महिलाले माइती तर्फको थर लेख्न छोड्नु पर्दछ भन्ने उनको मान्यता हो । त्यस्तै समलिङ्गि विवाहको उनी विरोधी हुन् । उनले खासमा हार्डलाइनर राजनीतिज्ञको परिचय कमाएकी छन् ।

काठमाडौ, २१ अशोज ।

जापानकी महिला राजनीतिज्ञ सानाये ताकाइची यतिबेला चर्चामा छन् । किनकी उनी एकसाता पछि जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने दौडमा छन् । ताकाइची प्रधानमन्त्रीमा हुनेमा निश्चित जस्तै बनेको जापानी संचार माध्यमले लेखिरहेका, बोलिरहेका छन् ।
को हुने हो जापानको आगामी हो प्रधानमन्त्री ? अक्टुवर १५ मा बस्ने जापानी संसद डाइटले औपचारिक टुंगो लगाउने छ । तर प्रधानमन्त्रीमा ६४ वर्षिय महिला ताकाइचीको पल्ला भारी छ । कारण,हालैमात्र भएको जापानको लिवरल डेमोक्रेटिक पार्टी (एलडिपि)को आन्तरिक चुनावमा उनी दलको नेता बनेकी छन् ।
एलडिपि जापानको राजनीतिमा सबै भन्दा ठूलो र प्रभावशाली पार्टी मानिन्छ । विगत सात दशकदेखी लगभग निरन्तर सत्तासिन पार्टी हो । आफ्नो बहुमत नपुग्ने भएपनि संसदको सबै भन्दा ठूलो दल हो एलडिपि । संसदमा अन्य दल सानासाना दलमा विभाजन भएकोले एलडिपिका लागि अवसरहरु छन् । एक वर्ष अघि एलडिपिकै शिगेरु इशिवा प्रधानमन्त्री चुनिएका थिए । तर,संसदका दुबै सदनमा अल्पमतमा परेपछि उनले राजीनामा दिइसकेका छन् ।यस अर्थमा पार्टीको आन्तरिक राजनीति र सरकारमा सहभागी हुने राजनीतिकदलबीच सहकार्य र समन्वय दुबै चुनौतीपूर्ण देखिन्छन् ।
तेश्रो पटककको प्रयासमा ताकाइची पार्टी नेता बन्न सकेकी हुन् । सरकारमा रहेर आर्थिक सुरक्षा मन्त्रालय लगायतका मन्त्रालयहरु सह्मालि सकेकी ताकाइची अनुभवी राजनीतिज्ञ हुन् । उग्र परम्परावादी धारणा र प्रखर राष्टवादी छवि बोकेकी ताकाइचीका लागि यी दुबै अस्त्र अवसर र सँगसँगै चुनौती दुबै हुन् ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमको व्यापार नीतिका कारण जापान आर्थिक समस्यामा पर्दे गएको पृष्ठभूमिमा जापानमा एलडिपिको नेतृत्व परिवर्तन भएको अर्थ लगाउनेहरुको संख्या ठूलो छ । विश्व अर्थतन्त्रमा चौथो स्थानमा रहेको जापानलाई अमेरिकासँगको सम्बन्ध सुमधुर बनाउनै पर्ने वाध्यताहरु छन् । अमेरिका जापानको प्रमुख व्यापारिक साझेदार हो ।

ताकाइची राजनीतिमा पूर्व मन्त्री हुन्, टेलिभिजन होस्ट हुन् र जमानीमा हेभिमेटल ड्रमर हुन् । महिला हुन् तर महिलावादी भने होइनन् । उनको उग्र परम्परावादको विरोध गर्नेहरुको संख्या पनि धेरै छ जापानमा ।  

ताकाइचीले यसै महिना (अक्टुवर)को अन्त्यमा ट्रमसँग अमेरिकामा भेटने कार्यक्रम बनिसकेको छ । ट्रमले हालै ताकाइचीलाई एक्समा मेसेज पठाउँदै ‘पहिलो महिला प्रधानमन्त्री’ भन्दै वधाई दिएका छन् ।यता, ताकाइचीले पनि ट्रमलाई धन्यवाद दिर्दै जापान अमेरिकाको सम्बन्धलाई अझ बलिायो र प्रभावकारी बनाउँदै इण्डोप्यासिफिकमा अगाडि बढन सकिने उल्लेख गरेकी छन् ।
इण्डोप्यासिफिक क्षेत्र अहिलेको विश्व राजनीतिमा महत्वपूर्ण अर्थ र महत्व राख्दछ्। व्यापार, उद्यम, व्यवसाय, जनसंख्या लगायत सामुद्रिक तटहरुका कारण भूराजनीतक परिदृश्यमा यो क्षेत्रलाई अमेरिकाले महत्व दिदैं आएको छ । यो क्षेत्रको लिडर अमेरिका आफै हो । अन्य देशमा चिन, जापान, भारत, अष्ट्रेलिया तथा अन्य एशियन देशहरुमा इण्डोनेशिया, मलेसिया, थाइल्याण्ड, भियतनाम र फिलिपिन्स पर्दछन् । आर्थिक र सामरिक दुबै हिसावले अहिलेको विश्व राजनीतिमा इण्डोप्यासिफिक क्षेत्र संभावनाले युक्त तर संवेदनशील मानिन्छ । इण्डोप्यासिफिकका देशहरुबीच आपसी सम्बन्ध र अमेरिकासंगको सम्बन्धमा केही महिनायता चुनौतीहरु देखिएका छन् ।
पछिल्लो समय जापानको र चिन तथा दक्षिण कोरियासँगको सम्बन्धमा समस्यामा देखिएका छन् । ताकाइचीका लागि उनको उग्र परम्परावाद र प्रखर राष्ट्रवादको नीतिले चिनसँगको सम्बन्ध अझ बिग्रने पो हो कि भन्ने चिन्ता देखिन्छ जापानमा ।
को हुन ताकाइची
ताकाइची राजनीतिमा पूर्व मन्त्री हुन्, टेलिभिजन होस्ट हुन् र जमानीमा हेभिमेटल ड्रमर हुन् । महिला हुन् तर महिलावादी भने होइनन् । उनको उग्र परम्परावादको विरोध गर्नेहरुको संख्या पनि धेरै छ जापानमा । जापानको सत्ता राजनीतिमा एलडिपिलाई दुई दशकदेखी भरपर्दो साथ दिदैं आएको मध्यमार्गि पार्टी कोमेइतोलसँगको सम्बन्ध बिग्रिएको छ । यस अर्थमा सरकार संचालन गर्न जापान इनोभेटिभ लगायतका अन्य पार्टीसँग हातेमालो आवश्यक हुनगएको छ ।
महिलाले माइती तर्फको थर लेख्न छोड्नु पर्दछ भन्ने उनको मान्यता हो । त्यस्तै समलिङ्गि विवाहको उनी विरोधी हुन् । उनले खासमा हार्डलाइनर राजनीतिज्ञको परिचय कमाएकी छन् ।
आर्थिकरुपमा उनी जापानका पूर्व प्रधानमन्त्री जिन्जो आवेको नीतिबाट प्रभावित छन् । आवेनोमिक्स ताकाइचीले अनुसरण गर्ने देखिन्छ । पार्टीको आन्त्तरिक राजनीतिमा उनी आवेको पक्षधर हुन् । आवेलाई सन् २०१२ मा खस्कदो जापानको अर्थतन्त्रलाई सुधार गरेर माथी उकासेको श्रेय छ । ताकाइची अहिले पार्टीको नेता चुनिनुमा पनि आवेको प्रशस्त योगदान मानिन्छ ।
जापानको संविधानमा जापाले प्रत्याक्रमणमात्र गर्ने भन्ने छ । ताकाइची, जापानी सेना जाई लाग्नसक्ने गरी संविधानमा परिवर्तन गर्ने पक्षमा अभिव्यक्ति दिदैं आएकी छन् ।
अति राष्ट्रवादी धार समातेकी ताकाइचीले विवादास्पद यासुकुनी गिर्जाघरमा पटकपटक जानुलाई पनि कतिपय जापानीले राम्रो मान्दैनन् । दोश्रो विश्वयुद्धका क्रममा कोरिया र चिनमा जापानी सैनिकहरुले अमानवीय व्यवहार गरेको भन्ने कुरालाई ताकाइचीले अतिरन्जित इतिहास भन्दै आएकी छन् । ताकाइची एक सैनिक अधिकृतकी छोरी हुन् । राजनीतिक सफलताका पछाडि बाबुको योगदान रहेको जापानी मिडियाले चर्चा गरिरहेका छन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *