कांग्रेस :स्थापित हुनखोज्ने र विस्थापित हुनेहरुको द्धन्द
संस्थापन पक्षसँग दुईटामात्र विकल्प छन् यतिखेर , कि इमान्दारीकासाथ पुष मसान्तसम्ममा नियमित अधिवेशन सम्पन्न गर्ने कि केन्द्रीय समिति आफैले विशेष अधिवेशन बोलाउने ।ढिलै भएपनि सहकार्य, समन्वय र सहअस्तित्वको भावनामा अगाडि बढने अवसर संस्थापन पक्षलाई समयले जुटाइदिएको छ ।
समाचार विश्लेषण
काठमाडौं, ४ कात्तिक ।
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैंठक चौथोपटक स्थगित भएको छ । सूचना टाँसेर बोलाएको अर्को बैंठक मंसिर ६ गते शनिबार बस्ने भनिएको छ ।अशोज २८ मा प्रारम्भ भएर कात्तिक २७ मा बोल्न चाहने जति सबै केन्द्रीय सदस्यले धारणा राखि सकेको बैंठकको निर्णय भने आएको छैन । अशोज २८ गते बैंठक प्रारम्भमात्र गरेर पार्टी उपाध्यक्ष पूर्णबहादुर खडकालाई कार्यवाहकको जिम्मा दिएका सभापति शेरबहादुर देउवा सिंगापुरको उपचारबाट फर्किसकेका छन् ।र, पार्टी सभापतिको कमान सम्हाली सकेका छन्, पर्दा पछाडिबाट ।
खास गरेर सतहमा फागुन २१ मा घोषित चुनाव अगाडि महाधिवेशन कि चुनाव पछाडि महाधिवेशन भन्ने विवाद देखिन्छ । सतहमा देखिएको विवाद खास विवाद होइन । विवादको जडमा कांग्रेस राजनीतिको शीर्षस्थानबाट विस्थापित हुने जोखिममा रहेकाहरु र राजनीतिको कमानमा स्थापित हुन चाहने उत्साहीहरुको हो । यसैका निम्ति दुई पक्षबीच द्धन्द उत्पन्न भएको छ, जसको व्यवस्थापनमा सभापति देउवा चुकेका छन् ।
किन आइरहेको छैन कुनै निर्णय ? कांग्रेस केन्द्रीय समितिको चार वर्षे म्याद सकिएको छ । विधान अनुसार थप्न सकिने म्याद थपिएको छैन, बहुमतको भारी हुँदा पनि कांग्रेस केन्द्रीय समिति म्याद थप्नसक्ने स्तितिमा छैन, यतिखेर ।समय प्रतिकूल देखिदैंछ संस्थापन पक्षका लागि ।
केन्द्रीय समितिमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले माग गरेको विशेष अधिवेशनको प्रस्ताव अनिर्णित छ ।महामन्त्री गगन थापाले पुष १६—१९ गतेका लागि पेश गरेको नियमित अधिवेशन र सहमहामन्त्री महेन्द्र यादवले पेश गरेको पुष माघमा सुरु गरेर वैशाखमा महाधिवेशन सम्पन्न गर्ने समानान्तर प्रस्ताव पनि त्यत्तिकै छन् । केन्द्रीय समितिले कुनै पनि प्रस्तावमा राय दिएको छैन ।यता कांग्रेस राजनीतिक वृतमा विभिन्न समुहहरु एकपछि अर्को निर्णय गर्दे, नेतृत्वलाई दबाब दिइरहेका छन् ।
खास गरेर सतहमा फागुन २१ मा घोषित चुनाव अगाडि महाधिवेशन कि चुनाव पछाडि महाधिवेशन भन्ने विवाद देखिन्छ । सतहमा देखिएको विवाद खास विवाद होइन । विवादको जडमा कांग्रेस राजनीतिको शीर्षस्थानबाट विस्थापित हुने जोखिममा रहेकाहरु र राजनीतिको कमानमा स्थापित हुन चाहने उत्साहीहरुको हो । यसैका निम्ति दुई पक्षबीच द्धन्द उत्पन्न भएको छ, जसको व्यवस्थापनमा सभापति देउवा चुकेका छन् । अभिभावकीय जिम्मेवारी बोध गर्दे समयको माग र गतिलाई देउवाले आत्मसात गरेका थिए भने कांग्रेस जग हसाइको अवस्थामा पुग्ने थिएन । समस्या एकातिर छ, उपचार अन्यन्त्र गरेर समाधान हुने होइन कांग्रेस भित्रको द्धन्द । भदौं २३, २४ पछि समय बदलिएको छ र बदलिएको समयले कांग्रेसका कतिपयलाई बढार्ने छ भने धेरैलाई सत्तामा स्थापित गर्ने संकेत देखिदैछन् । संस्थापन पक्षका केही शीर्षहरुका सामुन्नेको जोखिमलाई लिएर कांग्रेसमा गतिरोध देखिएको हो ।
केन्द्रीय समिति, प्रदेश, जिल्ला लगायका पार्टीका सबैजसो अवयवहरुमा बहुमतिय बलले सम्मन्न संस्थापन समुह जसको नेतृत्व देउवाले गरेका छन्, उनीहरुका लागि विशेष महाधिवेशन टार्नुनै अहिलेको सबैभन्दा प्रमुख एजेण्डा बनेको छ । यसका निम्ति उनीहरुले सामदामदण्डभेदको नीति अख्तियार गरिरहेका छन् ।
देउवाको आगमन पछि अनौपचारिक बैंठकहरु घनिभूत भएका छन् । देउवाको निर्देशनमा भएका यस्ता बैठकहरुले समाधान दिन भने सकिरहेका छैनन् । संस्थापन पक्ष आफैमा समस्यामा छ । देउवाले कसैलाई विरासत सुम्मिएका छैनन् । आफू फेरी सभापति हुन नसक्ने कांग्रेस प्रावधानका कारण देउवाले उदारमना भएर सत्ता हस्तान्तरणका निम्ति मार्ग प्रशस्त गर्नुपर्ने थियो । तर, त्यो लोकतान्त्रिक उदारता उनबाट प्रकट हुन सकिरहेको छैन । उनी ठूलो पार्टी पङ्तीमा भन्दा गुटमा विश्वास गर्दे आएका छन् । यही मान्यतामा करिव एक दशक पार्टी सत्ता संचालन गरेका हुन् । देउवाको योजना भदौं २३, २४ को अभियान र विध्वंशले किनारा लागि सकेको छ । उनी चाहन्थे, महाधिवेशन एक वर्ष पछाडि सार्ने, जुन विधानमा व्यवस्था छ । एमाले अध्यक्ष केपि ओली पछि प्रधानमन्त्रीको कुर्सिमा आफू बस्ने र पार्टीको कमान आफ्ना मतियारहरुमा सुम्पन चाहन्थे देउवा । तर, मुलुकको राजनीतिक परिस्थिति बद्लियो, कांग्रेसको राजनीतिक नेतृत्वमा पनि त्यसको असर पर्यो, परिरहेको छ निश्चयनै पर्ने छ ।
के हुन सक्छ अब ?
कांग्रेसको राजनीतिक वृतमा खास गरेर विशेष महाधिवेशनको प्रस्ताव सबै भन्दा पेचिलो देखिदैंंछ । केन्द्रीय समिति, प्रदेश, जिल्ला लगायका पार्टीका सबैजसो अवयवहरुमा बहुमतिय बलले सम्मन्न संस्थापन समुह जसको नेतृत्व देउवाले गरेका छन्, उनीहरुका लागि विशेष महाधिवेशन टार्नुनै अहिलेको सबैभन्दा प्रमुख एजेण्डा बनेको छ । यसका निम्ति उनीहरुले सामदामदण्डभेदको नीति अख्तियार गरिरहेका छन् । पछिल्लो समय देउवापक्षबाट पुष अन्तिमसम्ममा नियमित महाधिवेशको आयोजना गर्ने कार्यतालिका अघि सारिएको छ । जुन प्रस्तावलाई इतर पक्ष भनिने महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माले अस्विकार गरेका छन् ।
थापा आफैले केन्द्रिय समितिमा पुष १६—१९ महाधिवेशनको प्रस्ताव पेश गरेका थिए । आफैंले ल्याएको प्रस्ताव अनुसार नियमित महाधिवेशनको तालिका अगाडि सार्दा किन अस्विकार भयो त महामन्त्रीहरुबाट ? प्रश्न स्वभाविक छ ।नयाँ तालिका प्रकाशीत गरेर महाधिवेशनको प्रचार गर्ने तर महाधिवेशन नगर्ने योजना बुझि रहेका छन्, गगन, विश्वप्रकाशहरुले । देउवा पक्षले महाधिवेशनको तालिकासाथ विशेष अधिवेशन फिर्ता लिनुपर्ने लगायतका सर्तहरु अघि सारेपछि स्वभाविक हो, शंका उत्पन्न भएको छ । महाधिवेशन तालिका प्रस्तुत गर्ने तर महाधिवेशन नगर्ने उदेश्यको रणनीतिको आरोप लागेको छ देउवाको प्रस्ताव माथी । स्पष्ट दुई धार देखिन्छ कांग्रेसमा यतिखेर । एउटा विशेष महाधिवेशन जसरी पनि टार्ने, अर्को नियमित हुन नसके विशेष अधिवेशन गर्ने । मन, वचन र कर्मले नियमित अधिवेशन गर्ने संस्थापन पक्षको योजना थियो भने सर्तहरु हुने थिएनन् ।
इतर पक्षको नियमित हुन सकेन भने विशेष अधिवेशन बोलाउने रणनीतिका कारण संस्थापन पक्ष पेचिलो राजनीतिमा फसेको देखिदैंछ । कारण, विशेष अधिवेशन त्यत्तिकै टार्न सकिन्न ।केन्द्रीय समितिले कुनै निर्णय गर्न नसकेको अवस्थामा विशेष अधिवेशनका निम्ति हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरु आफैले विशेष अधिवेशन बोलाउन सक्छन् र निर्णय गर्नसक्छन ।
महामन्त्रीहरुको योजनामा सृजित विशेष अधिवेशनको प्रस्ताव संस्थापन पक्षका लागि टाउको दुखाईको बिषय बनेको देखिदैंछ । कांग्रेस विधानको १७(२) भनिएको छ ‘केन्द्रीय समितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका चालिस प्रतिशत सदस्यहरुले केन्द्रीय महाधिवेशनको बैंठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिना भित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने छ ।’विधानको भाषाले स्पष्ट गरेको छ, यो वाध्यकारी छ । विशेष अधिवेशनको म्याद पुष २८ मा सकिन्छ ।
विशेष महाधिवेशन किन ?
विशेष महाधिवेशन माग गर्नेहरुले प्रमुखरुपमा चारवटा कारण दिएका छन् । अहिलेको परिस्थितिको सुक्ष्म विश्लेषण गर्न, पार्टीको नीति बनाउन, केन्द्रीय नेतृत्व परिवर्तन गर्न,विधान सशोधन गर्न ।
संस्थापन पक्ष र इतरपक्ष दुबै विशेष महाधिवेशनलाई कसरी प्रयोग गर्ने भन्ने छन् । सस्थापन पक्ष नियमित अधिवेशनको मिति अगाडि सारेर विशेषलाई निस्तेज पार्ने रणनीतिमा छ । यसो हुनसक्यो भने नियमित अधिवेशनलाई लम्बाउन सकिन्छ । आफ्नो अनुकुल बनाउन सकिन्छ भन्ने सोच हुनसक्छ । यता, इतरपक्ष कुनै पनि हालतमा विशेष नछोडने अडानमा छन् । इतर पक्षको नियमित हुन सकेन भने विशेष अधिवेशन बोलाउने रणनीतिका कारण संस्थापन पक्ष पेचिलो राजनीतिमा फसेको देखिदैंछ । विशेष अधिवेशन त्यत्तिकै टार्न सकिन्न ।केन्द्रीय समितिले कुनै निर्णय गर्न नसकेको अवस्थामा विशेष अधिवेशनका निम्ति हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिहरु आफैले विशेष अधिवेशन बोलाउन सक्छन् र निर्णय गर्नसक्छन । त्यो हदसम्म सायद कांग्रेस नजाला ।संस्थापन पक्षसँग दुईटामात्र विकल्प छन् यतिखेर कि इमान्दारीकासाथ पुष मसान्तसम्ममा नियमित अधिवेशन सम्पन्न गर्ने कि केन्द्रीय समिति आफैले विशेष अधिवेशन बोलाउने ।ढिलै भएपनि सहकार्य, समन्वय र सहअस्तित्वको भावनामा अगाडि बढने अवसर संस्थापन पक्षलाई समयले जुटाइदिएको छ ।
