सङ्लोन्यूज
काठमाडौं, १८ अशोज

सामान्यतया अक्टुवर २ देखी मनसुन वर्षा सकिएर शरदकालिन घमाइला दिनहरु आउँनुपर्ने हो । तर, यस पटक मनसुन लम्बियो र हाल विशेष गरेर मध्य नेपालका मधेश प्रदेशका केही जिला र बागमति प्रदेशमा शनिबार बिहानदेखीनै वर्षा भैरहेको छ ।
मौसम विज्ञान विभागका अनुसार मधेश प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा मध्यम भन्दा धेरै वर्षा भएको छ भने बागमतिका काठमाडौ उपत्यका तथा धादिङ्ग चितवनमा पनि निरन्तर वर्षा छ ।
पछिल्लो ६ घण्टाको रेकर्ड अनुसार वीरगंजमा सबै भन्दा धेरै वर्षा भएको छ । त्यहाँ ७९ दशमलव २ मिलि लिटर वर्षा भएको छ ।वीरगंज आसपास धेरै वर्षा भएको विभागको रेकर्डले औल्याएको छ । यता काठमाडौं उपत्यकाको नगरकोटमा सबै भन्दा धेरै ६२ मिलि लिटर वर्षा भएको छ ।
पछिल्लो ६ घण्टाको वर्षा विवरण

वीरगंज : ८४ मिलि
कलैया :७६.२ मिलि
जीतपुर बारा : ६०.६
परवानीपुर :६४ मिलि
सिमरा : ६६ मिलि
निजगढ :६६.२
मंलगवा :४१ मिलि
गौशाला, महोत्तरी : ७८.२
रौतहट, गरुडा : ६५.५
राजपुर, रौहट : ७८.५ मिलि
जनकपुर :४६.५ मिलि
काठमाडौं उपत्यका
नगरकोट : ३८
ककनी : २८ मिलि
गोदाबरी : ६२ मिलि
सुन्दरीजल : ३२
लेले :४६ मिलि


Leave a Reply

Your email address will not be published. Required fields are marked *