काठमाडौं, २३ असोज

आशा गरौं, भत्किएको सडकखण्ड आउँदो मनसुन अगावै निर्माण सम्पन्न हुनसकोस् र त्यो त्यस्तौ भरपर्दो होस जुन मनसुन भनिने हाम्रो नियतीले भत्काउन बिर्गान नसकोस । अब प्रकृती र प्रकोपलाई दोष दिएर पन्छने प्रवृतीबाट दुर हुन सिकौं ।
प्राविधिक ज्ञानमा आम नेपाली कमजोर छन् । यसको अर्थ हामीले जे गरेपनि हुन्छ भन्ने अहिलेको मनोविज्ञानबाट सडकका जिम्मेवारहरु मुक्तहुन आवश्यक छ ।

सङ्घीय राजधानी काठमाडौँलाई पूर्वी नेपालसँग जोड्ने छोटो, एकमात्र वैकल्पिक र अत्यन्त महत्वपूर्ण सडक मार्ग वर्षेनी बिग्रने रोगले ग्रसित भैरहेको त छैन ? जापान सरकार आफै निर्माण गरेको राजमार्ग जुन आफैमा अब्बल मानिन्थ्यो, लगानीका हिसावले अन्य मार्गको दाजोमा महगो पनि हो ।तर, त्यो राजमार्ग भरपर्दो हुन सकि रहेको छैन ।
यता, राजधानीलाई पश्चिमबाट जोडने प्रमुख पृथ्वी राजमार्गको हालत झन बिकराल छ । मनसुनको समयमा यात्रा गर्न त्राहीत्राही हुनुपर्ने अवस्था बर्षेपिच्छेको नियति हो ।अरनिको राजमार्गको अवस्था त्यस्तै रह्यो पोहोर र यसपाली पनि । बर्षेनीका बिकराल लाग्ने राजमार्गहरुका समस्या समाधान गर्न नसकिने हुन् ? होइन । नेपालमा सडक बनाउँदा हामी उच्च प्राकृतिक जोखिमको धरातलमा छौं भन्नै पक्षलाई आत्मसात गर्दे त्यसै अनुसारका प्रविधि, अनुगमन र व्यवस्थापन गर्न सकियो भने अहिले देखिएका समस्या समाधानका श्रोत बन्नसक्छन । यसका लागि चाहियो राजनीतिक, प्रशासनिक र प्राविधिक इच्छाशक्ति, साधन श्रोत र उचित प्रविधिको प्रयोग ।

अब बिपिको कुरा गरौं

पोहोर अशोज १०, ११ को वर्षाबाढीले बिपिको ८ किमि भन्दा धेरै सडक बगायो । यो वर्ष अशोज १५,१६ को वर्षाबाढीले पोहोर भत्किएको ८ किमीमा बनेको अस्थाई सरचना बगयो । के देखिन्छ भने गत वर्षको अविरल वर्षाका कारण क्षती भएको सडक खण्डमा स्यायी संरचना निर्माण गर्न ढिलासुस्ती हुन्ुले यो वर्ष पनि सोही स्थानमा क्षती भयो । अहिले फेरी रातारात अस्थाई समाधानका लागि ठूलो धनराशी खर्च भैरहेको छ । मनसुनलाई दोष दिदै सडक यातायात संचालन गर्ने मूल्यमा विगतका कमिकमजोरी र लापरवाहीलाई बेवास्ता गर्दे जाने हो भने मनुसुन नियमित आकस्मिकता जस्तै बाढी पहिरो, सडक बन्द हाम्रा सधैका नियति हुनजान्छन् ।
रोशी खोलाले गत वर्ष करिव ८ किलोमीटर सडकखण्ड बगाएको थियो । बगाएको सडक खण्डको स्थायी संरचना बनाउन ढिला हुनुले यसपटक फेरी खोलाको निसानामा करिव ४ किलोमीटर अस्थाई सडक परेको छ ।प्रश्न स्वभाविक छ — कतै सडक खोलामा बनेको त थिएन ? त्यसो हो भने खोलामा बनेको सडक, खोलालै नै बगायो । किन बग्यो बिपि राजमार्ग ? त्यसको प्राविधकि छानविन हुनुपर्ने होइन ? यस्तो अवस्थामा हुनु पछाडिको जिम्मेवार को हुनुपर्ने हो ? प्रकृती, प्रकोप कि प्राविधिक जसले खोलामा सडक बनाए, जसजसले त्यसको अनुमोदन गरे ।

बिपि राजमार्ग लगानी, प्रविधिको प्रयोग र लामो निर्माण अवधिका कारण नेपालको सर्वाधिक महगो सडक आयोजनामा पर्दछ ।२०५० को दशकदेखी निर्माण प्रारम्भ भएर जापान सरकारले निर्र्माण सम्पन्न गरेर नेपाल सरकारलाई २०७२ असारमा हस्तान्तरण गरेको हो ।
सडक प्राकृतिक प्रकोपमा परेर क्षतविक्षत हुनुले हाम्रो प्राविधिक क्षमता र सडक संचालन परिपाटीमै खोट त छैन ? वा हामीले आँकलन गरेको भन्दा ठूलो प्रकोप सामना गर्नुपरिरहेको हो ?अब पनि प्रश्नहरु प्रश्नकैरुपमात्र रहनु हुँदैन ।

प्रश्न स्वभाविक छ — कतै सडक खोलामा बनेको त थिएन ? त्यसो हो भने खोलामा बनेको सडक, खोलालै नै बगायो । किन बग्यो बिपि राजमार्ग ? त्यसको प्राविधकि छानविन हुनुपर्ने होइन ? यस्तो अवस्थामा हुनु पछाडिको जिम्मेवार को हुनुपर्ने हो ? प्रकृती, प्रकोप कि प्राविधिक जसले खोलामा सडक बनाए, जसजसले त्यसको अनुमोदन गरे ।

पूर्वी नेपालसँग लाइभलाइन जोडिएको सडकलाई प्रकोपको प्रकृती, प्रवृतीका अधारमा डिजाइन गर्नुपर्ने होइन र ? प्रकोप हाम्रो नियति हो, प्रकोप अनुसार बाँच्न, जीवनयापन गर्ने र प्रविधि मैत्री हुन ढिलो त भैरहेको छैन ?आम सडक प्राविधकहरुसँग गरिनुपर्ने प्रश्न हो यो ।
राजधानीसँग जोडने प्रम्ुख पृ्रथ्वी राजमार्गको हालत त्यस्तै छ । बर्षेनी मनसुनको बेलामा त्राहीत्राही हु्न्छ । मनसुनलाई दोष दिने कि मनसुनी वर्षालाई थेग्नसक्नेगरी सडक नबनाउने सरकारलाई ? बर्षे पिच्छे को रोइलो किन ? पृथ्वी राजमार्गका सडक छेउछाउमा ठूलाठूला पहिरा छन् । नेपालका अधिकांस पहिरोहरुको पहिचान पनि भएको छ ।सरकारी खानी तथा भूगर्भ विभाग तथा विभिन्न शोध व्यक्ति तथा प्राज्ञहरुले धेरै काम गरेका छन् नेपालको पहिराहरुका सम्बन्धमा । अध्ययन अनुसन्धान वेबास्ता गर्ने अनि वर्षेनी भत्कन्छ, बर्षेनी बनाउने, पैसाको खोलो बगाउने । पहिरो आएपछि डोजर चलाउने अहिलेको प्रवृतीमा अब आमूल परिवर्तन आवश्यक छ । सडक जोगाउन सडकमाथीका पहिराहरु नियन्त्रण गर्नुपर्यो । सडक मुनि नदीले खोतली रहेको हुन्छ । वर्षेभरी अनुगमन र समस्या देखिनासाथ समाधान गर्ने प्रणाली अपनाउ छ ।
पहिरो नियन्त्रण गर्ने प्रविधिमा पनि हामी सक्षम भैसकेका छौं । अब प्रश्नमात्र गर्ने होइन मनसुनको नाममा सडक भत्कियो, पहिरो गयो भनेर त्यत्तिकै छोडने होइन। सम्बन्धित प्राविधिकलाई जिम्मेवार, जवाफदेही बनाउने र गलत गरेको पाइएमा दण्डित गर्ने कडा व्यवस्था अख्तियार अपनाउन पर्दछ ।

अध्ययन अनुसन्धान वेबास्ता गर्ने अनि वर्षेनी भत्कन्छ, बर्षेनी बनाउने, पैसाको खोलो बगाउने । पहिरो आएपछि डोजर चलाउने अहिलेको प्रवृतीमा अब आमूल परिवर्तन आवश्यक छ । सडक जोगाउन सडकमाथीका पहिराहरु नियन्त्रण गर्नुपर्यो । सडक मुनि नदीले खोतली रहेको हुन्छ । वर्षेभरी अनुगमन र समस्या देखिनासाथ समाधान गर्ने प्रणाली अपनाउ छ ।पहिरो नियन्त्रण गर्ने प्रविधिमा पनि हामी सक्षम भैसकेका छौं । अब प्रश्नमात्र गर्ने होइन मनसुनको नाममा सडक भत्कियो, पहिरो गयो भनेर त्यत्तिकै छोडने होइन। सम्बन्धित प्राविधिकलाई जिम्मेवार, जवाफदेही बनाउने र गलत गरेको पाइएमा दण्डित गर्ने कडा व्यवस्था अख्तियार अपनाउन पर्दछ ।

बिपि राजमार्गमा जताततै ठूल्ठूला पर्खाल ठडिएका छन् ,जापानले यो सडकमा प्रविधिको भरपुर प्रयोग गरेको थियो भन्ने गरिन्छ । पहिरोले सडक पुरिनु एउटा कुरा हो, तर रोशी खोलाले सडक बगाउनु भनेको रोशीको खोलाको प्रकृती, उसको वहावको चरित्र तथा त्यस क्षेत्रको भौगर्भिक, हाइड्रोलोजिकल अध्ययनमै कमिकमजोरी त थिएनन् प्रश्न स्वभाविक बन्न गएको छ । मनसुन हाम्रो नियममितता हो । मनसुनको प्रकृती र प्रवृतीको आँकलननै नगरी अवश्य सडक निर्माण थालिएको थिएन । जानकारहरुका अनुुसार, भुकुण्डेबेसी देखी नेपालथोकसम्म कतिपय स्थानमा रोशीको बगर मिचेर सडक बनाइएको थियो, गत वर्ष रोशीले त्यहीँ प्रहार गर्यो ।फेरी यो वर्ष पोहोरको जस्तो छोटो समयमा धेरै वर्षा भएको पनि होइन, लगातार पानी परिरहेको भने हो ।
इन्जिनीयनिरङ्ग जियोलोजिस्ट अच्युत कोइराला भन्छन् ‘फमाले साघुँसम्म रोशी दुबै तिर चट्टानबाट घेरिएको छ । त्यहाँसम्म सानो गर्ज भएर बग्दछ । त्यसपछि यो निकै धेरै फैलिएको छ र पटकपटक मुख्य भगालो यताउती सरेको पनि पाइन्छ ।’ कोइरालाको विचारमा खोला छेउबाट बाटो बनाउँदा खोलामा ठूलो बाढी आउँदा पनि संरचना नबिग्रने गरी बनाउनुपर्ने हुन्छ ।‘कति ठूलो बाढी आउँने गरेको छ । कस्तो खालको वर्षा हुन्छ त्यस क्षेत्रमा, खोलाको प्रकृती कस्तो छ’ कोइराला भन्छन् ‘सबै जानकारी लिएरमात्र निर्माण गर्नेपर्ने हुन्छ, यो क्षेत्र भौगर्भिक हिसावले पनि जटिल हो, सडकमात्र बनाएर पनि हुँदैन, खोलालाई कता बाट लैजाने रिभर टे«ेडिङ्गसँग सम्बन्धित संरचना पनि सँगसँगै निर्माण गर्न आवश्यक छ।’
गत साल असोजमा क्षत्विक्षत राजमार्गमा अस्थायी सडक एवं डाइभर्सन बनाई सञ्चालन गरिए पनि स्थायी बनाउने प्रक्रियामै रहेकाबेला राजमार्ग पुनःथिलथिलो बनेको छ । डिभिजन सडक कार्यालय भक्तपुरको प्रारम्भिक अनुगमन निरीक्षणअनुसार बाढीले करिब चार किलोमिटर अस्थाई सडक बगाएको छ ।
पुनःअस्थायी डाइभर्सन बनाउन काम थालिएको कार्यालयका इञ्जिनियर विन्दु अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार अहिलेको बाढीले गत सालको बाढी पहिरो पछि बनाइएको डाइभर्सन पूर्ण रुपमा कटान गरेको छ । विसं २०७२ को विनाशकारी भूकम्पले केही सडकखण्ड क्षतिग्रस्त बनाएको थियो भने केही सडकखण्ड जोखिमकै अवस्थामा रहेका थिए ।
जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा धुलिखेल–सिन्धुली–बर्दिबास १६० किलोमिटर लामो राजमार्ग बनेको हो । विसं २०७२ असार १८ गते औपचारिक रुपमा यो राजमार्ग जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो । करिब २६ अर्ब जापानी येन बराबरको लागतमा खण्डखण्डमा निर्माण सम्पन्न यस राजमार्गले पूर्वी नेपाललाई राजधानीसँग छोटो र सिधा जोड्को छ ।
यस राजमार्गको निर्माण सम्पन्न भएपछि पूर्व–पश्चिम राजमार्ग हुँदै नारायणघाट–मुग्लिन–काठमाडौं घुम्नुपर्ने झन्झट अन्त्य भएको थियो । गत वर्षको असोज १०, ११ र १२ गते परेको अबिरल वर्षाका कारण रोशी खोला बढीले बर्दिबासदेखि धुलिखेलसम्म १० किलोमिटर सडक क्षतिग्रस्त भएको थियो । त्यसलाई अस्थायी मर्मत गरेर सञ्चालनमा ल्याएको वर्ष दिन नपुग्दै यही असोज १५,१६ वर्षाले पुनःक्षति गराएको हो ।
सङ्घीय राजधानी काठमाडौँबाट बागमती प्रदेशअन्तर्गत अरनिको राजमार्गअन्तर्गत धुलिखेलबाट सुरु भएको यस राजमार्ग मध्यपहाडीको हाल निर्माणाधीन पुष्पलाल रार्जमार्गसँग समेत जोडिएको छ । तर, भूकम्पले केही दूरीका सडक भत्काएको यस मार्गलाई २०८१ र २०८२ सालको बाढी पहिरोले थप क्षतिग्रस्त बनाएको हो । राजमार्गअन्तर्गत यस क्षेत्रमा पुल नबनेका भ्याकुरे, घ्याम्पे र रोशी खोला बारम्बार समस्या बन्दै आइरहेका छन् । वर्षा भएकाबेला यी खोलाबाट आउने खहरे र बाढीले हरेक दिनजसो सडक बन्द हुने अवस्था निम्तिएको छ ।
गत सालको वर्षाले काभ्रेपलाञ्चोकेको भकुण्डेबेंसीदेखि सिन्धुलीको नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा बाढीले क्षति पु¥याएको थियो । विशेषगरी नेपालथोक–आँपटार, कालढुङ्गा, डालाबेंसी, चिउरीबास, एक नम्बर पुललगायतका ठाउँमा सयौँ मिटर सडक बगाएको छ । त्यसबेला सानो खोलाले पनि डाइभर्सनसमेत बगाएको थियो ।
गतसाल राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक तर्फको नार्के बजार, चौकीडाँडा, दाउन्ने, माम्ती खोला र बेंसीका सडकखण्ड पूर्ण रुपमा बगाएका थियो । गत सालको बर्षाले बगाएको सडकमा अस्थायी ट्रयाक खोलिएको भए पनि गत बैशाख अन्तिम साताको बाढीले फेरि डाइभर्सनलगायत अस्थायी सडक बगाएको थियो ।
यही असोज १५ गते रातिदेखि निरन्तर परेको वर्षाले उक्त राजमार्गको भकुण्डे–नेपालथोक सडकखण्डमा धेरै क्षति पु¥याएको कार्यालयले जनाएको छ । इञ्जिनियर अधिकारीका अनुसार बिपी राजमार्गअन्तर्गत यस सडकखण्डको १७ स्थानमा रोशी खोलाले क्षति पु¥याएको छ भने राजमागको चौकीडाँडा, बोक्सेकुना, माम्ती, चार सयबेंसी, घुमाउनेलगायतका स्थानमा निकै नै जोखिम रहेको छ । यी स्थानमा अब शून्यबाटै फेरि मर्मत सुरु गर्नुपर्ने अधिकारीको भनाइ छ । अस्थायी रुपमा मर्मतगरी सकेसम्म छिट्टै यातायात सञ्चालन गर्ने तयारी भइरहेको अधिकारी बताउँछन् ।
२१ गते देखि नै काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमा क्षेत्र चौकीडाँडाबाट मर्मत कार्यको थालनी गरिएको छ । कार्यालयका अनुसार रोशी खोलालाई पूर्वतर्फ डाइभर्ट गरी ट्र्याक बनाउन सुरु गरिएको हो । नेपालथोकदेखि सिन्धुलीतर्फ बर्खेखोलासम्म करिब ६०० मिटर रोशी खोलाले बगाएको छ । ट्र्याक खुलेपछि काभ्रेपलाञ्चोकको माम्तीसम्म यातायात सञ्चालन हुनेछ । कार्यालयका अनुसार हाल ११० किलोमिटर सडकमा यातायात सञ्चालन रहेको र ५० किलोमिटर पुनर्निर्माणको चरणमा रहेको छ ।
कार्यालयले गत साल असोजको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत २९ किलोमिटर सडकखण्डलाई चार खण्डमा पुनर्निर्माण गर्नेगरी यस वर्ष प्रक्रिया अघि बढाइएको थियो । त्यतिबेला बाढीपहिरोले आठ किलोमिटर सडक पुरै बगाएको थियो ।क्षतिग्रस्त बिपी राजमार्गको पुनर्निर्माणका लागि काभ्रेपलाञ्चोक क्षेत्रमा तीन खण्ड र सिन्धुलीतर्फ एक खण्डमा दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम हुने भएको थियो । कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशका अनुसार हाललाई अस्थायी सडक बनाएर सञ्चालनमा ल्याउने योजना अघि बढाइएको हो । “स्थायी पुनःनिर्माणबारे त्यसपछि के गर्ने भन्ने विषयमा मन्त्रालय र विभागको निर्णयअनुसार अघि बढिनेछ”, योगशे भन्छन ।
यस राजमार्ग दुई वर्षमा पुनर्निर्माणका लागि हाल काभ्रेपलाञ्चोकतर्फ दुई र सिन्धुलीतर्फ एक गरी तीन प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको थियो । स्थायी निर्माणको काम भने मनसुन बाहिरिएपछि मात्र सुरु हुने जनाइएको थियो । क्षतिग्रस्त राजमार्गको पाँच किमी सडकखण्डमा जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले काम गर्नेछ । जाइकाले पिप्लेदेखि बर्खे खोलासम्म ३ दशमलव २ किमी सडक निर्माण गर्ने छ । त्यसका लागि फाइनल सर्भेको काम सकिएको र ठेक्का सम्झौताको चरणमा रहेको योगेशले बताउँछन् । बाँकी सिन्धुलीतर्फको एक सडकखण्ड र काभ्रेपलाञ्चोकतर्फको दुई सडकखण्डमा ठेक्का सम्झौताको तयारी भइरहेको उनको भनाइ छ ।
यस्तै, क्षतिग्रस्त राजमार्ग स्थायी पुनर्निर्माण गर्दा इन्टरमिडियट लेनबाट कम्तीमा दुई वटा गाडी सहज रुपमा गुड्ने गरी सात मिटर चौडाइको कालोपत्र भएको र अर्को रोशी खोलामा बाढी आउँदा बाढीले खोल्नसक्ने नदीको सतहभन्दा तलबाट आरसिसी पर्खाल लगाएर सडक निर्माण गरिने जनाइएको छ ।
कार्यालयले पहिलो चरणमा भकुण्डेदेखि नेपालथोकसम्मको २८ किलोमिटर सडक दुई लेनको बनाउने छ ।
दैनिक करिब तीन हजार सवारीसाधन आवतजावत गर्ने यस राजमार्गमा चाडबाडका बखत तेब्बर सवारीसाधन ओहोरदोहोर गर्छन् ।यस राजमार्ग हाल इन्टरमिडियट लेनको छ भने अब दुई लेनको निर्माण हुने भएको हो ।
सरकारले क्षतिग्रस्त बिपी राजमार्गको स्थायी निर्माण र मर्मतका लागि सडक डिभिजन भक्तपुरलाई रु सात अर्ब ५० करोड र सिन्धुलीको खुर्कोट सडकखण्डलाई रु एक अर्ब उपलब्ध गराएको थियो । त्यसो त जाइकाको प्राविधिक अध्ययनले बिपी राजमार्गमा १६ टनभन्दा माथिको सवारीसाधन सञ्चालन गर्न रोक लगाएको छ । तर व्यापारीले प्रशासनलाई प्रभावमा पारेर २५ टनसम्मका सवारीसाधन सञ्चालन गर्दै आइरहेका छन् । बिपी राजमार्गमा टिपरले २५ टनसम्म गिटीबालुवा लिएर निर्वाध रुपमा सञ्चालन हुने गरे पनि सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन । बिपी राजमार्गको संरचना भत्काउने मुख्य कारकका रुपमा यस सडकमा सञ्चालन हुने टिपर पनि रहेका छन् । दैनिक यस सडकमा छ सयभन्दा बढी टिपर क्षमताभन्दा बढी लोड लिएर सञ्चालन भइरहेका छन् । सङ्गठित रुपमा टिपर सञ्चालक र क्रसर व्यवसायीले स्थानीय प्रशासनलाई प्रभाव पार्दै बिपी राजमार्गको संरचनालाई जोखिममा पार्दै आए छन् ।
अब प्रकृती र प्रकोपलाई दोष दिएर पन्छने प्रवृतीबाट दुर हुन सिकौं ।
प्राविधिक ज्ञानमा आम नेपाली कमजोर छन् । यसको अर्थ हामीले जे गरेपनि हुन्छ भन्ने अहिलेको मनोविज्ञानबाट सडकका जिम्मेवारहरु मुक्तहुन आवश्यक छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार हाल बिपी राजमार्गमा साना ठूला गरी दैनिक तीन हजार बढी सवारीसाधन आवतजावत गर्ने गरेका छन् । मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा पूर्वबाट आउने अधिकांश साना सवारीसाधन बिपी राजमार्ग हुँदै सञ्चालन हुने गरेका छन् । यस सडकमा टिपर, मिनीबस, टाटासुमो र माइक्रोबस बढी सञ्चालन हुने गरेका छन् ।
आशा गरौं, भत्किएको सडकखण्ड आउँदो मनसुन अगावै निर्माण सम्पन्न हुनसकोस् र त्यो त्यस्तौ भरपर्दो होस जुन मनसुन भनिने हाम्रो नियतीले भत्काउन बिर्गान नसकोस । अब प्रकृती र प्रकोपलाई दोष दिएर पन्छने प्रवृतीबाट दुर हुन सिकौं ।
प्राविधिक ज्ञानमा आम नेपाली कमजोर छन् । यसको अर्थ हामीले जे गरेपनि हुन्छ भन्ने अहिलेको मनोविज्ञानबाट सडकका जिम्मेवारहरु मुक्तहुन आवश्यक छ ।

नोट : समाचार लेख्दा राससका राजकुमार पराजुलीले तयार पारेको समाचारको सहयोग लिइएको छ ।

तस्बिर : मुख्य फोटो दाप्चा र रोशी खोलाको दोभान नजिकको हो । यहाँ बनेको सडकमा प्राविधिक हिसावले जसरी रिटेनिङ्कवाल लगाउनु पर्ने हो त्यसरी लगाइएको छैन । यो ठाउँमा बारम्बार खोलाले क्षती पुर्याउने र फेरी निर्माण गर्ने गरिएको पाइन्छ ।
स्टोरी भित्रको फोटो : फोटो कालढुंगा बजार नजिकको हो । यहाँ सडकको आधार जुन ढुंगामाटो पुरेर बनाएको हुन्छ, सडकको आधार बगायो सडक झुण्डिरहेको जस्तो देखिन्छ ।
फोटो सौजन्य : अच्युत कोइराला-इन्जिनियरिङ्ग जियोलोजिस्ट 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *