सिजिले जेनजि आन्दोलनका शहिद परिवारलाई रोजगारी दिने

काठमाडौं, २३ अशोज ।
नेपालको अग्रणी कर्पोरेट हाउस चौधरी ग्रुपले जेनजि आन्दोलका क्रममा सहादत प्राप्त गरेका प्रत्येक परिवारको एकजनालाई रोजगारी दिने घोषणा गरेको छ ।
सिजि कर्प ग्लोबलका म्यानेजिङ्ग डाइरेक्टर निर्वाण चौधरीले आफ्नो फेसबुक स्टाटसमा पोस्ट गर्दे भनेका छन् ‘जेनजि आन्दोलनका प्रत्येक शहीद परिवारका एक सदस्यलाई हामी रोजगारी प्रदान गर्नेछौँ।यो केवल हाम्रो वाचा मात्र होइन, हाम्रो गहिरो कर्तव्य र श्रद्धा हो। चोधरीले आफ्नो अफिसले शहिद परिवारका सदस्यहरुको खोजविबन गरिरहेको पनि जनाएका छन् ।
फेसबुकमा उनले गरेको पोस्ट यस प्रकार छ
आन्दोलनका शहिदप्रति चौधरी ग्रुपको तर्फबाट हार्दिक श्रध्दाञ्जलि एवं परिवारजनप्रति गहिरो समवेदनाका साथ उच्च सम्मान ब्यक्त गर्दछौँ।
उक्त आन्दोलनका क्रममा हाम्रो निजी निवास, कार्यालय, शोरूम र कारखानाहरूमा भएको ठूलो क्षति र विध्वंसले हामीलाई गहिरो पीडा दिएको छ।
यद्यपि, यो पीडादायी घडीमा पनि हामी दृढ आत्मविश्वासका साथ पुनःनिर्माणको यात्रामा अघि बढेका छौँ। यस कठिन समयमा चौधरी ग्रुप शहिद परिवारप्रति उच्च सम्मान ब्यक्त गर्न निम्न अनुसारको प्रतिबद्धता व्यक्त गर्न चाहन्छ—
हामी सँगै उभिनेछौँ, पुनःनिर्माण गर्नेछौँ, आशा, सहानुभूति र सम्मानसहित यो देशको सून्दर र उज्ज्वल भविष्य निर्माण गर्नेछौँ ।
हाम्रो टिमले समपुर्ण शहिद परिवारलाई सम्पर्क गर्दैछौं, यद्यपि यसका लागि यहाँहरूले चौधरी ग्रुपका कर्पोरेट कम्युनिकेसन बिभाग प्रमुख मधुसूदन पौड्याललाई मोबाइल नम्बर 9851224000 मा सम्पर्क गर्नुहुन अनुरोध छ ।