निर्वाचन भनेको विवेकलाई मतपेटीकामा प्रकट गर्ने विधि हो । त्यसको उल्टो बल र शक्तिको तयारी भनेको लोकतान्त्रिक संरचनामा स्थान पाउँने कुरा होइन

विश्वमणि पोखरेल
काठमाडौं १० मंसिर ।
राजनीतिक विश्लेषक कृष्ण पोखरेलले सामाजिक संजालमा लेखेका छन् ‘नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग गरी चतुरङगी सेना आफ्नो कमाण्ड हँदा, जसले कार्यपालिका, न्यायपालिका सहीत मुलुकका सम्पूर्ण धरोहर जोगाउन सकेनन् र ज्यान जोगाउन आफै राजीनामा गरेर सुइकुच्चा ठोक्नुपर्यो ।अब,उहाँले बनाई सकेको यो ‘नेशनल युथ भोलिन्टियर फोर्स’ले कत्तिको सुरक्षा देला कुन्नी ?’
पोखरेलले एमाले पार्टी अध्यक्ष केपि शर्मा ओलीले खास गरेर उनकै सुरक्षा दस्ताको रुपमा स्थापना भएको नेशनल युथ भोलिन्टियरलाई लिएर गहिरो प्रश्न गरेका हुन् । भदौं २३, २४ को राजनीतिक घटनाक्रमबाट सत्ताच्यूत भएको एमाले एकै पटक धेरै खाले राजनीतिक प्रयोग गरिरहरको छ यतिखेर ।विघटित प्रतिनिधिसभा पुर्नस्थापनाका लागि एक्लै अग्रसर भएको एमालेले मंसिर १० मा पुर्नस्थापनाका लागि सर्वोच्च अदालतमा रिट निवेदन दियो भने निर्वाचन आयोगमा दल दर्ताको औपचारिकता पुुरा गर्यो । सार्वजनिकरुपमा चुनावमा भन्दा पुर्नस्थापनाका रणनीति अघि सारेको एमाले पार्टीलाई भने चुनावका लागि अगाडि सारिरहेको छ ।
पार्टीको ११ औं अधिवेशनमा पनि उत्तिकै होमिएको छ एमाले । मंसिर २७—२९ मा काठमाडौंमा महाधिवेशन गर्ने योजनामा भिडेको छ, एमाले । यस पटक पनि अध्यक्ष पदका निम्ति केपि ओली तेश्रो पटक उठ्दै छन् र उनको प्रतिस्पर्धामा इश्वर पोखरेललले उम्मेदवारी दिने घोषणा गरेका छन् । ओलीको एकछत्रिय कमानमा चलेको एमालेको संरचनामा पोखरेको उम्मेदवारीले कुन हदसम्म ओलीलाई गलाउने हो ? त्यो समयक्रममा देखिने छ नै । एमालेको घोषित नीति ‘जनताको बहुदलीय जनवाद’का प्रणेता प्रखर महासचिव मदन भण्डारी पत्नी पूर्व राष्ट्रपति विद्या भण्डारीलाई पार्टी राजनीतिमा लगाम लगाएको पृष्ठभूमिमा उनकै रणनीति अन्र्तगत इश्वर उम्मेवार बनेको राजनीति अर्थ लगाइदैं छ ।
यो भयो एमालेको अधिवेशनसँग सम्बन्धित संक्षेपमा चर्चा । सारा राजनीतिक परिदृश्यबीच ओलीले महाधिवेशनको मुखमा किन ‘नेशनल युथ भोलिन्टियर फोर्स’ गठन गरेका हुन् ? एमालेका विभिन्न जनवर्गिय संगठन छन्, जुन राजनीतिक हुन् । राजनीतिक विधि प्रक्रियाबाट नेतृत्वमा चु्निन्छन् । युवाहरुको युवा संघ र विद्यार्थीहरु सम्मिलिन अनेरास्ववियू अस्तित्वमा छन् ।
ओलीको विश्वासपात्र केन्द्रीय सदस्य महेश बस्तेतको योजना अन्र्तगत बनेको भोलिन्टियरलाई लिएर केन्द्रीय समितिमा विरोध गर्नेहरुको संख्या ठुलो देखिन्छ । पदाधिकारीको बैंठकमा इश्वर पोखरेल, युवराज ज्ञवाली, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराईको विरोधकाबीच गठन भएको भोलिन्टियरको उदेश्य आमरुपमा स्ुरक्षा गर्ने भनिएको छ । ज्यान मार्ने उद्योग, अपहरण सहीत ७ वटा मुद्धा खपेका पु्ष्पराज श्रेष्ठलाई राष्ट्रिय झण्डा थमाउँदै मंसिर ३ मा ओलीले नेशनल युथ भोलिन्टियर नामको संगठनलाई जन्म दिएका हुन् । फोर्सको औपचारिकरणमा बोल्दै ओली भन्दैं थिए ‘यो देशमा शान्ति सुरक्षा कायम गर्न बनेको हो । राज्य संयन्त्रले मात्रै शान्ति सुव्यवस्था गर्ने अवस्था रहेन ।’

संगठन बनाउनुमात्र ठूलो कुरा होइन । संगठन बन्ने अनि चन्दा उठाउने तानाबाना धेरै हुन्छन् । यसले कस्तो काम गर्दछ, कसरी काम गर्दछ, त्यसका लागि धेरै टाढा जानु नपर्ला, आउँदो चुनावसम्ममा थाहा होला ।

अध्यक्षले जे भने त्यो नै सही भन्ने धेरै एमालेलाई लाग्दछ । निश्चयनै भदौं २३, २४ पछिको राजनीतिक अवस्था तरल छ । ठूलो संख्याका कैदी, अपराधीहरु जेलबाट भागेका छन् र ठूलै परिणाममा प्रहरीका हतियार लुटिएका छन्। ओलीको प्रधानमन्त्रीत्व कालमा भदौ २३ को जेनजि अभियान र भदौ २४ को विध्वंशमा ७३ जनाको इहलिला समाप्त भएको छ । यस्तो पृष्ठभूमिमा सुरक्षासँगका प्रश्नहरु छन् धेरै छन् । एउटा जिम्मेवार पार्टीले मुलुकको सुृरक्षा संयन्त्रको विश्वासमा लिनु पर्दथ्यो । सुरक्षा निकायसँगको समन्वय पटकपटक प्रधानमन्त्री भएको र एमाले जस्तो ठूलो पार्टीका अध्यक्षका लागि दुरुह विषय थिएन । तर, पाका राजनीतिज्ञ ओलीले सुरक्षा संयन्त्रसँग समानान्तर गैर राजनीतिक संगठन स्थापना कसरी र किन गरे ?सामाजिक, राजनीतिक वृतमा गंभिर बहस, चर्चा, परिचर्चा हुनुपर्ने विषय हो यो । माओवादी सशस्त्र द्धन्दको समयमा माओवादीको ‘जनसेना’ थियो, ठूलो आंतक थियो त्यसको । एक दशकसम्म त्यहीँ जनसेनाको बलमा माओवादीले भय र आतंकको राज गरेको हो । अहिले ओलीले बनाएको फोर्स, जनसेनाकै प्रतिलिपि जस्तो हुने त होइन ? जनसेना प्रत्याक्रमण र माअ‍ोवादीको सुरक्षामा केन्द्रीत थियो । ओलीको फोर्स विशेष गरेर उनकै सुरक्षा र थोरबहुत एमालेका नेता, कार्यकर्ताको सुृरक्षाका निम्ति प्रयोग हुने हुनसक्छ । समग्रमा एमालेको नेशनल भोलिन्टियर एमालेको निम्ति रक्षा कवच हु्नसक्ला । आमरुपमा समाजमा त्यसले शान्ति स्थापनामा योगदान गर्ला कि भय आतंक सृजना गर्ला ? प्रश्न प्रश्नकारुपमा मात्र लिन मिल्दैन ।कारण, जनताबीच काम गर्ने राजनीतिक पार्टीको राजनीतिक संगठनलाई जसरी सहज किसिमले फोर्सलाई लिन मिल्दैन । मुलुक निर्वाचनको संघारमा छ, अराजकताले ग्रसित छ नेपाली समाज यतिखेर । यस्तो संगिन घडिमा आँगोमा धीउँ थप्ने गंभिर भूल भएको छ एमालेबाट । आगामी महाधिवेशनले यो संस्थालाई औपचारिकरुपमा खारेज गर्नुनै एमालेको हितमा हुनजान्छ ।

एमालेलाई नजिबाट चिन्ने वरिष्ठ पत्रकार तीर्थ कोइराला नयाँ संगठनको घोषणा भन्दा यसले के गर्छ, कसरी काम गर्दछ, यसका गतिविधि कस्ता हुने भन्ने कुरामा भर पर्ने बताउँछन् । ‘संगठनलाई कसरी प्रयोग गरिन्छ, त्यसमा भर पर्दछ धेरै कुरा ’कोइराला भन्छन् ‘घोषणा एउटा हुने काम अर्के हुने पनि हुनसक्छ, संविधान भएरमात्र हुँदैन,त्यसको पालना पनि हुनु पर्दछ ।’

एमाले भित्र प्रदीप ज्ञवालीलाई सज्जन मानिन्छ । प्रदीप ज्ञवालीको नेतृत्व गरेको भएपनि यो गलत हुन्थ्यो ‘गाउँले भन्छन् ‘तत्कालिन र दीर्घकालिनरुपमा यस्तो चक्रब्यूह मुलुकका लागि गभिर हुनेछ ।

कोइराला भन्छन् ‘अहिलेसम्मको अनुभवमा घोषणा एउटा हुने काम अर्को हुने गरेको छ । आशा गरौं, करेक्सन हुँदै जान्छ, राम्रो काम हुने छ भन्ने आशा गर्नु बाहेक के भन्न सकिन्छ ।’
एमालेका लागि यस्तो फोर्सको आवश्यकता कति हो?भन्ने प्रश्नमा कोइराला भन्छन् ‘आवश्यकता महसुुस उहाँहरुले गर्ने हो, उहाँहरुको आवश्यकता के हो ? के कारणले महसुस भयो, त्यो उहाँहरुलाई नै थाहा हुने कुरा हो । देशको आवश्कता त सुशासन हो, पार्टीहरु सस्कारयुक्त हुन्, कल्चर्ड हुन भन्ने हो ।’
कोइराला भन्छन् ‘संगठन बनाउनुमात्र ठूलो कुरा होइन । संगठन बन्ने अनि चन्दा उठाउने तानाबाना धेरै हुन्छन् । यसले कस्तो काम गर्दछ, कसरी काम गर्दछ, त्यसका लागि धेरै टाढा जानु नपर्ला, आउँदो चुनावसम्ममा थाहा होला ।’

पत्रकार शिव गाउँले फोर्सको गठन कुनै न कुनै रुपमा निर्वाचनमा जोडिएको बताउँदैं भन्छन् ‘निर्वाचन भनेको विवेकलाई मतपेटीकामा प्रकट गर्ने विधि हो । त्यसको उल्टो बल र शक्तिको तयारी भनेको लोकतान्त्रिक संरचनामा स्थान पाउँने कुरा होइन ।’
‘एमाले भित्र प्रदीप ज्ञवालीलाई सज्जन मानिन्छ । प्रदीप ज्ञवालीको नेतृत्व गरेको भएपनि यो गलत हुन्थ्यो ‘गाउँले भन्छन् ‘तत्कालिन र दीर्घकालिनरुपमा यस्तो चक्रब्यूह मुलुकका लागि गभिर हुनेछ ।’

 

 

आवाराहरुलाई पेल्न सक्ने पनि त चाहियो, दबाव दिन, मनोवैज्ञानिक दबाव दिन पनि आवश्यक ठानियो

एमाले केन्द्रीय सदस्य सुभाष देवकोटा भने एमाले पार्टी माथी भैरहेका आक्रमणको पृष्ठभूमिका फोर्सको आवश्यकता रहको बताउँछन् । ‘यो फोर्स तैनाथ अवस्थामा रहन्छ, आतपकालिन अवस्थामा काम गर्दछ’ देवकोटा भन्छन् ‘आवाराहरुलाई पेल्न सक्ने पनि त चाहियो, दबाव दिन, मनोवैज्ञानिक दबाव दिन पनि आवश्यक ठानियो ।’ देवकोटाका अनुसार फोर्समा आवश्यकता अनुसार जस्तो सुकै अवस्थामा काम गर्न सक्ने तालिम प्राप्त व्यक्तिहरु हुनेछन् ।

कस्ता मानिस जोडिन सक्छन, नेपाल युथ भोलिन्टियर फोर्समा ?

‘मुहान सफा भयो भने चुहान सफा हुन्छ’ भन्ने गरिन्छ । एमालेको नेशनल भोलिन्टियरको मुहाननै प्रश्नहरुबाट मुक्त छैन । अध्यक्ष ओलीले कमान जिल्ला लगाएका पुष्प श्रेष्ठ, जसले हत्या, अपहरण जस्ता सातवटा फौजदारी अभियोग खेपेका छन् । उनी पटकपटक प्रहरी नियन्त्रणमा परेका छन्, हुनसक्छ राजनीतिक कनेक्सनकै कारण चाडै छुटने गरेका हुन् । यहीँबाट अनुमान गरौं, पुष्पलाई नेता मानेर संगठनमा कस्ता कस्ता मानिस अटाउन सक्छन् ? राजनीतिक संगठन होइन, जनस्तरबाट चुनिने । मुलुकमा अपराधिक मनोवृती, पेशाका मानिस, बाहुबलमा विश्वास गर्ने जुझारु युवाहरुको कमी छैन । विशेष गरेर सहरी क्षेत्रमा यस्ता ‘नायक’हरु को संख्या अलिक धेरै हुन्छन । के पनि देखिन्छ भने जहाँ अपराध हुन्छ, त्यहाँ पैसाको खेलो हुन्छ। एमालेले फोर्समा एक लाख सदस्य हुने र म्ुलुकभर संगठन हुने भनिएको छ ।
एमालेको रक्षाकवच गर्ने ठूलो संख्यामा युवा स्वंयंसेवक भएर पार्टी प्रति समर्पित हुुने हुन् ? उनीहरु जागिरे होइनन् सायद । एमालेले जागिर नै दिने हो भने कसरी दिनसक्छ ?त्यति ठूलो संख्यालाई ? त्यसो हो भने एमालेको सेवाका लागि ‘चरिखाने’ हो उनीहरुले ? यी यावत पक्षलाई केलाउन पर्दथ्यो एमालेका जिम्मेवार नेताहरुले ।
भनिदैंछ, एमाले अध्यक्ष ओलीको सुरक्षा, सचिवालय संचालन, घरभाडा लगायतका ठूलो खर्च छ । चुनाव त्यसै पनि खर्चिलो हुन्छ नै । के पार्टीका सदस्यहरुको लेविबाट त्यत्रो धेरै रकम जम्मा हुन्छ ? अनौपचारिक आम्दानी असुलिका लागि फोर्स प्रयोग हुने हो कि होइन ? धेरै प्रश्नहरुको उत्तर दिनुपर्ने छ एमालेले । सुनिदैंछ, प्रदेश सभासदलाई एक महिना र मन्त्रीहरुलाई डेढ महिनाको तलब बुझाउन उर्दी जारी भएको छ ? लेबि बाहेकको यस्तो अतिरित्त आम्दानी किन, के का लागि प्रश्न कसले गर्ने, उत्तर कसले दिने ?
सबै भन्दा महत्वपुर्ण, एमाले अध्यक्ष ओली पटकपटक प्रधानमन्त्री भएका राष्ट्रिय व्यक्ति हुन र उनको सुरक्षाको जिम्मा सरकारको हो, सुरक्षा संयन्त्रको हो । ओलीको व्यक्तिगत आग्रहमा पनि सुरक्षाको राम्रो प्रबन्ध हुनसक्ने अवस्था छ । तर, सुरक्षा संयन्त्रको समानान्तर फोर्स गठन पछि कुनै घटना भयो भने जिम्मेवार को हुने ? नेपालको सुरक्षा संयन्त्र कि एमालेको भोलिन्टियर फोर्स ? खुला समाजमा यस्ता खाले प्रयोग बर्जित हुन आवश्यक छ ।
बलबाहुमा विश्वास गर्नेहरुलाई पार्टीसँगको नाता आवश्यक हुन्छ ।त्यसका लागि उनीहरु लागि पर्दछन् । एमाले भोलिन्टियरमा आवद्धहरु हुनेहरु पनि त्यस्तै मनोविज्ञानका हुनसक्छन् ।राजनीतिक विचार, सिद्धान्त र आदर्शबाट अलग बलबाहुमा विश्वास गर्नेहरु बिक्रिमा हुन्छन् ,जता धेरै त्यतै प्रयोग । राजनीतिक कमान भन्दा बाहिरको फौजी जमातको भरण, पोषण, प्रयोग, परिचालनबारे आम एमाले अनभिज्ञ जस्तै छन् ।
नेशनल भोलिन्टियर एमालेको सुरक्षा कवच बन्ने हो वा भोलीका दिनमा आफै माथी आइलाग्ने त होइन ? सुक्ष्म समीक्षा आवश्यक छ । राजनीतिक पार्टीमा फौजी चिन्तन र प्रयोगबारे ओली र ओली वरिपरिकाहरुले बेलैमा सोच्न आवश्यक छ । कतै यो संगठन प्रत्यदपादक बन्ने त होइन ?
नोट : कभर तस्बिर, स्टोरी तस्बिरः नेशनल युथ भोलिन्टियर फोर्सका नायक पुष्प श्रेष्ठको फेसबुकबाट ।अन्य फोटाहरु सम्बन्धित लेखकहरुको फेसबुकबाट ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *