काठमाडौं २१ मंसिर ।

नेपालको आर्थिक प्रशासनमा लामो सेवा र विशिष्ठ योगदान पु¥याएका नारायणदास मानन्धरको आइतबार निधन भएको छ । ८३ वर्षको उमेरमा मानन्धरको निधन भएको नेपाल प्राइम कमर्सियल बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘प्राइम कमर्सियल बैंक लि.को संस्थापनादेखि लामो समयसम्म नेतृत्व गर्नुहुने प्रमुख कार्यकारी अधिकृत श्री नारायण दास मानन्धरज्यूको ८३ वर्षको उमेरमा आज मिति २०८२ मंसिर २१ गते आइतबार दुःखद र अकल्पनीय देहावसान भएको छ ।’

दिंवगत मानन्धर लामो समयसम्म विभिन्न संघसंस्स्थामा महत्वपूर्ण जिम्मेजवारी सम्हालेको अनुभव थियो ।बैंकले जारी गरेको विज्ञप्ती अनुसार मानन्धरले सन् १९६९ मा भूमि सुधार तथा वचत निगमको शाखा प्रमुखको रुपमा सेवा प्रवेश गरेका थिए ।मानन्धरले राष्ट्रिय धानचामल कारखानाको प्रमुख कार्यकारी, कृषि विकास बैंक लि.को प्रथम श्रेणीको विभागीय प्रमुख र पछि नायव महाप्रबन्धक, धानचामल निर्यात कम्पनीको महाप्रबन्धक, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनमा परामर्शदाता, राष्ट्रिय बाणिज्य बैंकको कार्यकारी सञ्चालक, लुम्बिनी बैंक लि.को प्रमुख कार्यकारी अधिकृत, विश्व बैंकको जलविद्युत विकास कोष र नेपाल बङ्गलादेश बैंक लि हुँदै अन्तमा प्राइम कमर्सियल बैंक लि.को प्रमुख कार्यकारी अधिकृतबाटको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका छन् ।
विज्ञप्तीमा भनिएको छ ‘नेपालको आर्थिक तथा बैंकिङ्ग इतिहासमा दीर्घ सेवाकासाथ यति महत्वपूर्ण भूमिकाका निर्वाह गर्नुहुने विरलै व्यक्तित्वहरुबीच उहाँ पर्नुहुन्छ ।’
मानन्धरको देहावसानबाट नेपालको आर्थिक जगतले एक नक्षत्र गुमाई अपूरणीय क्षति व्यहोर्नु परेको विज्ञप्तीमा उल्लेख छ ।
‘हामी उहाँको आत्माको मोक्षकासाथ चीर शान्तिको कामना गर्दछौंं’ विज्ञप्तीमा भनिएको छ ‘यस दुःखद परिस्थितिमा उहाँको आफन्त परिवारजन तथा यस प्राइम कमर्सियल बैंक लि. परिवारलाई परमेश्वरले धैर्यधारण गर्न शक्ति प्रदान गरुन ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *