कलियुगको अन्त्यसँगै पृथ्वी समुन्द्र
महाभारतको वन पर्वमा उल्लेख भए अनुसार कलि युगको अन्त्यमा सूर्यको तेज यति बढ्छकी सात समुद्र तथा नदीहरू सुक्छन्। संवर्तक नामको अग्नीले धर्तीको पातालसम्म भस्म गरिदिन्छ । यसपछि सय वर्षसम्म घाममात्र लागी रहन्छ जस्ले गर्दा सम्पूर्ण पृथ्वी जलेर भष्म हुन्छ । त्यसपछि सय बर्षसम्म बर्षामात्रै भएर पृथ्वी पुरै समुद्र बन्छ ।
हामी यस रमणीय पृथ्वीमा छौ। जहां हरा भरा जंगल, नदीनाला, तालतलैया,पहाड, हिमाल, समुद्, आकाश छन । जसले गर्दा मानव, जीवजन्तु पशुपॅक्षी, जलचर आदि छन ।विज्ञानको विकासले गर्दा आज संसार एउटा गाउँ जस्तै वनेको छ। अझ संचारको विकासले त सेकेण्डभरमा संसारको एउटा कुनाको समाचार अर्को कुना सम्म पुग्छ। यातायातका साधनको विकासले गर्दा मानिस सजिलै एक ठाउँवाट अर्को ठाउमा पुग्न सक्छ। जसले गर्दा अन्तर्राष्ट्रिय आप्रवासन, रोजगारी, भ्रमण संभव भएको छ। यसले अन्तराष्ट्रिय भाइचारामा विकास भएको छ। तर हामीलाई यस्तो लाखों वर्ष पहिले वनेको पृथ्वी समुन्द् हुन्छ भन्दा अचम्म लाग्नु स्वभाविकै हो । यसै सन्दर्भमा हाम्रो धार्मिक ग्रन्थहरू श्रीमद् भागवत तथा महाभारत मा उल्लेखित सामाग्रीहरू रोचक छन् ।
मानव जातिको एक महिना, पितृको एक दिन रात हुन्छ। मानिसको एक वर्ष देवताका एकदिन रात हुन्छन मानिसको ३० वर्ष देवताको एक महिना हुन्छ। मनिसको ३६० वर्ष देवताको एक वर्ष (दिव्य वर्ष) हुन्छ । मनुष्यको ४ लाख ३२ हजार बर्ष देवताको १हजार २सय वर्ष अर्थात एक कलियुग हुन्छ । मनुष्यको ८लाख ६४हजार वर्ष देवताको २ हजार ४सय वर्ष अर्थात एक द्वापर युग हुन्छा मनुष्यको १२लाख ९६हजार वर्ष अशांत देवताको ३ हजार ६सय दिव्य वर्ष अर्थात एक त्रेता युग हुन्छ। मनुष्यको १७लाख २८हजार वर्ष अर्थात देवताको ४हजार ८सय दिव्य वर्ष हुन्छ। मनुष्यको १७लाख २८,हजार बर्ष अर्थात एक सत्य युग हुन्छ। यी सबको कूलयोग ४३लाख २०हजार वर्ष अर्थात १२हजार दिव्य वर्ष अर्थात एक महायुग या एक चतुर्युगी चक्र हुन्छ ।यो चक्र कलियुगको अन्त्य संगै पुरा हुन्छ।
महाभारतको वन पर्वमा उल्लेख भए अनुसार कलि युगको अन्तमा सूर्यको तेज यति बढ्छकी सात समुद्र तथा नदीहरू सुक्छन् । संवर्तक नामको अग्नीले धर्तीको पातालसम्म भस्म गरिदिन्छ । यसपछि सय वर्षसम्म घाममात्र लागी रहन्छ जस्ले गर्दा सम्पूर्ण पृथ्वी जलेर भष्म हुन्छ । त्यसपछि सय बर्षसम्म बर्षामात्रै भएर पृथ्वी पुरै समुद्र बन्छ ।
यसरी हाम्रा पूर्वीय ग्रन्थहरुमा उल्लोखित तथ्यहरू विज्ञान सम्मत पनि छन् । नासाको GISS अनुसार सन १८८० देखी औषत रुपमा ०.८ डि. से.(१.४°F) तापक्रम प्रति दशक वढिरहेको छ। खास गरी औद्योगिक क्रान्ति पछि पछि यो दर सन १९७५ देखि ०.१५-०.२० डि. से.पर दशक रहेको छ। औधोगिक क्रान्ति शुरु हुनुअघि सन् १८५० तिर वायुमन्डलको औसत तापक्म १४ डि.से. थियो अहिले यो १५.१ डि.से. पुगेको छ। यो ठुलो परिवर्तन हो।
हाम्रो पृथ्वी वायुमण्डलले घेरिएको छ। पृथ्वी आफैमा जल, स्थल र वायुले व्याप्त छ । वायुमण्डलमा हरित गृह गुण भएका कार्बनडाइअक्साईड, मिथेन र वाफ जस्ता ग्यास छन । यिनीहरुले सूयॅवाट आएका परकाश र तापलाई छिनॅ दिन्छन भने केही फर्केर जाने विकीरणलाई रोक्छन। यस्ले गर्दा जल, स्थल र वायुमण्डलमा रहेका अनेक जीवका लागी प्राण भरेको छ। यो प्रणाली करोडौ चर्षदेखी सन्न्तुलित रुपमा चलिरहेको छ। तर यो प्रणाली अहिले आएर असन्तुलित हुने जस्तो देखिएको छ ।
हाल कोइला, डिजेल, पेट्रोल जस्ता खनिज इन्धनको प्रयोग, वन फडानी, आधुनिक खेती प्रणाली, अन्यवस्थित वसोवास आदिले हरित गृह गुण भएका ग्यासहरुको वृद्धि भएको हो । यसमा सबैभन्दा बढी असर तीव्र औधोगिकरणले गरेको छ। यी ग्यासहरुले पृथ्वी बाट वाहिर जानुपर्ने तापलाई सोसेर वा छेकेर राख्छन। त्यसले गर्वा वायुमन्डलमा तापक्रम बढेर जान्छ । यो करम जति समय बढ्दै गयो उति बढी रहन्छ ।औसत तापक्रम यसरी नै बढ्ने हो भने भविस्यमा ठूलो उथलपुथल हुन्छ। जसका कारण मानवजीवन असन्तुलित र अकल्पनीय हुने वैज्ञानिकहरुले वताएका छन् ।
अहिले विश्वको तापमान हरेक वषॅ वढिरहेको छ। औधोगिकरणले कारवन उत्सरजन बढिरहेको छ।यसले गर्दा सेता हिमालहरू पग्लिरहेका छन र काला पहाडहरु वनिरहेका छन।समुन्द्को सतह बढीरहेको छ ।लालीगुरास फुल्ने समय अगावै फुल्न थालेका छन।काफल अगावै पाक्न थालेका छन।
तापमान र ओजोनको गहिरो सम्बध छ। ओजोनले सूर्यबाट आउँने विकिरणकलाई रोक्छ । यो तह वायुमण्डलको वाहिरी सतहमा हुन्छ। यो तह अहिले तीव्र ओधोगिकरणका कारण उत्पन्न हुने कार्बन विसजॅनले गर्दा पातलिदै गएको छ भने ओजोन तहमा प्वाल समेत परेका वताईएको छ। यसले मानव तथा जीवजन्तुको स्वास्थमा समेत असर गर्दछा ओजोन तह पातलिदै जौंदा पृथ्वीमा तापक्रम बढ्दै गएकोछ। बढ्दो तापक्रमले पृथ्वीको माटोबाट निस्कने नाइट्रोजन अक्साइड पनि वढ्छ जस्ले गरदा ओजोन वन्न अरु कठिनाई हुन्छ।ओजोनले पृथ्वीलाई ठण्डा गराईराख्छ।तापकरम बढ्दै जादा पृथ्वीको ठण्डापन हराउँदै जान्छ।
अहिले विश्वको तापमान हरेक वषॅ वढिरहेको छ। औधोगिकरणले कारवन उत्सरजन बढिरहेको छ।यसले गर्दा सेता हिमालहरू पग्लिरहेका छन र काला पहाडहरु वनिरहेका छन।समुन्द्को सतह बढीरहेको छ ।लालीगुरास फुल्ने समय अगावै फुल्न थालेका छन।काफल अगावै पाक्न थालेका छन।
औधोगिक राष्ट्हरुको कारण गरीव राष्ट्हरु मारमा परिरहेका छन।औधोगिक राष्ट्हरुले कम औधोगिक राष्ट्रहरुलाई क्षतिपूर्ति दिनुपर्ने आवाज उठिरहेको छ।औसत तापक्रमलाई नै मान्ने हो भने पनि अहिलेसम्म कलियुगको ५ हजार वर्ष वित्यो । कलियुगको ४ लाख ३२हजार वर्ष मध्य अवको बाँकी ४लाख २७ हजार बर्षमा प्रति दशक ०.२० डि.से. ले तापक्रम बढ्दा यो तापक्रम ८ हजार ५ सय ४० डि. से. ले बढी हुन जान्छ। यतिवेला सबैभन्दा उच्च तापक्रममा पग्लने कार्बन ( ३ हजार ५०० डि. से.), टङ्ग्स्टेन (३हजार ४ सय ७ डि. से.) र रेजियम (३हजार १सय ८० डि. से.) पनि पाग्लिसकेका हुनेछन् । तसर्थ कलियुगको अन्त्यमा सय वर्षसम्म पानी परिरहॅदा पृथ्वी पुरै समुन्द्र वन्छ।यसपछि फेरी अर्को चतुरयुग शुरु हुन्छ।
स्याङजा,हालः क्यानडा, तस्बिर : एआईले बनाएको।
