कोशी पहाडमा बदली, अन्यत्र अधिकांश सफा

काठमाडौ २४ अशोज ।
जलतथा मौसम विज्ञान विभागले शुक्रबार बिहान जारी गरेको मौसमी विवरण अनुसार पश्चिमी नेपालबाट मनसुन बाहिरिएको छ र त्यहाँ अहिले पश्चिमी वायुको प्रभाव देखिएको छ । यता, पूर्वी नेपालमा भने कमजोर मनसुन र स्थानीय वायुको उपस्थिति छ । विभागले भनेको छ ‘सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू(भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू(भागको थोरै स्थानहरूमा पश्चिमी वायूको प्रभाव तथा बाँकी भू(भागमा मनसुनी वायू तथा स्थानीय वायूको कमजोर प्रभाव रहेको छ
मौसम विज्ञान विभागको बिहानको विवरण हेर्दा बिहानको सातबजे भन्दा ६ घण्टा अगाडि मुलुकका सबै प्रदेशहरुमा हल्का वर्षा भएको छ ।
आज दिउँसो
कोशी प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश, र गण्डकी प्रदेशको पहाडी भू(भागका एक(दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।आज राती
कोशी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेशको पहाडी भू(भागका एक(दुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।
तस्बिर :मौसम विभागको वेभसाइटमा देखिएको करिव रातको २ बजेको वर्षाको अवस्था