भक्तपुर, २ असोज ।
नेपालको लोकतान्त्रिक आन्दोलनका योद्धा तथा जनआन्दोलन २०४६का कमाण्डर गणेशमान सिंहको २८औं स्मृती दिवश बिहिबार एक कार्यक्रमकाबीच मनाइएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरको आयोजनामा सूर्यविनायक नगरपालिका कटुन्जे स्थित गणेशमान सिंह वाटिकामा कार्यक्रम आयोजना गरिएको थियो । लौह पुरुष गणेशमान सिंहको पूर्ण कदको सालिकमा जिल्ला सभापति एवं भक्तपुर क्षेत्र नं २ का सांसद दुर्लभ थापा लगायत उल्लेख संख्यामा उपस्थित कांग्रेसजनले माल्यार्पण गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दे सांसद थापाले जेनजि आन्दोलनको क्रममा आगजनि गर्ने,हिंसा गर्नेहरुमाथी कारवाही गर्न नेपाली कांग्रेस कटिवद्ध गरेको बताए । नेपाली कांग्रेसका बारेमा सामाजिक संजालमा कांग्रेस सकियो भन्ने जस्ता भ्रम फैलाइएको चर्चा गर्दे थापाले भने ‘कांग्रेस कहिल्यै पनि सकिदैन । कांग्रेस सच्चिदै सच्चिदै अगाडी आएको छ, सच्चिदै. अगाडी बढ्छ । यो कहिल्यै सकिदैन । अगाडी बढी रहन्छ ।’
आन्दोलनको नाममा छानिछानि राजनीतिक पार्टीका नेताहरुको घरहरु जलाएको चर्चा गर्दे थापाले भने ‘हाम्रा केन्द्रीय सभापति माथी आक्रमण भएको छ। त्यसको घोर भत्सना गर्दछ् ।’
थापाले नेपाली कांग्रेस भक्तपुरलाई एकतावद्ध गर्दे ७७ वटै जिल्लामा नमूनाको रुपमा प्रस्तुत गर्न चाहेको धारणा राखे ।
भक्तपुर काग्रेसले थिमि नगरसमितिको समन्यनमा संविधान दिवशको अवसरमा असोज ३ गते शंकधर चोक थिमिमा दिप प्रज्वलन कार्यक्रम राखेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *