सिडेनको अध्यक्षमा झा निर्वाचित

काठमाडौँ,भदौ।
नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)को केन्द्रीय अध्यक्षमा इन्जिनियर रविभूष
ण झा निर्वाचित भएका छ ।सिडेनको आठौँ केन्द्रीय कार्यकारिणी समितिको शनिबार सम्पन्न मतदानका को गणना पछि अध्यक्षका उम्मेदवार झाले दुई हजार २५१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी इन्जिनियर धनेन्द्र केसीले एक हजार ५९७ मत प्राप्त गरे ।

उपाध्यक्षमा मदन पुरी,महासचिवमा सुदर्शन शर्मा,उपमहासचिवमा खगेन्द्र अवस्थी र कोषाध्यक्षमा सुजित कोइराला निर्वाचित भएको निर्वाचन समितिका संयोजक डा कृष्णराज पाठकले जानकारी दिए ।
यसैगरी सदस्यमा नानुमाया काफ्ले, महेश घिमिरे,आयुष्मान अधिकारी,ज्ञानेन्द्रकुमार त्रिपाठी,दीपा पौडेल,अङ्कित शर्मा, सोना सुकुभटु,लक्ष्मी पाण्डे, प्रेरणा ओली,मानस वस्ती,समीप केसी,इन्द्रजितकुमार शाह र सचिन न्यौपाने निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
सिडेनको आठौँ कार्यकारिणी समितिको निर्वाचनमा देशभरबाट तीन हजार ८८४ मतदाताले आफ्नो मताधिकारको प्रयोग गरेका थिए ।