अझ उन्नत लोकतन्त्रको अवसर:राष्ट्रपति

काठमार्डाैं, २८ भदौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ भन्ने भन्दै राजनीतिक दलहरुलाई चुनावमा होमिन अपिल गरेका छन् ।
शनिबार, राष्ट्रपति कार्यालयबाट जारी भएको अपिलमा भनिएको छ ‘ फागुन २१ गते हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न म सबै पक्षलाई हार्दिक अपिल गर्दछु् ।’
अपिलमा भनिएको छ ‘६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन् ।’
अपिलमा बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दे आफैमा सम्हालिन आग्रह गरिएको छ । ‘ देशको अत्यन्त असहज, विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्न पश्चात एउटा शान्तिपूर्ण निकास निस्किएको छ । संविधान बचेको छ, संसदीय प्रणाली बचेको छ । संविधान बचेको छ र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ ।’
नेपाली कांग्रेस, एमाले, माओवादी लगायतका संसदका दलहरुले प्रतिनिधिसभा विघटननको विषयलाई लिएर वक्तव्यबाजी गरिरहेको पृष्ठभूमिमा पौडेलले अपिल गरेका हुन् ।
तस्बिर:रासस