सङ्लोन्यूज
काठमाडौं,२७ भदौं ।
प्रधानन्यायाधीसबाट आठ वर्ष अघि अवकास लिएपछि मुलुकका भष्ट्राचारजन्य कुशासनका विरुद्धमा मुखरित भैरहकी शुशिला कार्कीले मुलुक संकटको भूमरिमा परेको कठिन परिस्थितिमा प्रमुख कार्यकारीको जिम्मेवारी प्राप्त गरेकी छन् ।
नवकिशोर (जेन जी)को भष्ट्राचार र सामाजिक संजाल सुचारुको आन्दोलनका क्रममा ५१ जना युवाहरुले सदगति पाइसकेको, मुलुकको प्रमुख कार्यकारी संस्था सिंहदरबार लगायतका संस्था जलेर नष्ट भएको विषम परिस्थितिमा शुशिलाको काँधमा सरकारको भार आएको छ ।
कानून व्यवसायीबाट न्यायीक क्षेत्रमा ५ दशक अघि प्रवेश गरेकी जुझारु वकिल शुशिला कार्की करिव एक दशक सर्वोच्चको न्यायाधीसको भूमिकामा रहेकी छन् । न्यायीक इतिहासमा निर्भिक, जुझारु र निष्कलंक छवि आर्जन गरेकी शुशिलालाई संघीय लोकतन्त्रको भविष्य माथी चौतर्फी प्रश्न उठिरहेको तरल राजनीतिक माहौलमा प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त भएको छ।
जेन जि आन्दोलनकाकारीहरुको समर्थन, प्रमुख राजनीतिक पार्टीहरु नेपाली कांग्रेस, एमाले, माओवादी लगायतको परिस्थितिजन्य  समर्थन गरेपछि राष्टपति रामचन्द्र पौडेलले संविधानको संरक्षक, पालनकर्ता अभिभावकको हैसियतमा शुशिलालाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।
संविधानको धारा ६१ को ४ अनुसार शुशिला प्रधानमन्त्री नियुक्त भएकी छन् । सो धारामा राष्ट्रपतिले संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुने उल्लेख छ ।
संविधानमा संसदको सदस्यलाई प्रतिनिधीसभालेमात्र नियुक्त गर्नसक्ने प्रावधान छ । तर, विषम राजनीतिक परिवेशमा संविधानमा व्यवस्थित राष्ट्रपतिको बृहद् अभिभावकीय जिम्मेवारीको आधार लिएर नियुक्त गरिएको हो ।
मुलुक अधीनायकवाद तर्फ उन्मुख हुने त होइन भन्ने संशयबीच शुशिलाको कार्यकारी प्रमुखकत्वको बृहद् जिम्मेवार आएको छ । श्ुशिलाको विगतको कार्यशैली, निष्कलंक निर्भिक छवि र मुलुकको राजनीतिमा देखिएको संकटको घडीमा रामचन्द्रको अभिभावकीय जिम्मेवारीकै कारण मुलकु त्यस्तो दूर्घटनाबाट जोगिएको राजनीतिक घटनाक्रमले औंल्याएका छन् ।
(तस्बीर सामाजिक संजाल)


Leave a Reply

Your email address will not be published. Required fields are marked *