काठमाडौं, १९ अशोज

जल तथा मौसम विज्ञान विभागले आइतबार साँझ प्रकाशीत गरेको मौसमी विवरण अनुसार आज कोशी प्रदेशका पहाडी तथा तराईमा भारी वर्षाको सभावना छ ।विभागका अनुुुसार हाल देशमा मनसुनी वायूको प्रभाव तथा पूर्वी भू(भागमा बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावाको प्रभाव रहेको छ।


पछिल्लो मौसम विवरण अनुसार अहिले कोशी पश्चिमको थौरै क्षेत्र तथा कोशी प्रदेशका मधेश पहाड दुबैमा मध्यम वर्षा भैरहेको छ ।
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत देशका पहाडी भू(भागमा साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका लगायत देशका पहाडी भू(भागका केही स्थानहरू र बाँकी भू(भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी र तराई भू(भागका एक(दुई स्थानमा भारी वर्षा सम्भावना रहेको छ।

भोलि दिउँसो
कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी र तराई भू(भागका एक(दुई स्थानहरूमा मेघगर्जनरचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।