आज नवरात्रको दोश्रो दिन दुर्गादेवीको ब्रह्मचारिणी स्वरुपको पुजा आराधना गरिन्छ । ब्रह्मचारिणी देवीले सेतो वस्त्र धारणा गरेकी छन् । उनले दाहिने हातमा जपमाला लिएकी छन् भने बायाँ हातमा कमण्डलु धारणा गरेकी छन् । आश्विन शुक्ल द्धितियाका दिन ब्रह्मचारिणी देवीको दिव्य स्वरुपको ध्यान गर्ने गरिन्छ ।
ब्रह्मचारिणी देवीको ध्यान मन्त्र
दधाना करपद्माध्यामक्षमालाकमण्डलु ।
देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तमा ।।
सतीदेवीका देहत्याग पछि उनले हिमालयकी छोरी भएर जन्म लिन्छिन । उनको नाउ पार्वती राखिन्छ । उनै पार्वतीले शिवजी पति प्राप्त गर्न कठोर तपस्या गर्छिन । कठोर तपस्या गर्ने भएकोले उनको नाम ब्रह्मचारिणी हो ।
ब्रह्मचारिणीको ध्यान पुजा गर्नाले सदाचार, तप, त्याग वैराग्य, संयम र ऐश्वर्य प्राप्त हुन्छ । सर्घषमण जीवनमा ब्रह्मचारिणी देवीको उपासना श्रेयस्कर मानिन्छ ।

तस्बिर : न्यूज९ लाइभ.कटकमबाट
आजको पंचाङ्ग, ग्रहगोचर
२०८२ साल असोज ७ गते मंगलबार । आश्विन शुक्लपक्ष, दुर्गा पक्ष, द्धितिया तिथि। २०२५ सेप्टेम्बर २३ । नेपाल संवत ११४५ । शुक्ल पक्ष । दक्षिणायन ।
सूर्य उदय ५ः५३सूर्य अस्त १७ः५७
चन्द्र राशी ःकन्या
तिथिः द्धितिया ५ः०५ पछि तृतियन
नक्षत्रः हस्ता १३ः१७ सम्म त्यसपछि चित्रा
योग : इन्द्र
करणः तैतिल ६ः०५ सम्म त्यसपछि गर
ग्रह गोचर
सूर्यः कन्या राशी उत्तरफाल्गुनी नक्षत्र
चन्द्रः कन्या राशी चित्रा नक्षत्र
मंगलः तुला राशी चित्रा नक्षत्र
बुधः कन्या राशी हस्ता नक्षत्र
बृहस्पतीः मिथुन राशी पुर्नवसु नक्षत्र
शुक्रः सिह राशी मघा नक्षत्र
शनिःमीन राशी उत्तरभाद्रपाद नक्षत्र
राहु :कुम्भ राशी पूर्वभाद्रपाद नक्षत्र
केतुः सिंह राशी पुर्वफाल्गुनी नक्षत्र
ब्रह्म मुहुर्त :४ः१८देखी ०५ः५ सम्म
अभिजित मुहुर्त ११ः३२देखी १२ः२० सम्म
राहुकाल २ः५९ देखी ४ः३० सम्म


Leave a Reply

Your email address will not be published. Required fields are marked *