मौसम विज्ञान विभागले बिहिबार बिहान जारी गरेको मौसमी विवरण अनुसार कमजोर मनसुनको प्रभावसँगै स्थानीय वायुको प्रभाव छ । कोशी र बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्मावना रहेको विभागले जनाएको छ ।
आज दिउँसो
देशको पहाडी भू(भागमा साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू(भागका केही, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा तथा बाँकी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

आज राती
देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू(भागको एक(दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *