देशको विकास,अर्थतन्त्रको वर्र्तमान अवस्था र भविष्यबारे व्याख्या विश्लेषण गर्दा धेरै विषय नियाल्न जरुरी देखिन्छ । मुख्यतः आजको विश्वव्यापीकरणको युगमा हामीले आन्तरिक अवस्थाको मूल्याङ्कन गरेर मात्र हुँदैन, बाह्य परिवेशलाई पनि हेर्न सक्नुपर्छ । नेपाल आफँैमा प्राकृतिक पर्यावरण, संस्कृति पर्यटन, जलविद्युत् र कृषिमा धेरै कुरामा सवल देश हो । हाम्रो जनसङ्ख्या र भूगोलको संयोजन मिलेको छ । हामीसँग नभएको भनेको आत्मविश्वास र जाँगर हो ।
हामीले कुनै नवीनतम् उद्यम थाल्ने हो, कृषि गरिरहेका छौँ भने त्यसलाई अझ विस्तारित र व्यावसायिक बनाउन लागि पर्ने हो, आन्तरिक बजारले आफ्ना उत्पादन खपत गरेनन् भने बाह्य बजारको लागि पहल गर्ने हो भने धेरै गर्न सकिन्छ ।आजको सूचना, सडक सञ्जाल, हवाई सञ्जालको भूमण्डलीकरणको दुनियाँमा हामीलाई पनि विश्वव्यापी अवसर छ । तर त्यो अवसर चिन्नु प¥यो । आजको चीनमा उत्पादित मालवस्तुले विश्व बजारको करिब १० प्रतिशत हिस्सा ओगटेको छ । नेपालले चीनले जस्तै आफ्ना अर्गानिक उत्पादनलाई विश्वमाझ पु¥याउन किन सक्दैन ? अवश्य सक्छ ।
१६औँ योजनासँग आशा
राष्ट्रिय योजना आयोगले पाँच वर्षका लागि ल्याएको १६औँ पञ्चवर्षीय योजना (आव२०८१÷८२ देखि २०८५÷८६) कार्यान्वयनको चरणमा छ । सुशासन, सामाजिक न्याय र सम्बृद्धि कायम गर्न महत्वकांक्षी लक्ष्यसहित आएको १६औँ योजनाले नेपाली अर्थतन्त्रको सुदूर भविष्य राम्रै रहने सङ्केत गरेको छ । पाँच वर्षभित्रै नेपालले रोजगारी र उत्पादन क्षेत्रको वृद्धिमार्फत ५४ खर्बको जिडिपीलाई विस्तार गरेर एक सय तीन खर्बको बनाउने लक्ष्य लिएको छ ।त्यसैगरी आर्थिक वृद्धिदर सात प्रतिशतमाथि उकाल्ने लक्ष्य लिएको छ ।
यस योजनाले प्रतिव्यक्ति आय एक हजार चार सय ५६ डलरबाट २३ सय ५१ डलरमा पु¥याउने, साक्षरता दर ८५ प्रतिशत पु¥याउने, बेरोजगारी दर ५ प्रतिशतमा झार्ने, जलविद्युत् क्षमता हालको २८ सय मेगावाटबाट ११ हजार सात सय मेगावाटमा पु¥याउने जस्ता महत्वकांक्षी लक्ष्य लिएको छ ।योजनाले लिएका यी लक्ष्य महत्वकांक्षी भए पनि राज्यको सबै तप्का, निजी क्षेत्र र आम जनतासमेत इच्छाशक्ति देखाएरै लाग्ने हो भने पूरा गर्न सकिन्छ ।
नेपालमा बाटो, घाटो, बिजुली, इन्टरनेट, शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा विगतमा प्राथमिकताका साथ लगानी भएका हुन् । आधारभूत पूर्वाधारको क्षेत्रमा देशले एक खालको फड्को मारिसकेको अवस्था छ। अबको खाँचो भनेको उद्यमशीलता वृद्धि,उत्पादन वृद्धि र रोजगारी सिर्जनामार्फत अर्थतन्त्र उकास्नु हो। त्यसका लागि राष्ट्रिय योजना आयोगले लिएको लक्ष्य र योजनालाई तादाम्यता मिलाउँदै तीनै तहका बजेट बन्नुपर्छ । केन्द्रीय योजना र सोही अनुरुपको बजेटमार्फत मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन सकिन्छ ।
सन्तुलित जनसङ्ख्या
विसं २०७८ को जनगणनाअनुसार नेपालमा अहिले दुई करोड ९१ लाख ६४ हजार जनसङ्ख्या रहेको छ । २०६८ को तुलनामा पहिलो पटक नेपालको जनसङ्ख्या वृद्धिदर १ प्रतिशतबाट घटेर ०.९२ प्रतिशत भएको छ । विश्वव्यापी रुपमै पछिल्ला वर्षमा जनसङ्ख्या वृद्धिदर खुम्चिएको छ । बजार माग सिर्जना र आर्थिक गतिविधिको विस्तारको दृष्टिले जनसङ्ख्या वृद्धिदर खुम्चनुलाई एलन मक्सजस्ता विश्वकै धनीहरूले चिन्ताको विषय मानिरहेका छन् ।लगानी र वित्तीय सेवा प्रदायकको रूपमा विश्व प्रसिद्ध अमेरिकी संस्था गोल्डम्यान सर्चले गरेको भविष्यवाणी अनुसार सन् २०७५ मा पुग्दा अहिले बढी जनसङ्ख्या भएका देशहरू नै क्रमशः धनी हुने सूचीमा छन् । गोल्डम्यान सचका अनुसार सन् २०७५ मा चीनको अर्थतन्त्र ५७ ट्रिलियन डलर, भारतको ५२.५ ट्रिलियन डलर, अमेरिकाको ५१.५ ट्रिलियन डलर, युरो एरियाको ३०.३ ट्रिलियन डलर र जापानको अर्थतन्त्र ७.५ ट्रिलियन डलरको हुनेछ । जनसङ्ख्यामा धनी देशहरू नै अबको विश्वमा आर्थिक रुपले सुपरपावर बन्दैछन् भनेर गोल्डम्यान सच जस्तो संसारभर आर्थिक अवसर खोज्ने, लगानी गर्ने कम्पनीको दाबी छ । त्यस हिसाबले हेर्दा नेपालको जनसङ्ख्या वृद्धिदर घट्दै जानु चिन्ताकै विषय होला ।विसं २०७८ को जनसङ्ख्याको संरचना हेर्दा नेपाल अहिले जनसाङ्ख्यिक लाभको अवस्थामा छ । अबको ३५ वर्ष नेपालको जानसाङ्ख्यिक अवस्थाबाट देशले अत्यन्तै लाभ लिन सकिने हिसाबको वयस्कहरूको वर्चश्वको अवस्था छ । छिमेकीमूलुक बङ्गलादेशको भू–भाग एक लाख ४७ हजार पाँच सय ७० वर्गकिमि रहेको छ । बङ्गलादेशको जनसङ्ख्या भने १७ करोड नाघिसकेको अवस्था छ । तर लगभग त्यति नै भू–भाग (एक लाख ४७ हजार एक सय ८१ वर्ग किमि क्षेत्रफल) रहेको नेपालको जनसङ्ख्या तीन करोडभन्दा तलै हुनु उति नराम्रो त होइन तर समृृद्धिको हिसाबले पनि जनसङ्ख्यालाई केही बढाउँदै लैजानुपर्ने आवश्यकता छ ।

बजार माग सिर्जना र आर्थिक गतिविधिको विस्तारको दृष्टिले जनसङ्ख्या वृद्धिदर खुम्चनुलाई एलन मक्सजस्ता विश्वकै धनीहरूले चिन्ताको विषय मानिरहेका छन् ।बढी जनसङ्ख्या भएका देशहरू नै क्रमशः धनी हुने सूचीमा छन् ।

जलविद्युत्मा उज्यालो दृश्य
जलविद्युत् नेपालको समृृद्धिको लागि सबैभन्दा ठूलो आधारशीला हो । खासगरी पछिल्ला दशकमा जलविद्युत् उत्पादनमा नै नेपालले भगिरथ प्रयत्नहरू गरिरहेको छ । बंैक तथा वित्तीय संस्थाको पनि जलविद्युत् कम्पनीहरूमा ठूलो लगानी गरिरहेका छन् । धेरैजसो वैदेशिक लगानी जलविद्युत् क्षेत्रमा नै केन्द्रित रहेको छ । अबको १२ वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादन हुने आधार तयार भएको ऊर्जा मन्त्रालयको भनाइ छ । १६ औँ योजनाले अबको पाँच वर्षमा ११ हजार सात सय मेगावाट बिजुली उत्पादनको लक्ष्य लिइसकेको छ ।
आर्थिक सर्वेक्षण २०८१,८२ अनुसार ३६ सय मेगावाट बिजुली उत्पादन भइरहेको छ । देशले वार्षिक रु १६–१७ अर्बभन्दा बढी मूल्यको बिजुली निर्यात गर्न थालिसकेको छ । करिब ८३ हजार मेगावाट विद्युत् उत्पादन क्षमता रहेको नेपालका नदीनालाबाट अब एक दशकभित्र कम्तीमा १२–१५ हजार मेगावाट बिजुली उत्पादन गर्न अवस्य सकिन्छ । निर्माणाधीन केही आयोजना सम्पन्न हुने क्रममा छन् भने सयौंँ आयोजना निर्माणको क्रममा छन् ।
कम्तीमा एक दशकबीच १५ हजार मेगावाट बिजुली मात्रै उत्पादन हुँदा पनि नेपालको अहिलेको ४०–४२ अर्ब डलरको जिडिपीलाई ऊर्जा उत्पादनकै माध्यमबाट पनि ठ्याक्कै डबल अर्थात ८०–८५ अर्ब डलरको बनाउन सकिनेछ । आवधिक योजनाको लक्ष्यले गति लिए रोजगारी र उत्पादन क्षेत्रको वृद्धिमार्फत अर्थतन्त्रलाई थप गतिशील बनाउन सकिन्छ । फलस्वरुप हाल रु ६१ खर्बको कूल गाहर््स्थ उत्पादनको आकारलाई वार्षिक औसत रु चारदेखि पाँच खर्बले बढ्दै आएको दरलाई बढाउन सकिन्छ ।
खासगरी ऊर्जा र पर्यटन क्षेत्रमा हुने बढ्दो आम्दानीमार्फत अबको चार वर्षमा रु २० खर्बले अर्थतन्त्रलाई विस्तार गरेर रु ८० खर्बको जिडिपी बनाउन सकिन्छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको भारत भ्रमणका क्रममा आगामी १० वर्षमा दश हजार मेगावाट बिजुली लैजाने गरी दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो । भारतले हालसम्म ठूला र साना आयोजना गरी ५२ हजार मेगावाट बिजुली उत्पादन गरिसकेको र उसको जलविद्युत् उत्पादनको अरु विकल्प नगन्य रहेको बताइन्छ ।
चीनले पनि नेपालसँग विद्युत् खरिद गर्ने सङ्केत दिइसकेको छ । बङ्गलादेशसँग सन् २०४० सम्ममा १० हजार मेगावाट बिजुली खरिद गर्ने गरी कुरा अघि बढिसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चीनसँगको ब्यापारलाई सहजीकरण गर्ने गरी आफ्ना कार्यकालहरूमा दुई देशीय सम्झौता गर्नुभएको छ । नेपालको निर्यात व्यापारको अबको बलियो खम्बा भनेको बिजुलीको व्यापार नै हो ।
राष्ट्रिय गौरवका आयोजना
नेपालमा हाल २४ वटा राष्ट्रियस्तरमा सघन महत्व राख्ने गौरवका आयोजना छन् । ती आयोजनामा वित्तीय स्रोत विनियोजनमा सरकारले प्राथमिकता दिएर कार्यान्वयनमा अनुगमन गर्दै आएको छ । समृद्धिमा ठूलो सरोकार राख्ने राष्ट्रिय गौरवका आयोजनाको निर्माणाधीनको अवस्थाले देशको सुदूर भविष्य उज्वल देखिन्छ । निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको लागत रु १८ खर्ब ९५ अर्ब पुगेको छ ।
मुलुकको आर्थिक सामाजिक रुपान्तरण, पुँजी निर्माण, रोजगारी सिर्जना र प्रादेशिक सन्तुलनमा ती आयोजना बहुआयामिक हिसाबले महत्व राख्छन् । पश्चिम सेती जलविद्युत् आयोजना, बूढीगण्डकी आयोजना, माथिल्लो तामाकोशी जलविद्युत्, मेलम्ची आयोजना, काठमाडौँ निजगढ फाष्ट–ट्याक, निजगढ अन्तरराष्ट्रिय विमानस्थल, सिक्टा र बबई सिँचाइजस्ता गौरवका आयोजनाले पनि नेपालको समृद्धिमा गतिलै प्रभाव पार्न सक्छन् ।

बजारको दृष्टिकोणले पनि नेपाल समृद्धिकै छेउछाउ छ । समग्रमा नेपाली अर्थतन्त्रको उविष्य उज्वल छ । आफना सबलता र सम्भावनाहरू आफैँले केलाएर अघि बढ्न जरुरी छ । विकास र समृद्धि, अवसर र खुसी विदेशमा मात्रै छैन, नेपालमा झन् बढी छ ।

पर्यटनमा सम्भावना
नेपाल पर्यटकीय हिसाबले १० नम्बर भित्रैपर्ने गन्तव्यको रूपमा लिने गरिन्छ । तर पनि हामीले ठूलो सङ्ख्यामा पर्यटकलाई बोलाउन, आतिथ्यता गराउन सकेका छैनौँ । संसारका २८ अग्ला हिमालमध्ये सर्वोच्च शिखर सगरमाथासहित १४ ठूला हिमशृङ्खला नेपालमै छन् । विश्वमै दुर्लभ मानिने सात सय ५० भन्दा बढी प्रजातिका पक्षी नेपालमै पाइन्छ । दुर्लभ बाघ, भालु, चितुवा, हरिण, मृग, गैँडा हेर्न नेपालमै आउनुपर्छ । सयौँ भाषा,वेष र संस्कृति यहीँ छन् । फरक–फरक जलवायु यहीँ छ ।

विश्वमा हाल पर्यटन क्षेत्रको अकार वल्र्ड ट्राभल्स एण्ड टुरिज्जम काउन्सिलको सन् २०२४ को तथ्याङ्कअनुसार १०.९ ट्रिलियनको डलर पुगिसकेको छ । खासगरी चीन र अमेरिकाले नै पर्यटन क्षेत्रमा करिब आधा लगानी गरेका बताइन्छन् ।लगानी उच्च भएकै कारण चीनमा बर्सेनि १० करोड बढी मानिसले पर्यटक भएर भ्रमण गर्न थालिसकेका छन् । त्यस्तै भारतमा सन २०२४ मा ९९ लाखभन्दा बढी मानिसले पर्यटन भित्रिएका थिए भने एक करोड हाराहारीलाई भारतमा यस क्षेत्रले रोजगारी दिइरहेको अवस्था छ ।
राजनीतिक स्थायित्वकै कारण भारतमा पर्यटक आगमन बढेको बताइन्छ । त्यस्तै फ्रान्स पर्यटकीय दृष्टिले पहिलो गन्तव्यस्थल नभए पनि सबैभन्दा बढी पर्यटक भित्र्याउने राष्ट्रमा पर्ने गर्छ । पर्यटनमैत्री वातावरण उसको प्राथमिकतामा पर्ने गर्छ । अमेरिका, इटाली, बेलायत पर्यटक आगमनमा दोस्रो, तेस्रो र चौथो मुलुकमा पर्दै आएका छन् ।नेपालमा पनि पछिल्ला दशक पर्यटनमा सम्भावना देखेर होटल क्षेत्रमा ठूलो लगानी भइरहेको छ । होटल तथा पर्यटन पूर्वाधारमा भइरहेको लगानी विस्तारले नेपालमा पर्यटन क्षेत्रबाट समुद्धिको उज्यालो देखिएको छ ।
कृषिमा फड्को
नेपालको कुल गाहर््स्थ उत्पादनमा (आर्थिक वर्ष २०८१÷८२) कृषिले २५.१६ प्रतिशत योगदान राखेको राष्ट्रिय तथ्याङ्क कार्यालयको अभिलेख छ । अन्य क्षेत्रको तुलनामा यस क्षेत्रले रेमिट्यान्सपछि सबैभन्दा बढी योगदान राख्दै आएको छ । कृषिमा आश्रित जनसङ्ख्या घटेर ५१ प्रतिशतमा आइपुग्दा कुनैबेला कुल गाहर््स्थ उत्पादनमा ५० प्रतिशतसम्म योगदान राख्ने कृषि क्षेत्रको योगदान अहिले खुम्चिएको हो ।
हिजोआजका वर्षमा नेपाल कृषिमा परनिर्भर भइरहँदा वार्षिक करिब रु चार खर्बको कृषिजन्य वस्तुको आयात गर्न थालेको छ । तर आधाभन्दा बढी कृषियोग्य जमिन बाँझो रहेको अवस्था पनि छ । सरकारले कृषिमा लगानी बढाएर सबै कृषियोग्य जमिनमा कृषि गर्ने वातावरण बनाउने हो भने कृषिमा देश आत्मनिर्भर हुनसक्छ । यसबाट विदेश गइरहेको पैसा रोकिनेछ र त्यसले पनि देशको आर्थिक समृद्धिमै टेवा दिनेछ ।
ठूला बजारको छिमेकी
नेपालको औद्योगिक उत्पादन, पानी, औषधि, जडीबुटी तथा बहुमूल्य हिमाली वस्तुको विशाल विदेशी बजार भारत तथा चीन नै हुन् । हामी उनीहरूकै विशाल आँगन नजिक भएका हिसाबले हाम्रा अर्गानिक उत्पादनहरूले बजार नपाउलान् भन्ने छैन । तर नेपालमा कृषि, जल तथा जडीबुटीमा आधारित उद्यमी स्थापना गर्न जरुरी छ । त्यसमा लगानी बढाउन जरुरी छ । बजारको दृष्टिकोणले पनि नेपाल समृद्धिकै छेउछाउ छ । समग्रमा नेपाली अर्थतन्त्रको उविष्य उज्वल छ । आफना सबलता र सम्भावनाहरू आफैँले केलाएर अघि बढ्न जरुरी छ । विकास र समृद्धि, अवसर र खुसी विदेशमा मात्रै छैन, नेपालमा झन् बढी छ ।
(लेख राससबाट लिइएको हो)


Leave a Reply

Your email address will not be published. Required fields are marked *