जलतथा मौसम विज्ञान विभागले शनिबार बिहान जारी गरेको मौसमी विवरण अनुसार पूर्वी नेपाल हँदै यस वर्षको मनसुनले बिदा लिएको छ । शनिबार बिहान जारी मौसमी विवरणमा विभागले भनेको छ ‘हिजो मिति २०८२ असोज २४ गते ९२०२५ अक्टोबर १० तरिख० का दिन यस वर्षको मनसुन नेपालको सम्पूर्ण भू(भागबाट बहिर्गमन भएको छ र हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।आज दिउँसो
कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू(भागका एक(दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।आज राती
कोशी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मुख्यतया सफा रहने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *