दशैंको टिकापछि पानी पर्ने : सतर्क हुन मौसम विभागको सुझाव

जलवायु तथा मौसम विज्ञान विभागले अशोज १५ गते जारी गरेको सुचना र दशै विशेष बुलेटनले यस वर्षको दशैंमा मनसुन सक्रिय छ । सामान्यतया मनसुन बिहिबार अर्थात अक्टुवर २ बाट सकिनु पर्ने हो । तर, कमजोर मनसुन बाँकी छ भने बंगालको खाँडीमा विकसित न्यूनचापिय क्षेत्र उडिसाबाट मध्यभारत तर्फ सर्ने र टिकाको भोलिपल्ट देखी नेपालका पूर्वी, मध्य भागमा वर्षा हुनसक्ने देखिन्छ । मौसम विभागले भनेको छ ‘
यस बर्षको दशैंको अवधिभर मनसुनी वायुको प्रभाव रहि दशैंको अन्तमा मनसुन सक्रिय समेत हुने सम्भावना रहेकोले सम्भावित वर्षाको कारणले भू(क्षय, बाढी, पहिरोको साथै सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले मौसमको अध्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।’
आज दिउँसो
सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी र तराई भू(भाग लगायत मधेश प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू(भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडको एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
आज राती
रातीः सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू(भाग लगायत मधेश प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू(भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
हाल देशभर मनसुनी वायूको र स्थानीय वायूको प्रभाव रहेको छ।
हालको मौसम विश्लेषण अनुसार नेपालमा मनसुन वायुको प्रभाव केही कमजोर रहेको भएता पनि बंगालको खाडिमा विकसित भएको न्यून चापिय प्रणाली भारतको ओरिसाबाट जमिनको भू(भागमा प्रवेश गरी मध्य भारत तर्फ क्रमशः सर्ने भएको र सो न्यून चापिय प्रणालीको कारणले नेपालमा जलवाष्फ युक्त मनसुनी वायु प्रवेश गरी असोज १७ ९एकादशी० का दिन बाट देशको खास गरी कोशी, मधेश, बागमती, गण्डकि र लुम्बिनी प्रदेश सम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको छ। तसर्थ, नेपालमा यस वर्षको दशै अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने देखिन्छ ।
असोज १७ ९एकादशी०९इअत घ०स् कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराई भू(भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
असोज १८ ९द्वादशी०९इअत द्ध०स् कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरू हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।साथै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
असोज १९ ९त्रयोदशी०९इअत छ०स् कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षा र एक(दुई स्थानमा अति भारी वर्षा को सम्भावना रहेको छ ।