नवरात्रको तेश्रो दिन चन्द्रघण्टा

आज नवरात्रको तेश्रो दिन दुर्गादेवीको चन्द्रघण्टना स्वरुपको पुजा आराधना गरिन्छ ।शिरमा अर्धचन्द्र धारणा गर्ने र शिरको स्वरुप घण्टाजस्तो भएकोले चन्द्रघण्टा भनिएको हो । सुनको जस्तो पहेलो देदीप्यमान शरिर भएकी, दशवटा भुजा भएकी सिंहमा सवार हुने चन्द्रघण्टा युद्ध मुन्द्रामा हुन्छिन् ।देवीको यो स्वरुपले दानवमा भएको अत्याचारी, दानवी र राक्षसी प्रवृतीलाई विनास गर्ने गर्छिन।
सधै युद्धाभिलासी देखिए पनि देवीलाई साधकहरुले करुणामयी मातृरुपाको रुपमा पाउँछन् । सङ्गित क्षेत्रका साधकहरुका लागि अलौकिक स्वर, ज्ञान र सफलता प्राप्त गर्न देवीको चन्द्रघण्टा स्वरुप लाभकारी मानिन्छ ।
चन्द्रघण्टा देवीको ध्यान मन्त्र
पिण्डजप्रवरारुढा चण्डकोपास्त्रकैयुता ।
प्रसादं तनुते मह्यं चन्द्रघण्टेति विश्रुता ।।
तस्बिर : साभार साधना डट एप
आजको पंचाङ्ग, ग्रहगोचर
२०८२ साल असोज ८ गते मंगलबार । आश्विन शुक्लपक्ष, दुर्गा पक्ष, तृतिया तिथि, देविको चन्द्रघण्टा स्वरुप । २०२५ सेप्टेम्बर २४ । नेपाल संवत ११४५ । शुक्ल पक्ष । दक्षिणायन ।
सूर्य उदय ५ः५३सूर्य अस्त १७ः५६
चन्द्र राशी ःतुला
तिथिः तृतिया
नक्षत्रः चित्रा १५ः२९ सम्म त्यसपछि स्वाती
योग : ०९ः१८ त्यसपछि वैधृती
करणः तैतिल ६ः११ सम्म त्यसपछि गराज
ग्रह गोचर
सूर्यः कन्या राशी उत्तरफाल्गुनी नक्षत्र
चन्द्रः कन्या राशी चित्रा नक्षत्र
मंगलः तुला राशी चित्रा नक्षत्र
बुधः कन्या राशी हस्ता नक्षत्र
बृहस्पतीः मिथुन राशी पुर्नवसु नक्षत्र
शुक्रः सिह राशी मघा नक्षत्र
शनिःमीन राशी उत्तरभाद्रपाद नक्षत्र
राहु :कुम्भ राशी पूर्वभाद्रपाद नक्षत्र
केतुः सिंह राशी पुर्वफाग्नुनी नक्षत्र
ब्रह्म मुहुर्त :४ः१८देखी ०५ः५ सम्म
अभिजित मुहुर्त
राहुकाल ११ः५५ देखी १ः२६ सम्म