नेपालको विजय प्रारम्भ : कुवेतलाई जित्यो, जापानसँग भिड्दै

काठमाडौं, २३ अशोज ।
इस्ट–एसिया प्यासिफिक छनोटमा नेपालले विजयी सुरुआत गरेको छ । अल अमिरतस्थित ओमान क्रिकेट मैदानमा सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हरायो ।
नेपालले प्रस्तुत गरेको १४२ रनको लक्ष्य कुवेतले पछ्याउन सकेन । कुवेतले १८.१ ओभरमा सबै विकेट गुमाउँदै ८३ रन मात्र बनाउन सक्यो ।
कुवेतले पहिलो ओभरमै विकेट गुमाएको थियो । नेपालका सोमपालले पहिलो ओभरको चौथो बलमा ओपनर रभिजा सान्दारुवानलाई बोल्ड गर्दै पेभिलियनमा पठाएपछि कुवेत प्रारम्भदेखीनै प्रतिरक्षामा केन्द्रित हुनपुग्यो ।
तस्बिर : पहिलो ओभरमै विकेट लिएपछिका सोमपाल, क्यान नेपाल