निशुल्क स्वास्थ शिविरमा स्वास्थ परिक्षण, ल्यावटेष्ट, औषधि वितरण समेत गरिने

काठमाडौं, २५ मंसिर ।
सूर्यविनायक नगरपालिका वडानं ५ मा बृहद स्वास्थ शिविर आयोजना हुँदैछ । काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोग,सहायता फाउण्डेसन र भक्तपुर हेल्थ कन्सर्नको आयोजनामा हुन लागेको निशुल्क स्वास्थ शिविरमा स्वास्थ परिक्षण, ल्यावटेष्ट, औषधि वितरण समेत रहेको आयोजकले प्रकाशीत गरेको सूचनामा उल्लेख छ ।

२६ गते शुक्रबार कटुन्जे, शुशिला भैरव मन्दिर नजिकको आधारभूत विद्यालयमा हुने स्वास्थ शिविरमा जनरल मेडिसिन, बालरोग, हाडजोर्नी, शल्यक्रिया, स्त्रीरोग नाक,कान घाँटी,दात लगायतका रोगहरुको परिक्षण हुने छ । भिडियो एक्सरे,इसिजीको व्यवस्था समेत रहेको जनाइएको छ । त्यस्तै युरिक एसिड, सुगर ¥यान्डोम, युरिन, स्टुल, युरियालगायतको ल्याव परीक्षणको सेवा प्रदान गरिने सूचनामा उल्लेख छ ।
स्वास्थ शिविरमा परिक्षण गराएको पुर्जाका आधारमा केएमसि अस्पतालमा शल्यक्रिया सहीत उपचारमा २५ प्रतिशत छुट हुने जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *