शुशिलाको घोषणा :छ महिनामा दायित्व सुम्पने

काठमाडौं, ३० भदौं ।
प्रधानमन्त्री शुशिला कार्कीले छ महिना भित्रमा नयाँ आउने संसद, नयाँ आउने मन्त्रीहरुलाई जिम्मेवारी र दायित्व सुम्पने बताएकी छन् । सोमबार, पदभार ग्रहण गर्दे सम्बोधन गर्ने क्रममा शुशिलाले भनिन् ‘.६ महिनामात्र , त्योभन्दा बढी नबस्ने । कुनै हालतमा भए पनि पूरा हाम्रा कामकारबाही गरेर हामी मुक्त हुने र, नयाँ आउने संसद, नयाँ आउने मन्त्रीहरुलाई जिम्मेवारी र दायित्व सुम्पिने अठोट गरेका छौं ।’
योजना बनाएर नेपालमा आगजनी गरिएको शंका गर्दे शुशिलाले भनिन् ‘यो एउटा प्लान वेमा, षडयन्त्रै भएको हो कि भन्ने लाग्छ । यो अपराधिहरुले गरेको हामीमाथिको चुनौति हो । यो मुलुकको विरुद्ध गरेको चुनौति हो । त्यो चुनौतिलाई तपाईं–हामी सबैले मिलेर, जुटेर, एकताको भावना राखेर हामीले आफ्नोतर्फबाट, चाहे जनतालाई गुहारेर हुन्छ कि…।’
आफू नयाँ परिस्थितिमा प्रधानमन्त्रीको जिम्मेवारीमा आएको उल्लेख गर्दे कार्कीले भनिन् ‘२७ घण्टाको एउटा आन्दोलनबाट मुलुकमा जनधनको व्यापक क्षति हुन पुगेको छ । देशभरीमा ४० जना जति युवा युवतीहरुले मृत्युवरण गर्नुप¥यो । र, सुरक्षा निकायहरु, प्रहरीका बिटहरु, सर्वोच्च अदालत, तराईका जम्मै जिल्ला अदालतहरु, उच्च अदालतहरु लगायत सिंहदरबार समेत सम्पूर्ण आगोमा विभत्स तरिकाले जलेर गयो ।’
भौतिक क्षती भन्दा बढी रेकर्ड फाइलहरु नष्ट भएकोमा शुशिलाको चिन्ता थियो ।‘हाम्रा रेकर्डहरु, प्रमाणहरु, सर्वोच्च अदालतका फाइलहरु सबै नष्ट भएर हामीलाई अर्को एउटा समस्या, ठूलो समस्या । भौतिक क्षतिले केही हुँदो रहनेछ । त्यो त बनाउन पनि सकिन्छ’ शुशिलाले भनिन् ‘ती रेकर्डहरु, जमानाका फाइलहरु, विवरणहरु सम्पूर्ण नष्ट भएर हामी यतिखेर शून्यमा पुगेका छौं । हाम्रो अवस्था शून्यमा छ ।’
देशका अत्यन्त आवश्यक संस्थाहरु जसले यो देशको शासन चलाएको छ, ती भवनहरु, ती मिसिल, ती कागजहरु, नष्ट भएको चर्चा गर्दै शुशिलाले भनिन् ‘अलिकति मलाई त यो देखेर लाज पनि लागेको छ । नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने ?’
युवाका माग पूरा गर्ने अठोट व्यक्त गर्दे शुशिलाले भनिन् ‘आगामी दिनहरुमा जेनजी युवा पुस्ताको सोच बमोजिम काम गर्नुपर्ने भएको छ ।यो मुलुकमा जुन एउटा मुभमेन्ट आयो, वल्र्डमा कहीँ पनि भाछैन । २७ घण्टाको आन्दोलनमा कायापलट गरेको मलाई थाहा छैन ।’
युवा समुहका प्रमुख माग भ्रष्टाचारको अन्त्य, सुशासन र आर्थिक समानताको कुराहरुमा सरकार लागि पर्ने बताउँदै भनिन् ‘ … युवाहरुको माग गरेको हुनाले त्यो पूरा गर्नलाई तपाईं हामीहरुले अठोट गर्नुपर्ने अवस्था छ । क्षतिहरुको पनि मूल्यांकन गरेर आगामी कार्ययोजना बनाइइने छ ।’
तस्बिर रासस