कानूनी शासनको जगमा निकास:राष्ट्रिय मानव अधिकार आयोग

काठमाडौं, २७ भदौं ।
राष्ट्रिय मानव अधिकार आयोगले राष्ट्रपति रामचन्द्र पौडेलको सम्पर्कमा रहेको बताउँदै मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानूनी शासनको जगमा निकासा निकाल्न राष्ट्रपति रामचन्द्र पौडेल सफल हुने विश्वास व्यक्त गरेको छ।
आयोगले शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दे भनेको छ‘मुलुकमा विद्यमान सङ्कटपूर्ण परिस्थितिमा परिस्थितिमा राष्ट्रिय मानव अधिकार आयोग सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलसँग सम्पर्कमा रहेको छ।मानव अधिकार, लोकतान्त्रिक मूल्यमान्यता र कानूनी शासनको अवधारणाको जगमा निकास निकाल्न उचित हुने धारणा सम्माननीय राष्ट्रपतिसमक्ष आयोगले राखेको छ।’
आयोगले भनेको छ‘राष्ट्रपतिबाट मानव अधिकार,लोकतन्त्र,शान्ति स्थापना र कानूनी शासनको रक्षार्थ आवश्यक कार्य हुने आयोगको दृढ विश्वास रहेको छ।
आयोगका प्रवक्ता डा.टिकाराम पोखरेले जारी गरेको वक्तव्यमा वर्तमान परिस्थितिका विषयमा अन्य सरोकारवाला पक्षहरुसँग समेत आयोग निरन्तर सम्पर्कमा रहेको उल्लेख छ ।