एमाले महाधिवेशनमा निम्ता गर्दे घरदैलो
काठमाडौं,२४मंसिर।
नेपाल कम्यूनिष्ट पाटीं (एमाले)को आसन्न एघारौं महाधिवेशनको उद्घाटन समारोहमा सहभागि हुन आग्रह गर्दे बुधबार एमाले सूर्यविनायक नगरपालिका वडानं ५ का वडा पदाधिकारीहरुले नगरबासीहरुमा आव्हान गरेका छन्।
बुधबार वडा अध्यक्ष राजकुमार जोशी, सदस्यहरु मनोज थापा,वासुदेव पोखरेल,कमला पोखरेल र गिता बिसुङ्खे तथा पार्टीको वडा अध्यक्ष सुरेश अछामी लगायत प्रदेश सदस्य दीपक बिसुङुखे र केन्द्रीय सदस्य निर्मल भट्टराई लगायतका एमाले नेता कार्यकर्ता घरदैंलो गर्दै महाधिवेशनको निम्ता बाँडे।

वडा अध्यक्ष जोशी पार्टी अधिवेशनको सहभागि हुन वडाबासीलाई घरदैंलो गर्दै निम्ता बाँडेको बताउँछन् । एमालेले झण्डा, व्यानर सहीत निमन्त्रणा कार्ड वितरण गरेको हो । जोशी भन्छन् ‘ एमाले महाधिवेशन सफल पारौं, हाम्रो चुल्है निम्ता छ है, सबै वडाबासिमा भन्दै घरदैंलो गरेका हौं।’
बुधबार वडान.५को पूर्व दक्षिण क्षेत्रमा निम्ता बाँडेको जानकारी दिदैं जोशी बिहिबार भैरवस्थानबाट उत्तर पश्चिमको क्षेत्रमा निम्ता बाँडने बताउँछन्।
मंसिर २७ गते भक्तपुर नगरपालिका वडानं १सल्लाघारी स्थित ठूलो चौरमा एमालेको एघारौं महाधिवेशनको उद्घाटन हुँदैछ । पार्टी अध्यक्ष केपी शर्मा ओली नगरपालिकाको ७ नम्बर वडा गुण्डुको बासिन्दा भएको र आफ्नै घर आगनमा महाधिवेशन आयोजना हुन लागेकोले यतिबेला एमालेका स्थानीय नेता,कार्यकर्ताहरुमा उत्साहजनक सक्रियता देखिन्छ ।
