बाहिरिदैं मनसुन

काठमाडौं २० अशोज ।
आज मिति २०८२ असोज २० October 6 का दिन यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भू(भागको धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू(भागको थोरै स्थानहरूबाट बाहिरिएको छ । मनसुनी वायू कमजोर हुदै गईरहेको हुनाले नेपालको बाँकी भू(भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको देखिन्छ। मौसम पूर्वानुमान महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको छ र यस सम्बन्धि थप जानकारी अद्यावधिक गर्दै जानेछ।
सामान्यतथा मनसुन जुन १३ मा सुर भएर अक्टुवर २ मा सकिन्छ । जुन १३ र अक्टुबर २ लाई आधार मानेर ढिलो र चाडोको प्रक्षेपण गर्ने गरिन्छ ।
तस्बिर :जल तथा मौसम विज्ञान विभाग