नेपालले जित्यो मलेसियासँगको टि ट्वान्टी आइ सिरिज

नेपालले मलेसियाको घरेलु टोलीसँगको टि ट्वान्टी आइ सिरिज जितेको छ । बुधबार मलेसियामा सम्पन्न खेलमा पाँचौ तथा अन्तिम खेलमा नपालले मलेसियालाई ५ विकेटले हराउँदै ३–२ ले जितेको हो।
नेपालले ५ विकेटमा १ सय ४ रनको लक्ष्य १८ ओभरमा पूरा ग¥यो। नेपालका लागि ओपनर रुबी पोद्दारले २६ रन, पूजा महतोले २४ रन , कविता कुँवरले १४ जोडिन् । ओपनर सम्झना कुमारी खड्काले १३ र कप्तान इन्दु बर्माले ८ रन बनाइन् । रुविना क्षेत्रीले १५ रन र कविता जोशी १ रनमा नटआउट रहिन् ।
नेपालका लागि राजमति ऐरी र कविता कुँवरले समान ३ र रचनाकुमारी चौधरीले १ विकेट लिइन् । हिजो चौथो खेलमा ६ विकेटको जितसँगै नेपालले सिरिजमा २–२ को बराबरी गरेको थियो। यसअघि मलेसियाले पहिलो खेल ३ विकेट र तेस्रो खेल १३ रनले जितको थियो । दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो।
आजको खेलमा टस जितेर ब्याटिङ गरेको मलेसियाले ७ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो। विनिफ्रेड दुरासिंगमले टोलीका लागि सर्वाधिक ४० रन बनाइन् ।
फोटो साभारः हाम्रो खेलकूद