जलतथा मौसम विज्ञान विभागले बुधबार बिहान जारी गरेको मौसमी विवरण अनुसार पश्चिमी नेपालबाट मनसुन बाहिरिएको छ र त्यहाँ अहिले पश्चिमी वायुको प्रभाव देखिएको छ । यता, पूर्वी नेपालमा भने कमजोर मनसुनको उपस्थिति छ । विभागले भनेको छ ‘सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू(भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू(भागको थोरै स्थानहरूमा पश्चिमी वायूको प्रभाव तथा बाँकी भू(भागमा मनसुनी वायूको कमजोर प्रभाव रहेको छ।’

आज दिउँसो
कोशी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागमा साधारणतया बदली रही बाँकी तराई भू(भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज राती
कोशी प्रदेश र मधेश प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश र मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *