तपाडम्फो प्लटिङ्ग बन्यो, बद्लियो जनजीवन, बद्लियो खेतिकिसानी

काठमाडौं, ८ मंसिर ।
भत्तपुर, कमलविनायक चोकबाट करिव एक किलो मिटर पूर्व दक्षिण सरस्वतीथान सडकमा एउटा जस्कन छ — हेल्मेट डाँडा । न त्यहाँ हेल्मेट जस्तो कुनै आकार छ, न त डाँडाकै कुनै स्वरुप बाँकी छ । कसरी रह्यो त हेल्मेट डाँडा नाम ?
युगल जोडिहरु विशेष गरेर साँझपख दुईपाङ्ग्रेमा हेल्मेट लगाएर त्यहाँ पुग्ने, प्रेमालाप गर्ने, धुम्मेफिर्ने, रमाइलो गर्ने गर्दथे । दुई पाङ्ग्रे सवारीमा चलाउने र पछाडि बस्ने दुबैले हेल्मेट लगाएका हुन्थे, चालकले सुरक्षाका लागि र पछाडि बस्ने युवतीले अनुहार छोप्नका लागि । दशक अघिसम्म प्रेमपिरतीका रुमानी सम्बन्धहरुकै कारण स्थानीयले हेल्मेट डाँडा भन्न थाले, त्यहीँ नाम प्रचलित भयो, प्रचारित भयो । त्यतिबेला अहिलेको जस्तो बस्ती थिएन्, अहिले जस्तो पिच बाटो पनि बनिसकेको थिएन् ।

अहिलेको चाँगुनारायण ७ बागेश्वरी २ दशक अघि बागेश्वरी गाउँ विकास समिति थियो र त्यसबेला अग्लो ढिस्को थियो । ‘नरकट झाँडी थियो, मानव वसोबास छदैं थिएन, तपाडम्फो भनिन्थ्यो, नेवारी भाषामा । 

अहिलेको चाँगुनारायण ७ बागेश्वरी २ दशक अघि बागेश्वरी गाउँ विकास समिति थियो र त्यसबेला अग्लो ढिस्को थियो । ‘नरकट झाँडी थियो, मानव वसोबास छदैं थिएन, तपाडम्फो भनिन्थ्यो, नेवारी भाषामा । तपाडम्फो भनेको अग्लो पहाडको ढिस्को हो’ स्थानीय कुमार सिंह बन भन्छन् ‘नरकट झाँडी थियो, साँझपख केटाकेटी आउँथे बाइकमा धुमफिर गर्न, बाइक सिक्न, त्यहीँ भएर हेल्मेट डाँडा भनेको होला ।’
आजकल तपाडम्फो अर्थात ठुलो ढिस्काको नामोनिशास छैन। १५ वर्ष अघि बागेश्वरी गाबिसकै समयमा ढिस्कोबाट ठूलो परिणाममा माटो निकालियो, सम्म बनाइयो र प्लटिङ्ग गरेर आवास क्षेत्रको रुपमा विकास गरियो ।
आजकल हेल्मेटधारी युवाहरुको सामान्य बाहेक उपस्थिति पनि देखिदैन । तर,युगल जोडिको मायापिरती खेलेको, पुष्पित, पल्लवित भएको त्यो निर्जन ठाउँ आजकल —प्रेमिल मनहरुको पदचिन्ह समेटदैं, हेल्मेट डाँडा भनेर कहलिएको छ ।
स्थानीयका थोरै र बाहिरका धेरै मानिसका आवासहरु बनेका छन्, बन्ने क्रममा छन् । सडकको देब्रे तर्फ आवासीय प्लटिङ्ग छन्, एकादुई रेष्टुरेष्ट र रिर्सोट पनि छन् । दाहिने तर्फ भिरालो छ, खेत छन्, त्यता पनि आवास क्षेत्र बिस्तार भैरहेको देखिन्छ । २०७३ मा निर्माण भएको चागुँनारायण नगरपालिकाको सभाहलमा बेला बेलामा कार्यक्रम आयोजना हुन्छन् । सरस्वतीस्थान सडकबाट १, २, ३ नाम दिदैं गेट राखिएको छ र गेट भित्र प्लटिङ्ग र आवास गृहहरु छन् ।


चाँगु नारायण ७, बागेश्वरीका वडा अध्यक्ष श्यामकृष्ण नयाजु श्रेष्ठका अनुुसार, ठाउँको नाम तपाडम्पो हो,मानिसले त्यत्तिकै हेल्मेट डाँडा भनेका हुन् ।‘ नगरपालिका बन्नु अघि बागेश्वरी गाबिस हुँदा नै त्यहाँ ढिस्को फाँडेर प्लटिङ्ग भएको हो’ श्रेष्ठ भन्छन् ‘सडक पहिला देखीनै थियो आजकल त्यस क्षेत्रमा बसोबास बढी रहेको छ,।’
भत्केको पाटीबाट सरस्वतीथान सडक हुँदै अगाडि बढेपछि भक्तपुर नगरपालिकाको क्षेत्र सकिएर चाँगुनारायण नगरपालिकाको वडा नं ७ बागेश्वरी आउँछ । आर्थिक सामाजिक, सास्कृतिक सबैजसो क्षेत्रमा परिवर्तन हुने क्रममा छ बागेश्वरी अहिले । बागेश्वरीका फाटहरुमा टनेल ठडिएका छन्, टमाटर लगायतका खेती गरिन्छ । धान खेत मासिदैं गएका छन्, खेतहरुमा कि टनेल छन् कि त घरहरु निर्माण भैरहको देखिन्छ ।
स्थानीयले धान र गहुँ रोप्दथे । ंिसंचाईको राम्रो प्रवन्ध छैन । टनेलमा खेती गर्नेहरुले आफै बोरिङ्ग, इनार खनेर सिंचाइको व्यवस्था गरिरहेको स्थानीय बताउँछन् । स्थानीय किसान भन्छन् ‘वर्षभरीमा रोपनीमा ५, ६ मुरी धान र १, २ मुरी गहुँ उत्पादन हुन्थ्यो, मेहनत अनुसारको उब्जनी नहुने ।’ अहिले परिस्थिति बद्लिएको छ । कुमार सिंह भन्छन् ‘ खेत भाडामा दियो, काम गर्नु पनि परेन्, दुःख पनि भएन ।’

वार्षिक रोपनीको करिव १० हजारमा लिज लेनदेन हुने गरेको कुमार बताउँछन् । ‘टनेल खेती गर्नेहरु सबै बाहिरबाट आएका छन्, उनीहरुले कम्तिमा ५ वर्षका लागि लिजमा लिने गरेको छन्’ कुमार भन्छन् ‘१०, १५ वर्ष अघिसम्म घानको फाट थियो, अहिले टनेलले भरिदैं छ ।’
सरस्वतीथान बाटो चाँगुका बागेश्वरी,जितपुर, नगरकोट, सरस्वती खेल आवतजावत गर्ने प्रमुख बाटो भएको छ । नगरकोट पुग्नका लागि छोटो बाटो रोज्नेहरु यही बाटो भएर आउँजाउँ गर्दछन् । स्थानीयका अनुसार, यो बाटोबाट नगरकोट पुग्न ७ किलोमीटर मात्र छ, जबकी पुरानो नगरकोट बाटो करिव २० किलोमीटर छ । बाटोमा ठाउाठाउँमा क्पाफे, रेष्टरेष्ट खुलेका छन्, खुल्ने क्रममा छन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *