आज नवरात्रको अन्तिम दिन । सिद्धिदात्री देवीको आराधना गर्ने दिन । सिद्धिदात्री देवी भगवान शिवले सिद्धिदात्री देवीको आराधना गरेर सृष्टिको रचना गरेको देवि भागवतमा वर्णित छ । सिद्धिदात्री देवी शिवको आराधनाबाट शिवमै प्रकट भएकोले शिवलाई अर्धनारीश्वर भन्ने गरिन्छ ।
सिद्धिदात्रीको अनुकम्पा भयो भने सबै प्रकारका यश, कीर्ति, सुखुसुबिधा, शान्ति प्राप्त हुन्छ । देवीले अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ती, प्राकाम्य, ईशित्व, बशिष्ठ गरी आठ सिद्धि दिन्छिन् ।
देवी सिंहमा सवार छन् । मुकुट लगाएकी छन् । देवीको चेहरा शान्त, करुणमथी दिव्य आभाले भरिएको छ । उनका चार हात छन् । हातहरुमा गदा, चक्र, शंख र कमलको फूल लिएकी छन् ।
सिद्धिदात्रीको आराधना
सिद्धगन्धर्वयक्षाद्यैरसुरैरमसुरैरपि ्र
सेव्यमाना सदा भूयात् सिद्धिदा सिद्धिदायिनी ्र्र

आजको पंचाङ्ग, ग्रहगोचर
२०८२ साल असोज १५ गते बुधबार । आश्विन शुक्लपक्ष, दुर्गा पक्ष, नवमी तिथि । तिथि ।२०२५ अक्टुवर १ । नेपाल संवत ११४५ । शुक्ल पक्ष । दक्षिणायन
सूर्य उदय ५ः५७सूर्य अस्त १७ः४८
चन्द्र राशी :धनु ११ः३२ सम्म त्यसपछि मकर
तिथिः नवमी १४ः३३ त्यसपछि दशमी
नक्षत्रः उत्तरषाढा
योग : अतिगंड
करणः कौलभ
ग्रह गोचर
सूर्यः कन्या राशी हस्ता नक्षत्र
चन्द्रः मकर राशी उत्तरषाढा नक्षत्र
मंगलः तुला राशी स्वाती नक्षत्र
बुधः कन्या राशी चित्रा नक्षत्र
बृहस्पतीः मिथुन राशी पुर्नवसु नक्षत्र
शुक्रः सिह राशी पूर्वफाल्गुनी नक्षत्र
शनिःमीन राशी उत्तरभाद्रपाद नक्षत्र
राहु :कुम्भ राशी पूर्वभाद्रपाद नक्षत्र
केतुः सिंह राशी पुर्वफाग्नुनी नक्षत्र
ब्रह्म मुहुर्त :४ः१९देखी ०५ः७ सम्म
अभिजित मुहुर्त ११ः३०देखी १२ः१८ सम्म
राहुकाल ८ः५४ देखी १०ः२४ सम्म


Leave a Reply

Your email address will not be published. Required fields are marked *