पितृ पक्ष प्रारम्भ : पितृहरुको आराधना गर्ने विशेष पक्ष

काठमाडौं २३ भदौं ।
पितृहरुको आराधना गर्ने पक्ष २३ भदौ देखी प्रारम्भ हुँदैछ । पंचाङ्ग अनुसार२०८२ भदौं २३ देखी अशोज ५ सम्मका १५ दिन पितृ पक्ष हो । यी १५ दिनलाई पितृहरुलाई तर्पण दिने श्राद्ध गर्ने, आराधना गर्ने विशेष पक्ष मानिन्छ । २३ भदौं आश्विन कृष्ण प्रतिपदा देखी अशोज ५ आश्विन कृष्ण औंसीसम्मको अवधीलाई पितृ पक्ष भनिन्छ । पितृ पक्ष पछि देवी पक्ष अर्थात दशैं सुुरु हुन्छ ।
पितृ पक्षलाई स्रोह श्राद्ध वा महालय श्राद्ध भन्ने चलन छ । पितृ पक्षमा आआफ्ना पितृहरुलाई तर्पण, पिण्ड दिएर आराधना गरिन्छ । आफ्ना पिता जुन तिथिमा दिवंगत भएका हुन सोही तिथिमा श्राद्ध गर्नुपर्ने शास्त्रीय मान्यता छ । तिथि पत्ता नलागेको अवस्थामा औंसी तिथिमा श्राद्ध गर्नुपर्ने विधान बताउँछन् पण्डितहरु ।
पितृ पक्षमा बाबु र आमा दुबै तर्फका दिवंगतहरुलाई पिण्ड दिने परम्परा छ । कतिपयले दिवंगत सबै आफन्तहरुलाई तर्पण दिने तर पिण्ड भने बाबु तर्फका तीन पुस्ता र आमा तर्फका तीन पुस्तालाई दिने गर्दछन् । कतिपयले भने जसजसलाई तर्पण दिइएको छ, ति सबै पितृलाई पिण्ड दान गर्ने गर्दछन् ।
पितृ पक्षमा गरेको तर्पण, पिण्ड, फूलप्रसाद दान आफ्ना पितृहरुले जुन अवस्थामा, जुन रुपमा छन् उनीहरुले भगवान विष्णु मार्फत प्राप्त गर्ने शास्त्रीय मान्यता छ । पण्डित नेत्र नेपाल भन्छन् ‘हाम्रा पितृहरु जुन अवस्थामा छन्, जहाँ छन् उनीहरुले भगवान विष्णु मार्फत हामीले अर्पण गरेका सामाग्री पाप्त गर्दछन् । हामीहरुको एक वर्ष पितृहरुको एक दिन मानिन्छ ।’ नेपालका अनुसार पितृ पक्षमा पितृहरु घरतीमा आउँने र आफन्तले अर्पण गरेका पिण्ड प्रसादी ग्रहण गर्ने भन्ने कुरा सामाजिक मान्यता र विश्वास भएपनि शास्त्रीय मान्यता भने होइन । ‘हामीले भगवानलाई अर्पण गर्ने हो’ नेपाल भन्छन् ‘भगवानले हाम्रा पितृ जहाँ छन्, जुन अवस्थामा छन्, त्यहाँ पु¥याइदिने हो ।’
घर आगनको दक्षिण कुनामा घडा राखेर जल, फूल, तुलसी पितृ पक्ष भरी चढाउँदा पितृहरु खुसी हुने सुझाव छ नेपालको ।
आज : तिथिमिति, ग्रहगोचर, मौसम
२०८२ साल भदौं २३ गते सोमबाबार । आश्विन कृष्ण, पितृपक्ष प्रतिपदा तिथि । न २०२५ सेप्टेम्बर ८ ।नेपाल संवत ११४५ । कृष्ण पक्ष । दक्षिणायन ।
सूर्य उदय ५ः४६सूर्य अस्त १८ः१५
चन्द्र उदय ६ः३७
चन्द्र राशी : पूर्वभाद्रपद
तिथि : प्रतिपदा
नक्षत्रः पूर्वभाद्रपाद २१ः५४ सम्म त्यसपछि पूर्वभाद्रपाद
योग : धृती ६ः४५ सम्म त्यसपछि सुल
करण :बालव १०ः४२सम्म त्यसपछि कौलव
ग्रह गोचर
सूर्य : सिंह राशी पूर्वफाल्गुनी नक्षत्र
चन्द्र :कुम्भ राशी पूर्वभाद्रपाद नक्षत्र
मंगल :कन्या राशी चित्रा नक्षत्र
बुध :सिंह राशी पूर्वफाग्गुनी नक्षत्र
बृहस्पती : मिथुन राशी पुर्नवसु नक्षत्र
शुक्रः कर्क राशी अश्लेषा नक्षत्र
शनि :मीन राशी उत्तरभाद्रपाद नक्षत्र
राहु :कुम्भ राशी पूर्वभाद्रपाद नक्षत्र
केतु : सिंह राशी पुर्वफाग्नुनी नक्षत्र
ब्रह्म मुहुर्त :४ः१४ देखी ०५सम्म
अभिजित मुहुर्त ११ः३६ देखी १२ः२६ सम्म
राहुकाल : ७ः२० देखी ८ः५३ सम्म
आजको मौसम
जल तथा मौसम विज्ञान विभागका अनुसार साधारणया बदली रहने छ । विभागले २३ गते बिहान जारी गरेको विवरण अनुसार देशको पहाडी भू(भागमा साधारणतया बदली र बाँकी भू(भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू(भागका केही स्थानहरूमा र तराई भू(भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू(भागका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।आज राती
कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको पहाडी भू(भागमा साधारणतया बदली र बाँकी भू(भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशको पहाडी भू(भागका केही स्थानहरूमा र बाँकी पहाड र तराई भू(भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी र तराइ भू(भागका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ।