पूर्वीभागमा मध्यम र केही स्थानमा भारी वर्षाको संभावना

जलवायू तथा मौसम विभागको आइतबार बिहानको मौसमी विवरण अनुसार नेपालको पूर्वीभागमा मध्यम र केही स्थानमा भारी वर्षाको संभावना छ।
देशको पहाडी भू(भागमा साधारणतया बदली र बाँकी भू(भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू(भागका केही स्थानहरूमा र बाँकी भू(भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भू(भागमा साधारणतया बदली र बाँकी भू(भागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गणडकी प्रदेशको पहाडी भू(भागका केही स्थानहरूमा र बाँकी पहाड र तराई भू(भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराइका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थान र पश्चिममा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ। सिकिम आसपाको निम्नचापीय क्षेत्रको प्रभाब नेपालको पु्र्वी भु(भागमा पर्ने देखिन्छ।