कारवाहीमा पर्ने फर्महरुमा भक्तपुरका तीनवटा र काठमाडौंको एउटा

काठमाडौं २३ मंसिर ।
वणिज्य तथा आपुर्ति तथा उपभोत्ता विभागले अनुगमनक्रममा ११ वटालाई व्यवसायमा सुधार गर्नुपर्ने तथा ४ वटा माथी कारवाही गरेको छ । कारवाहीमा पर्ने फर्महरुमा भक्तपुरका तीनवटा र काठमाडौंको एउटा फर्म छ । विभागले मध्यपुरथिमीमा रहेको न्यानो नेपाली सिरक उद्योगलाई रु २० हजार जरिवानासहित कारवाही गरेको छ । त्यस्तै भक्तपुर सल्लाघारीमा रहेको श्री चोङ्गा गणेश हार्डवेयर र सोही स्थानमा रहेको कृष्ण प्लाइउड एण्ड पेन्टलाई समान रु १० हजार जरिवानासहित कारबाही गरेको छ । काठमाडौँ महानगरपालिका–१६ मा रहेको इमरान रेडिमेडलाई रु १० हजार जरिवाना गरेको छ ।
फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ को ‘घ’ को कसुरमा कारबाही गरिएको विभागले जनाएको छ ।
विभागले काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न १५ वटा फर्ममा अनुगमन गरेको थियो । त्यसमध्ये ११ वटालाई सामान्य निर्देशन दिइ व्यवसायमा आवश्यक सुधार गर्न, कानुन परिपालना गर्न निर्देशन दिइएको विभागले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।
–––

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *