मौसम विज्ञान विभागले सोमबार बिहान जारी गरेको मौसमी विवरण अनुसार कमजोर मनसुनको प्रभावसँगै स्थानीय वायुको प्रभाव छ । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ भने स्थानिय वायुको आँशिक प्रभाव रहेको छ।
कोशी प्रदेश लगायत बाँकी पहाडी भू(भागमा साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने छ। कोशी प्रदेशका केही स्थानहरूमा, बाँकी पहाडी भू(भागको थोरै स्थानहरूमा तथा बाँकी तराई भू(भागका एक(दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राती
कोशी प्रदेश लगायत बाँकी पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मुख्यतया सफा देखि आंशिक बदली रहने छ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू(भागको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडका एक(दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू(भागको एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

 

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *