कांग्रेस बैंठक राजनीतिलाई मार्गदशन गर्ने अवसर

काठमाडौं, २५ अशोज ।
नेतृत्व गर्नेहरुले अहम लिने, अडान लिने, कानूनी, वैधानिक र बहुमतिय बलमा पार्टी सत्तामा बसिरहने रहने समय छैन अहिले । त्याग, समर्पण र सम्मानीत बर्हिगमनलाई आत्मसात गर्दे उदारता देखाउनु सबैको हितमा हुन्छ । यस्तो नीति मुलुकका सबै पार्टीहरुको हकमा लागु हुनुपर्दछ, अगुवाई नेपाली कांग्रेले गर्न सकोस ।
मुलक राजनीति अन्यौलताबाट गुज्रि रहेको समयमा नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी पार्टी नेपाली कांग्रेस महत्वपूर्ण केन्द्रीय समिति बैंठकको सघारमा छ । राजनीतिक घटनाक्रमबीच कांग्रेसको आसन्न केन्द्रीय समिति बैंठक पार्टी र मुलुककै निम्ति एउटा निर्णायक मोड हुनसक्छ ।
दुई प्रमुख दलको सत्ता गिरेको, संसद विघटन भएको, अन्तरिम सरकार बनेको, आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तय भएको लगायतका विषम राजनीतिक परिवेशमा हुन लागेको कांग्रेस बैंठकले राजनीतिलाई मार्ग प्रशस्त गर्दछ वा आन्तरिक कलहमा रुमल्लिने हो ? दुबै परिणाम सामुन्ने छन् यसबेला ।
पार्टी भित्र अहिले तीन खालका प्रवृती देखिन्छन् ।पहिलो यथास्थितिवादी, दोश्रो १५ औं महाधिवेशनवादी —तत्काल अधिवेशन गर्नुपर्ने पक्षधर र तेश्रो विशेष अधिवेशन अभियानकर्ताहरु ।
जेनजी आन्दोलनको पृष्ठभूमिमा रचिएको विध्वशंमा घायल भएका सभापतिलाई सम्मानजक बर्हिगमनको बाटो दिनुपर्दछ भन्ने धारणा पहिलो र दोश्रो पक्षको छ । खास गरेर पहिलो पक्षमा पार्टी सभापति शेरबहादुर देउवाको गुटका परिचित पदाधिकारी, केन्द्रीय सदस्य, तथा सांसदहरु छन् ।
आगामी मंसिरमा अहिलेको केन्द्रीय समितिको समयावधी समाप्त हुने र देउवा तेश्रो पटक सभापतिको उम्मेदवार हुन नपाउँने कांग्रेस विधानको आडमा उनीहरु सभापतिको इच्छा अनुसार अगाडि बढ्नुपर्ने मान्यता राख्छन् ।बद्लिएको राजनीतिक परिवेशमा उनीहरु यस्तो नीति लिन वाध्य भएका हुन्।कांग्रेसको क्रियाशिल सदस्यता सम्बन्धी उल्झन सल्टिनसकेको लगायतका पार्टी गुटका आन्तरिक कारणहरु देखाउँदै एक वर्ष महाधिवेश सार्ने योजनामा अहिले आएर तुषारापात परेको छ ।कांग्रेस एमाले सत्ता संझौता अनुसार देउवा आगामि असारमा सत्तासिन भएपछिमात्र पार्टी अधिवेशन गर्ने र केन्द्रीय समितिमा देउवा गुटकै बर्चस्व सुनिश्चित हुने रणनीति अन्तर्गतको योजना अब कामयाव हुनसक्ने स्थिति छैन ।
यो बैंठकले भदौं २४ र २५ गतेका परिघटना र त्यो घटनाबाट सृजित सबै परिस्थितिहरुको मिहिन विश्लेषण गर्दे मुलुकलाई दिशानिर्देश गर्ने नीति अगाडि ल्याउन आवश्यक छ , जिम्मेवारी इतिहासले कांग्रेसलाई सुम्पिएको छ । लोकतन्त्रको जग बलियो बनाउने र संसदीय लोकतन्त्रलाई जीवन्त पार्ने गुरुत्तर दायित्वबाट कांग्रेस बिमुख हुन नपाओस ।
बदलिएको राजनीतिक माहौलमा देउवा गुटका मसिहाहरु नियमित महाधिवेशन गर्ने अवस्थामा आएका त छन्, तर पनि समय लम्ब्याउने खेल गर्न छोडेका भने छैनन् । फागुनको चुनाव सम्पन्न गरेपछि वैशाखमा अधिवेशन गर्ने सोच अघि सारिएको छ ।
दोश्रो पक्ष जसको नेतृत्व पार्टीका वरिष्ठ नेता डा. शेखर कोइरालाले गरेका छन् । समयमै महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएका कोइरालाको पक्ष अहिले बलियो बनेको देखिन्छ ।देउवा पक्षका चिनिएका तेश्रो पुस्ताका नेताहरु पनि अहिले मंसिरमै महाधिवेशन गरेर देउवालाई सहज बर्हिगमन दिनुपर्ने रणनीतिमा सक्रिय देखिन्छन् । पहिलो पक्ष वाध्यताबाट, कोइरालापक्ष मौलिक हिसावले एउटै एजेण्डामा आएको अवस्थामा तेश्रो विशेष अधिवेशनको पक्षधर महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा पनि नियमित महाधिवेशनको एजेण्डामा नजिकिएका छन् ।
उनीहरुले अघि सारेको विशेष अधिवेशन देउवालाई पार्टी सत्ताबाट अलग राख्न अख्तियार गरिएको रणनीतिक अभियान हो भन्न सकिन्छ ।सार्वजनिक राजनीतिक जीवनमा पपुलर देखिएको र मिडियामा छाएको विशेष अधिवेशन अभियान पार्टी भित्र भने आलोच्यमात्र होइन कमजोर पनि देखिदैछ । ५० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन सहीतको अभियान राजनीतिक गणितका हिसावले सशक्त मानिए पनि पार्टीका जिम्मेवारहरुले सहज हिसावले लिएको देखिदैन । अर्कोतर्फ कोइरालाले यो अभियानबाट आफूलाई अलग राख्दै आएका छन् ।
आन्तरिक राजनीतिक घटनाक्रमहरुबीच महाधिवेशन मंसिरमा हुने कुराले कांग्रेसमा आकार लिएको छ ।तर, सँगसँगै मंसिरसम्म को सभापति हुने ? देउवा नै भैरहने हुन् ? उनले विश्राम लिएको घोषणा गर्दे अरुलाई जिम्मेवारी दिने वा संयोजक तोक्ने हुन् वा होइनन् ? ‘भूमिगत’ अवस्थामा रहेका देउवाले २६ अशोजमा बोलाइएको केन्द्रीय समिति बैंठकको चेयर गर्दे कस्तो उद्घोष गर्ने हुन् ? उनको रणनीति के छ ?सायद उनकै नजिकका सीमितलाई बाहेक अरुलाई थाहा छैन।
जेनजि माग र विध्वंशबारे कांग्रेसले आफ्नो स्पष्ट धारणा औपचारिक धारणा सार्वजनिक गर्न आवश्यक छ । विध्वंश जेनजिले गरेको होइन । जेनजिको नाममा सारा परिवर्तन भएको भाष्य बनाएर समाज र राजनीतिमा खेल्ने अभ्यासहरु भैरहेका छन् ।
देउवाको विगतको पार्टी संचालनको नीतिका आधारमा भन्नुपर्दा २६ गते बैंठक प्रारम्भ गर्दे उनले केन्द्रीय सदस्यहरुलाई आफ्ना धारणा राख्न आग्रह गर्नेछन् । केही दिनसम्म चल्ने बैंठकमा सदस्यहरुले घारणा राखिसकेपछि तिहारको संघारमा कांग्रेसको निर्णय आउने विगतको रणनीतिक निरन्तरता हुनसक्छ ।तर, देउवाको सोच र रणनीति अनुसार अर्झै कांग्रेस अगाडि बढ्नसक्ने आधार देखिदैंनन् । बैंठकमा महामन्त्रीद्धयले नियमित अधिवेशनको कार्यतालिका पेश गर्ने चर्चा चल्दै छ ।सँगसँगै केन्द्रीय समिति विघटन हुनुपर्ने माग पनि जोडदाररुपमा उठेको छ । अधिवेशन कार्यतालिका र केन्द्रीय समिति विघटनका मागहरुलाई पन्छाएर बहुमतको आडमा अगाडि बढ्ने गणितिय सामथ्र्य त देउवा पक्षसँग हुनसक्छ । तर, त्यो कांग्रेको हितमा हुँदैन र राजनीतिक नैतिकताको हिसावले सुहाउँदैन पनि ।
बैंठकलाई लिएर कांग्रेसको राजनीतिमा भूमिका राख्ने केही सदस्यसँगको विचार यस प्रकार छ ।
एनपि साउद
विद्यार्थी राजनीतिबाट कांग्रेसको राजनीतिमा प्रवेश गरेका साउद , निवर्तमान प्रतिनिधिसभा सदस्य तथा हाल केन्द्रीय सदस्यको भूमिकामा छन् ।साउद भन्छन् ‘मुलुक गंभिर अवस्थामा । नेपाली कांग्रेस पनि गंभिर अवस्थामा छ ।जेनजि आन्दोलन, विध्वंश, संसद विघटन, अन्तरिम सरकार र निर्वाचनका घटना सामुन्ने छन् । मुलुकमा अस्थिरता र असमनजस्य कायम छ ।
आसन्न केन्द्रीय समिति बैंठकबारे साउदले भने ‘ हाम्रो बैंठक मुलुकका यी सारा घटनाहरुको ब्रेकथ्रु हुनेगरी बस्नुपर्दछ । राष्ट्रका सामु आएका सारा मुद्धाबारे गंभिर बहस हुन आवश्यक छ ।
कांग्रेसको विद्यानमा ४ वर्षमा अधिवेशन गर्ने भन्ने छ । साउद भन्छन् ‘छोटो समयमा महाधिवेशन गरेर निकास दिन सकिन्छ । विशेष अधिवेशनको कुरा मैले बुझेको छैन ।’
रामहरी खतिवडा
केन्द्रीय सदस्य एवं निवर्तमान सांसद रामहरी खतिवडा कांग्रेसले अहिले सम्हालिएर जानुपर्ने अवस्था औंल्याउँछन् । ‘विद्यानमै व्यवस्था छ, नेतृत्व परिवर्तन भै हाल्छ । विभाजित भएर जाने बेला छैन, कांग्रेसका विरुद्ध ठूलो षडयन्त्र भैरहेको छ । त्यसलाई बुझ्न जरुरी छ ।‘कांग्रेस चुनावबाट भाग्दैंन, भाग्न मिल्दैन’ खतिवडाले भने ‘ महाधिवेशनमा नयाँ सदस्य पनि आउँने वातावरण बन्नुपर्दछ, केन्द्रीय नेतृत्वमा बाँकी अवधिका लागि नयाँ व्यवस्था गरेर अगाडि बढ्न सकिन्छ । जे गर्छ केन्द्रीय समितिले छलफल गरेर एउटा निकास दिन्छ ।’
लक्ष्मी खतिवडा
केन्द्रीय सदस्य लक्ष्मी खतिवडा आन्तरिक मामलामा खरो बोल्ने नेता मध्येका हुन । कांग्रेसका सामु देखिएका विवादहरुलाई वैधानिक तरिकाले हल गर्न सकिने धारणा उनको छ । ‘कांग्रेस बैंठक एउटा असाधारण समयमा हुन लागेको छ । महाधिवेशनका कुरा छन्, तर यहाँ सँगसँगै आगोमा घिउ थप्ने काम पनि भैरहेको छ ।’ पार्टीको बृहत्तर हितमा निर्णय लिनुपर्ने अवस्था औल्याउँदै खतिवडा भन्छिन् ‘केन्द्रीय समितिबाट सहमतिमै निकास निकाल्ने काम बुद्धिमानी हो । त्यो वैधानिक बाटो हो । मतभेद चिर्दे निकास निकाल्न लाग्नुपर्यो ।’ विशेष अधिवेशनबारे विमति राख्दै खतिवडाले भनिन ‘नेताहरुले नजानेर हो वा नपढेर हो, किन त्यो विवादास्पद बाटो रोज्नु भएको हो, म भन्दा उहाँहरु जान्नै नै हुनुहुन्छ ।’
रन्जित कर्ण
नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष एवं पूर्व सांसद रन्जित कर्णले सामाजिक संजालबाट केन्द्रदेखी वडासम्मको कांग्रेसको पुर्नसंरचना गर्नुपर्ने विचार राखेका छन् । ‘हामीले प्रतिनिधिसभाको चुनावमा भाग लिनु पर्दछ र त्यो भन्दा पहिला पार्टीको नेतृत्व तलदेखी माथीसम्म बदल्नुपर्दछ’ कर्ण भन्छन् ‘विशेष अधिवेशनले सभापतिमात्र परिवर्तन हुन्छन्, पहिला जो महाधिवेशन प्रतिनिधि हुन, तिनै मात्र भाग लिन पाउँछन्, नयाँ कोही आउँन पाउँदैनन् ।’
अधिवेशनको म्याद थप्ने राजनीतिक माहौंल नरहेको बताउँदै कर्ण भन्छन् ‘मंसिर पछि यो कार्यसमिति अवैधानिक हुन्छ । सबै केन्द्रीय सदस्यले राजीनामा दिनुपर्यो, नियमित महाधिवेशन गर्नपर्यो ।’
कांग्रेसको कार्यभार
मुलुक संगिन राजनीतिक मोडमा छ ।संसदीय लोकतन्त्र माथी आक्रमणहरु भैरहेका छन् । दलविहीनताका आवाजहरु मुखरित भैरहेको एउटा विषम परिस्थिति सामुन्ने छ ।कांग्रेसको केन्द्रीय समिति बैंठक सामान्य अवस्थामा बसिराखेको छैन । यो बैंठकले भदौं २४ र २५ गतेका परिघटना र त्यो घटनाबाट सृजित सबै परिस्थितिहरुको मिहिन विश्लेषण गर्दे मुलुकलाई दिशानिर्देश गर्ने नीति अगाडि ल्याउन आवश्यक छ । जिम्मेवारी इतिहासले कांग्रेसलाई सुम्पिएको छ । लोकतन्त्रको जग बलियो बनाउने र संसदीय लोकतन्त्रलाई जीवन्त पार्ने गुरुत्तर दायित्वबाट कांग्रेस बिमुख हुन नपाओस ।
भदौं २३ मा जेनजि पुस्ताले सुशासन र भष्ट्राचार प्रवृती विरुद्धको अभियान चालेका थिए ।यो अभियानमा आम नेपालीको साथ र सर्मथन थियो भन्न सकिन्छ । मुलुकको प्रमुख समस्यामा जेनजि भनिने नवयुवा पुस्ताले आवाज बुलन्द गरेको हो । यो अभियान थियो । त्यहीँ अभियानलाई टेकेर मुलुकभर विध्वंश मच्चाइयो, हिंसा, अराजकता र लुटपाटको अकल्पनीय घटनाहरु घटेका छन् ।जेनजि माग र विध्वंशबारे कांग्रेसले आफ्नो स्पष्ट धारणा औपचारिक धारणा सार्वजनिक गर्न आवश्यक छ । विध्वंश जेनजिले गरेको होइन । जेनजिको नाममा सारा परिवर्तन भएको भाष्य बनाएर समाज र राजनीतिमा खेल्ने अभ्यासहरु भैरहेका छन् ।
कांग्रेसको आन्तरिक नेतृत्वबारे व्यापक बहस छ र केन्द्रीय समितिमा पनि त्यो मागले ठूलो स्थान पाउँने देखिदैंछ । राजनीतिमा पुस्तान्तरण एउटा पेचिलो समस्या बनेको छ नेपालमा । कांग्रेसको मात्र होइन नेपाली समाजको माग हो, युग अनुसारको राजनीतिक नेतृत्व। मुलुकको जनसंख्यामा ४० वर्ष मुनिकाहरुको संख्या आधाजसो छ ,यता राजनीतिक नेतृत्व गर्नेहरुको उमेर वयोवृद्ध ।मुलुकको सामाजिक संरचना र राजनीतिक नेतृत्वले आम जनतामा आशा भर्न सकेन भने त्यसको असर राजनीतिक प्रणालीमा पर्दछ । अहिले भएको पनि त्यँही हो ।
नेतृत्व गर्नेहरुले अहम लिने, अडान लिने, कानूनी, वैधानिक र बहुमतिय बलमा पार्टी सत्तामा बसिरहने रहने समय छैन अहिले । त्याग, समर्पण र सम्मानीत बर्हिगमनलाई आत्मसात गर्दे उदारता देखाउनु सबैको हितमा हुन्छ । यस्तो नीति मुलुकका सबै पार्टीहरुको हकमा लागु हुनुपर्दछ, अगुवाई नेपाली कांग्रेले गर्न सकोस ।
तस्बिर :नेपाली कांग्रेसको फेसबुकबाट