जलतथा मौसम विज्ञान विभागले मंगलबार बिहान जारी गरेको मौसमी विवरण अनुसार पश्चिमी नेपालबाट मनसुन बाहिरिएको छ र त्यहाँ अहिले पश्चिमी वायुको प्रभाव देखिएको छ । यता, पूर्वी नेपालमा भने कमजोर मनसुनको उपस्थिति छ । विभागले भनेको छ ‘सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू(भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू(भागको थोरै स्थानहरूमा पश्चिमी वायूको प्रभाव तथा बाँकी भू(भागमा मनसुनी वायूको कमजोर प्रभाव रहेको छ।’

दिउँसोः
कोशी प्रदेशच र मधेश प्रदेशका अधिकांश स्थाहरुमा पु्र्ण बदली रही बागमती प्रदेश, लु्म्विनी प्रदेशमा साधारणतया बदली र बाँकी भू(भागहरुमा आँशीक बदली रहेने छ। कोशी प्रदेश र मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू(भागका केही स्थानहरूमा मेघगर्जनरचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राती
रातीः कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत देशका पहाडी भू(भागमा साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका लगायत देशका पहाडी भू(भागका केही स्थानहरू र बाँकी भू(भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा भारी वर्षा सम्भावना रहेको छ।

तस्बिर :मौसम विभाग बिहान ६ः३५ मा लिएको फोटो

 

 

 

 

 

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *