देशभर साधारणतया बदली

मौसम विज्ञान विभागले बुधबार बिहान जारी गरेको मौसमी विवरण अनुसार आज देशभर साधारणतया बदली रहने छ ।
आज दिउँसो
देशभर साधारणतया बदली रहने छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू(भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू(भागका एक(दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागको एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राती
देशको पहाडी भू(भागमा साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका पहाडी भू(भागका थोरै तथा बाँकी तराई भू(भागका एक(दुई स्थानमा स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।