कोशी र बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्मावना

मौसम विज्ञान विभागले मंगलबार बिहान जारी गरेको मौसमी विवरण अनुसार कमजोर मनसुनको प्रभावसँगै स्थानीय वायुको प्रभाव छ । कोशी र बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्मावना रहेको विभागले जनाएको छ ।
हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानिय वायुको आँशिक प्रभाव रहेको छ।
कोशी प्रदेश लगायत देशको पहाडी भू(भागमा साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश, मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भू(भागका तथा तराई भू(भागका एक(दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू(भागको एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
आज राती
देशको पहाडी भू(भागमा साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू(भागका थोरै स्थानहरूमा तथा तराई भू(भागका एक(दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
हाल मनसुनी वायूको प्रभाव केही कमजोर रहेको छ तथा स्थानीय वायूको आँशिक प्रभाव रहेको छ।