सङुलोन्यूज
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिमा दुईजना कानून व्यवसायी मनोनयन गरिएका छन् । पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आइतबार लमजुङ्गका राजेश्वर अधिकारी र सुनसरीका अधिवक्ता राजु कटुवालाई मनोनित गरेका छन् ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी विज्ञप्तीमा मंसिर १५ गतेको निर्णय अनुसार कार्यवाहक अध्यक्षले मनोनयन गरेको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको २०८२ मंसिर १५ गते सम्पन्न बैठकको निर्णय बमोजिम नेपाली कांग्रेसका कार्यवाहक सभापति श्री पूर्णबहादुर खड्काले नेपाली कांग्र्रेसको विधान, २०१७ (संशोधन सहिर्त) को धारा ३५ अनुसार गठित केन्द्रीय निर्वाचन समितिमा वरिष्ठ अधिवक्ता श्री राजेश्वर अधिकारी लम्जुङ० र अधिवक्ता श्री राजु कटुवाल ,सुनसरी लाई सदस्यमा मनोनयन गर्नु भएको छ ।’

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *