सोच, असल नियत, दानी, करुणामयी र संस्कारी गुण, नम्र र सार्दुल स्वभाव र कुसल व्यवस्थापकीय कला पनि चाहिने रहेछ ।

खरानी पन्साएर गरिएको पुनर्निर्माण अझ ससक्त, बलियो, आधुनिक र सुन्दर भएको देख्दा लाग्योकी ब्रम्हा बिष्णु महेश्वर साच्चिकै साक्षत छन् कि क्याहो ?यत्रो विध्वंश हुँदाका बखत म देशमा थिइन तर विध्वंशका समाचार दुइ अढाई घण्टामा सामाजिक संजालमा संसारभरि पुगेकोले मैले पनि केहि फुटेज हेरे, त्यसपछि हेर्न नसकेर मोबाइल बन्द गरेर सुत्ने कोसिस गरे तर सकिन । त्यसरी ध्वस्त भएका संरचना दुइ अढाई महिनामै निर्माण सम्पन्न भएको देख्दा र द्रुत गतिको निर्माणका समाचारहरु पनि सोसिअल मेडियामा पहिलाजस्तै प्रसारण भै दिए कति राम्रो हुन्थ्यो होला जुन कुरा सावित्री मीनबहादुर समेतको इच्छा रहेको थाहा पाएँ ।
सोसल मेडियाले बिग्रेका भत्केका विध्वंश भएका नकारात्मक कुरामात्र किन प्रसारण गर्ने होला ? त्यसबाट कसले के फाईदा पाएका छन् होलान, लामो समयदेखि यो मेरो जिज्ञाशाको बिषय रहदै आएको छ।एक नेपाली नागरिकको हैसियतले राम्रो र सकारात्मक कुरा को प्रचार प्रसार गर्नु मेरो पनि जिम्मेवारी हो भन्ने ठानी यो लेख तयार पारिएको हो।

भाटभटेनिलाइ यस्तो चमत्कारीक काम गर्ने उर्जा कहाँबाट प्राप्त भयो ? सावित्री मीनबहादुरको व्यवसायिक सफलतामा के जादु छन् ?सफलताका सुत्रहरु के के हुन् ? यो लेखका उदेश्यहरु यिनै प्रश्नहरुको उत्तर खोज्नु रहने छ ।
४६,००० वर्ग फीटको अत्याधुनिक ढाँचामा बनाइएको वेयरहाउस लगायत अरु संरचनाहरु यति द्रुत गतिमा निर्माण हुन कसरि सम्भव भय?भाटभटेनीको यो द्रुत गतिको पुनर्निर्माणको कार्यले म अचम्मित भएको छु । ४० वर्ष देखि विकाशे विद्यार्थी तथा विकाशे गुरुबा र इनेगीनेका रास्ट्रीय र अन्तरास्ट्रिय संघ सस्थाको नेतृत्वलिइ व्यवस्थापकको रुपमा चिनिएको मलाइ भाटभटेनीको व्यवसायिक व्यवस्थापनमाथी अध्ययन अनुसन्धान गर्नुपर्ने कुराको महसुस भयो। मैले पढेका विकाशवादका सिद्धान्तहरुलाइ माथ खुवाउँदै भाटभटेनीले गरेको उच्च्च स्तरको द्रुत विकासको नमुना देखेर के महसुस भयो भने नेपाली समाजमा नकारात्मक सोच भएका र विध्वंश मच्चाई बिनास गर्नेहरुमात्र छैनन् बरु सकारात्मक सोच लिएर निरन्तर रुपमा निर्माण र सिर्जना गर्नसक्ने उर्जावान मानवीय शक्ति, उद्योगी, व्यवसायीक र ब्यापारीहरु पनि जिउँदै रहेछन् । नेपालमा उद्योग ब्यापार गर्न त्यति सजिलो छैन ।

 

जेन जी आन्दोलनको निहुँपारि यसको रापतापमा,अन्यौलतामा सर्वस्वहरण हुनेगरि भाटभटेनी लगायत उद्योग व्यवसायमा गरिएको नाङ्गो हमला र विनासलाइ अवसरकोरुपमा ग्रहण गर्दै सावित्री मीन बहादुर गुरुङले जुन साहास र धैर्यताका साथ भाटभटेनीको पुनर्निर्माण गरिरहनु भएको छ त्यसलाई भ्रष्टाचार मुक्त, द्रुत गतिको विकासको सुत्र वा अभियानको रुपमा लिन सकिन्छ । देश धनी बनाउने मूल सुत्र यही हो ।

उद्यमी व्यवसायीहरु ले व्यवसायको स्थापनाकाल देखि नै धेरै हण्डर र ठक्कर खाएर व्यवसाय सुरु गर्छन् । राजनीतिक आर्थिक क्षेत्रमा मौजुदा विषम परिस्थितिहरुको सामना गरि नेपालमा सफल व्यवसाय चलाउन सानोतिनो प्रयास र मेहनतलेमात्र सम्भव हुँदैन। यसकालागि सावित्री मीनबहादुरको जस्तो उच्च स्तरको मानवीय र व्यवस्थापकीय गुणले भरिपुर्ण व्यक्तित्व चाहिने रहेछ।उनीहरुको व्यवसायिक ज्ञान, सिप, अनुभव, इमान्दारिता, कुसल व्यवस्थापन सैली, उच्च आत्मविश्वास, जोखिम लिनसक्ने ठुलो दिल, मुटु र वचन, कर्म, आधुनिकता र आध्यात्मको संयोजन गर्नसक्ने क्षमता भएको हुनुपर्ने रहेछ। उच्च स्तरको इच्छा शक्ति, स्वस्थ सरिर, शुद्ध मनोभावना, भावनात्मक सचेतना (emotional intelligence)सकारात्मक सोच, असल नियत, दानी, करुणामयी र संस्कारी गुण, नम्र र सार्दुल स्वभाव र कुसल व्यवस्थापकीय कला पनि चाहिने रहेछ । सावित्री मीनबहादुरमा भएका यी गुणहरुको विस्तृत विवेचना यो लेखको पछिल्लो भागमा गरिएको छ ।
यस्तो उच्च्चस्तरको व्यवसायिक गुण र सैलीलाइ यो लेखमा सावित्री मीनबहादुर को व्यवसायिक अवधारणा छोटकरीमा —सामिव्य अवधारणा नामांकरण गरेको छु । किनभने यो अवधारणाले अर्थशास्त्र वा राजनीतिक शास्त्र वा धर्म ग्रन्थमा वा स्कूल र विश्वविधयालयहरुमा पढाइहुने व्यवस्थापन सम्बन्धि बिषयहरुलाई ब्यवहारमा कसरी उतार्न सकिन्छ भन्ने ज्ञान दिने छ । यो अवधारणा भित्र कैयों व्यवस्थास्कीय ज्ञान, सिप र सैलीका बिषयहरु पर्दछन्। कमसेकम निजि क्षेत्रकालागि सामिव्य अवधारणाले कुनैपनि उद्योग, व्यवसाय र ब्यापार सफल हुन चाहिने आधाररभुत तत्वहरुकोबारे जानकारी प्रदान गर्ने अपेक्षा राखिएको छ।


जेन जी आन्दोलनको निहुँपारि यसको रापतापमा,अन्यौलतामा सर्वस्वहरण हुनेगरि भाटभटेनी लगायत उद्योग व्यवसायमा गरिएको नाङ्गो हमला र विनासलाइ अवसरकोरुपमा ग्रहण गर्दै सावित्री मीन बहादुर गुरुङले जुन साहास र धैर्यताका साथ भाटभटेनीको पुनर्निर्माण गरिरहनु भएको छ त्यसलाई भ्रष्टाचार मुक्त, द्रुत गतिको विकासको सुत्र वा अभियानको रुपमा लिन सकिन्छ । देश धनी बनाउने मूल सुत्र यही हो ।
यो लेखमा सावित्री मीनबहादुरका सफलताका सुत्रहरु जस्तै उच्च आध्यात्मिक सोच, असाधारण व्यवसायिक गुण र पृथक व्यवस्थास्थापनका सैलीहरुको विश्लेषण गरिएको छ । जसको परिणामस्वरुप प्राप्त गरेका हालसम्मका उपलब्धि र चुनौतीहरु पनि लेखमा समेटिएका छन्। लेखको निचोड हालको अनिश्चित राजनितिक परिदृश्यमा पनि निजि क्षेत्रको पहल र नेतृत्वमा सफल व्यवसायिक व्यवस्थापन र पुनर्निर्माण कसरि गर्न सकिन्छ भन्ने आम जनसमुदायको चासोलाई सम्बोधन गर्न भाटभटेनीको द्रुत गतिको निर्माण र सफल व्यवसायलाइ एक उदाहरणको रुपमा खण्डखण्ड गरि सङ्लोन्यूजमा विभिन्न श्रृखलामा क्रमसः प्रस्तुत गरिने छ ।

उच्च आध्यात्मिक सोच, गुणी व्यक्तित्व
देशभर रहेका २६ वटा सुपरमार्केट स्टोर मध्ये आधा, अर्थात १२ स्टोर तोडफोड गरिए, सामग्री लुटियो, पूर्वाधार तथा सवारीसाधनहरू शक्तिशाली रसायन तथा ग्यास प्रयोग गरी जलाइयो, उनीहरू यस घटनाबाट अत्यन्तै मर्माहत बने। यस्तो विनाशका पछाडि के कारण थियो, उदेश्य के थियो ? उनीहरूलाई केही थाहा भएन। करिब १६ अर्ब रुपैयाँ बराबरको क्षति भयो। गोदामको छेउमै आफुहरु बस्ने भएको र लगाइएको आगो कैयौं दिनसम्म जलिरहँदा उनीहरूको जीवन नै जोखिममा रहेको महसुस भएको थियो । यस्ता सबै चुनौतीहरुबीच पनि उनीहरू अत्यन्त आशावादी देखिन्थे । भगवानप्रति विश्वास राख्दै आफ्ना पाहुनाहरुलाई भनिरहेका थिए— भगवानले यस्तो घटना अब फेरि कहिल्यै हुन दिनुहुने छैन । सावित्री मीनबहादुरबाट सबैसँग आफ्नो सकारात्मक ऊर्जा र उच्च मनोबल भएको कुरा व्यक्त भैरहेको थियो।
केद्रीय गोदाम ७० दिनमै पुनर्निर्माण भएपछि उनीहरूले द्रुत गतिमा हासिल गरेको उपलब्धि प्रति, आफ्ना कर्मचारी र कामदार प्रति उच्च सम्मान अर्पण गरे। आफु र आफ्नो मेहनत प्रति गर्व गर्दै र प्राप्त सफलता प्रति सन्तुष्टि पनि व्यक्त गरे। आश्चर्यजनक कुरा त यो देखियो कि तिनीहरूको मुखमुद्रामा खुशी झल्कन्थ्यो, उनीहरू प्रसन्न, उत्साहीत र प्रफुल्ल देखिन्थे । गोदामको उद्‌घाटन समारोहमा उनीहरूले कर्मचारी तथा अतिथिहरु प्रति अनुग्रहित भएको कुरा पटकपटक दोहोर्याइरहे
माया, स्नेह, आत्मियता र सम्बन्धको भाव देखाइरहे । ग्राहकहरुको अटुट माया, सहानुभूति र कर्मचारीहरूले आफूहरूलाई गरेको विश्वास र योगदान प्रति कृतज्ञता व्यक्त गरे  ।
अतिथिहरूसँग कुराकानी गर्दा उनीहरू आशाले भरिएको देखिन्थे । २४ गतेको घटनालाई ‘विशेष खालको बलिदान ‘होम’ गरियो भन्ने ठानेर यसले कालान्तरमा राम्रो परिणाम ल्याउने विश्वास व्यक्त गरे। भविष्यमा निजी क्षेत्रमाथि यस्ता खतरा दोहोरिन नदिने गरी दोषीलाई सम्बन्धित निकायहरुले कडा कारवाही गर्दछ कि गर्दैन होला भन्ने जिज्ञासा त व्यक्त गरे तर कसैप्रति बैरभाव भने नभएको कुरा प्रस्ट पारे ।
म छक्क परें, दुबै सावित्री र मीनबहादुर शान्त तथा सहज देखिन्थे र २३ र २४ गतेका घटनाहरू बिर्सिन चाहन्थे । केद्रीय गोदाम पुनर्निर्माणपछि उनीहरुले पहिलेका विध्वंशका दृश्य बिर्सिन सहज भएको तथा मनको भय तथा मस्तिष्कको तनाव निकै हदसम्म कम भएको बताए। उनीहरु अब ९० दिनभित्र सबै स्टोर मर्मत गर्ने योजनामा छन् । अझ चकित पार्ने कुरा त यो छ कि यति ठूलो क्षतिबाट गुज्रिए पनि उनीहरू अतुलनीय रुपमा शान्त मनस्थितिमा थिए। ‘कमाएको सम्पति हामीलाई कति पो चाहिन्छ र मरेर जानेबेला हामीसँग केही पनि त जाँदैन, यो त समाजकै सम्पत्ति न हो, व्यवसाय सप्रिए नेपालीले नै रोजगारी पाउने हो, नेपाल सरकारले नै कर तथा राजस्व पाउने हो, हाम्रो त केवल सृजना र मेहनतमात्र त हो नि ।’
उनीहरुले यसोमात्र भनेनन् आफ्नो मनोबल समेत उच्च राखे। उनीहरूको आशा र आत्मविश्वास अद्भुत थियो। जसरी आगोले जलेका घाँस पछि अझ हरियाली भएर आउँछन, काटेका रुखका हाँगामा झन् धेरै मुना पलाउँछन्, ग्राहक र इश्वरका कृपाले हामी अझ झांगिएर आउँने छौ । किनभने इमान्दारीपूर्वक मेहनतकासाथ राम्रो काम गर्ने सोच , क्षमत्ता आफूहरूमा अझै रहेको बताए । घटना क्रममा घाइते भएका र ज्यान गुमाएका प्रति उनीहरूको करुणा, दया र सहानुभूति असाधारण थियो। तर, धेरैजसो अतिथि, ग्राहक र कर्मचारीहरू आक्रोशित, कतिपय मलिन मुद्रामा थिए। कोहि त अझै निराश र भयभीत भएको महसुस गर्दै थिए । दोषी पत्ता लागे कि लागेनन् ? यस्तो गराउने हात कसको थियो ?  यस्तो विध्वंश र अत्याचार किन गरियो ? यो राजनैतिक प्रतिसोध साँध्नकै लागिमात्र थियो कि ?  लुटपाट र अपराधजन्य कार्यमा न्याय पाइने हो कि हैन जस्ता प्रश्नले पाहुनाहरु चाहि व्यथित थिए। धेरैले भविष्यप्रतिको चिन्ता, अनिश्चितता र शंका व्यक्त गरे—यो राजनीतिक बदला हो कि ? जबर्जस्ती चन्दा माग्ने समूहहरूको प्रतिशोध हो कि ? भन्दै थिए । केहीले तत्काल घटनास्थलमा सहायता नपुर्‍याएकोमा सरकार, पुलिस र आर्मीसंग आक्रोस पोखे त कसैले भिडसंग मुकाबिला गर्न नआएकोमा पछुतो व्यक्त गरे। उपस्थित केही सञ्चारकर्मीहरूले पनि पछिल्ला वर्षहरुमा कर र गृह प्रशासन लगायत राज्यका अंगहरुले मीनबहादुर सावित्री र उनीहरुका परिवारमाथि गरिएको झुटा प्रचार, अन्याय र ज्यादती तिर संकेत गर्दै सत्य उजागर गर्न समयमा सक्रिय हुन नसकेकोमा दुख व्यक्त गरे, जसले गर्दा समाजमा मीनबहादुरको छवि धमिल्याउने वातावरण बनायो।
भेलामा प्राय सबै मानिसहरू सवित्री मीनबहादुरले यति छोटो समयमा देखाएको कार्यक्षमता प्रति नतमस्तक देखिन्थे। सावित्री मीनबहादुर, उनीहरुको घर परिवार र कर्मचारी वर्गहरुको नम्रता र उदारताबाट सुखद आश्चर्यमा परेका थिए। सँगसँगै अनौपचारिक कुराकानीमा पाहुनाहरुबिच थुप्रै धारणाहरु सुनिन्थे— केहीले भने, ‘नेपाली समाजमा ईर्ष्या, द्वैस र नकारात्मकता धेरै नै बढ्यो। गरि खानेको रिस गर्ने जमात इर्ष्यालु बन्यो यसैको परिणामस्वरुप भाटभटेनी सामाजिक बिघटनकारीहरूको निशाना बन्यो र राज्यले रोक्न नसकेपनि इश्वरले अपराधीहरुलाई दण्ड दिनेछन् , केहीले भने, “गैरजिम्मेवार केहि सामाजिक सञ्जालले प्रायोजित अफवाह फैलाई मीबहादुरलाई सत्तारूढ दलका समर्थकका रूपमा बदनाम गरेको कारणले पनि यो घटना हुन पुग्यो। कतिले त नेपाललाई सतिले सारापेको देश’ हो भनि भन्न भ्याए। सावित्री मीनबहादुरलाई सहानुभूति प्रकट गरे।
कसैले भन्दै थिए “लोकतान्त्रिक समाजमा कसैले आफ्नो इच्छाले जग्गा वा सम्पत्ति दान गर्दा त्यसलाई अपराध ठान्नुको के अर्थ छ, लोभी हुनु राम्रो कि उदार मनले दान दिनु राम्रो ? सावित्री मीनबहादुरले त गरिब विद्यार्थी, बिरामी, अस्पताल र विपद्कालीन राहतमा निरन्तर सहयोग गर्दै आएका छन् । दान गर्नु अपराध हो र ?  दान गर्ने नै दण्डित हुनु पर्ने यो कस्तो देश भयो ? व्यक्ति वा उद्योगपति धनी हुनु, रोजगार सिर्जना गर्नु, चाहिँदा कोही व्यक्ति , संस्था वा धार्मिक, सामाजिक र राजनीतिक दललाई समर्थन गर्नु वा चन्दा दिनु सबैको व्यक्तिगत अधिकार होइन र ? भाटभटेनी वा कुनै उद्यमीले आफ्नो मौलिक अधिकार प्रयोग गर्न नपाउँने हो भने लोकतन्त्रको अर्थ नै के रह्यो ?…  आदि आदि  । धेरैले यस घटनाको पछाडि जेनेरेसन जेडको भष्टाचार उन्मुलन गर्ने जस्तो ‘पवित्र उद्देश्य भित्र स्वार्थी लोभीपापी र बदमासहरुको घुसपेट भएको टिप्पणी गरे ।
यता, सवित्री र मीनबहादुर भने माथिका सवाल जबाफ, नकारात्मक टिप्पणी र राजनीतिक गफ वा चर्चा परिचर्चा सुन्न इच्छुक देखिदैन थिए। उनीहरू सबैलाई सकारात्मक सोच राख्न, भविष्यतर्फ हेर्न र आफूहरूमाथि गरिएको अमानवीय व्यवहारका दृश्यहरू बिर्सन आग्रह गरिरहेका थिए। उनीहरू केवल उज्यालो भविष्यका सकारात्मक सोचहरु सुन्न चाहन्थे । सबैभन्दा आश्चर्यको कुरा त यो थियो कि सावित्री मीनबहादुरलाई विध्वंशकारीहरु प्रति कुनै नकारात्मकता , रिस र दुष्टभाव थिएन। उनीहरू बारम्बार गीता उद्धृत गर्थे—“जे भयो, राम्रोको लागि भयो, जे हुँदैछ, राम्रोकै लागि हुँदैछ। भ्रष्टाचार नियन्त्रण भयो र देश र समाजमा सुशासन आयो भने व्यवसाय त फस्टाउन बेरै लाग्दैन नि । हामी ४ सय रुपैयाँ लिएर काठमाडौं आएका थियौं । आज जे छ— यहि समाजले दिएरै भएको हो । हामीले जे कमाएका छौं,  समाजलाई नै फर्काउने हो । हामी त लिने–दिनेका बीचका माध्यम हौं ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *