अरब र बंङ्गाली जलवाष्पयुक्त हावाको प्रभाव छ, देशभर दिनभर बदली

मौसम विज्ञान विभागले सोमबार बिहान जारी गरेको मौसमी विवरण अनुसार मनसुनको साथसाथ अरब र बंङ्गालको खाडिबाट जलवाष्पयुक्त हावाको प्रभाव छ l
आज दिउँसो
देशभर साधारणतया बदली रहनेछ। बागमती प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू(भागका केही स्थानहरूमा तथा बाँकी भू(भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश,बागमती प्रदेश र कर्णाली प्रदेशका पहाडी भू(भाग र लुम्बिनी प्रदेशका तराइका भू(भागका एक(दुई स्थानम भारी वर्षाको सम्भावना रहेको छ।
आज राती
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भु(भागमा साधारणतया बदली रहि बाँकी भू(भागमा आँशीक बदली रहने छ। मधेश प्रदेश लगायत कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी केही स्थानहरुमा तथा बाँकी भू(भागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानम भारी वर्षाको सम्भावना रहेको छ।