दशैं प्रारम्भ, आज शैलपुत्री

आज घटस्थापना, दशै.प्रारभ्म । नेपालीहरुको प्रमुख चाड दशैलाई शक्तिरुपा दुर्गा देवीको पुजा आराधना गर्ने विशेष पक्ष हो— आश्विन शुल्क पक्ष । यो वर्षको अशोज ६ गते प्रतिपदा देखी २२ गतेसम्मलाई पंचाङ्गहरुमा दुर्गा पक्ष भनिएको छ ।शारदीय नवरात्रमा हर्षोल्लासपूर्ण दुर्गा माताको पुजा, आराधना गरिन्छ ।नवरात्रमा दुर्गाका नवरुपहरुको विशेष पुजा आराधना हुन्छ ।
धार्मिक हिसावले शारदीय नवरात्रको ठूलो महत्व छ । यता सामाजिक, सास्कृतिक फाँटमा पनि नवरात्र दशंैको नामले प्रचलित छ ।राम्रो लाउने,मिठो खाने, आफन्तहरुबीच भेटघाट गर्ने, आफ्ना अग्रजहरुबाट टिका जमरा थाप्दै आशिर्वाद लिने चलन व्यापक छ ।
नवरात्रको पहिलो दिन प्रतिपदामा दुर्गादेवी स्थापना गरिन्छ र प्रत्येक दिन दुर्गादेवीका भिन्नभिन्न रुपको पुजा आराधना हुन्छ । नव दुर्गालाई यसरी ध्यान गर्न सकिन्छ ।
प्रथमं शैली पुत्री च द्धितियं ब्रह्मचारिणी ।
तृतियं चन्द्रघण्टेति कृष्माण्डेती चुतर्थंकम ।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनी तथा ।
सतमं कालरात्री च अष्टमं महागौरति चाष्टममं ।।
नवमं सिद्धिदात्री च नवदुर्गा प्रर्कीतिता ।
आज शैल पुत्री
नवरात्रको पहिलो दिन पुजा आराधना गर्ने शैल पुत्री हुन् । हिमालयकी छोरी भएकीले यिनलाई शैल पुत्री भनिन्छ । दक्षप्रजापतिकी छोरी सतिदेवीको अर्को जन्म हिमालयकी छोरीको रुपमा हुन्छ । हिमालकी छोरीको नाताले उनको नाम शैल पुत्री रहेको दुर्गा पुराणमा वर्णित छ । अघिल्लो जन्ममा सतिदेवीको विवाह भगवान शंकरसँग भएको थियो ।सतिदेवीले आफ्ना बाबु दक्षप्रजापतिले आयोजना गरेको यज्ञ समारोहमा आफ्नो पति शंकरको अपमान गरेको सहन नसकी अग्नीकुण्डमा देह त्याग गरेको कथा छ । तिनै सतिदेवी हिमालय पुत्रीको रुपमा जन्मिएकी हुन् ।
साँढेमा सवार शैल पुत्रीको दाहिने हातमा त्रिशुल र देब्रे हातमा कमलको फूल रहेको छ । शैल पुत्रीको ध्यान यसरी गरिन्छ —
वन्दे वाञ्छितलाभाय चन्द्रार्धकृतशेखराम
बृषारुढां शुलधरां शैलपुत्री यशस्विनीम् ।
कसरी गर्ने चण्डी पाठ ?
नवरात्रमा चण्डीपाठ कल्याणकारी हुने विश्वास छ । ज्योतिषाचार्य वाशुदेव शास्त्री अनुसार चण्डी पाठको विधान यस प्रकार छ ।
प्रत्येक दिन कवच, अर्गला र किलकं पाठ गरेर पूरै १३ अध्याय चण्डी पाठ गर्न सकिन्छ । त्यसरी गर्न प्रत्येक तीन दिनमा १३ अध्याय पाठ गर्न सकिन्छ, जुन यस प्रकार छ ।
पहिलो दिन : कवच, अर्गलास्त्रोत र किलकं पाठ गररे प्रथम अध्याय पाठ गर्ने ।
दोश्रो दिन : दोश्रो, तेश्रो र चौथो अध्याय पाठ गर्ने ।
तेश्रो दिन :पंचम देखी १३ औं अध्याय पाठ गर्ने ।
बिहान पुजा आराधना र बेलुका पाठहरु, मुर्तिरहस्य वाचन गर्न सकिने शास्त्रीको सुझाव छ ।
आज तिथिमिति, ग्रहगोचर
२०८२ साल असोज ६ गते सोमबार । आश्विन शुक्लपक्ष प्रतिपदा घटस्थापना, दुर्गा पक्ष । २०२५ सेप्टेम्बर २२ ।नेपाल संवत ११४५ ।दुर्गा पक्ष । दक्षिणायन ।
सूर्य उदय ५ः५२सूर्य अस्त १७ः५९
चन्द्र राशी :कन्या
तिथिः प्रतिपदा ३ः१० सम्म त्यसपछि द्धितिया
नक्षत्रः हस्ता १ः५२सम्म त्यसपछि चित्रा
योगः बह
करणः बब
ग्रह गोचर
सूर्यः कन्या राशी उत्तरफाल्गुनी नक्षत्र
चन्द्रः कन्या राशी हस्ता नक्षत्र
मंगलः तुला राशी चित्रा नक्षत्र
बुधः कन्या राशी हस्ता नक्षत्र
बृहस्पतीः मिथुन राशी पुर्नवसु नक्षत्र
शुक्रः सिह राशी मघा नक्षत्र
शनिःमीन राशी उत्तरभाद्रपाद नक्षत्र
राहु ःकुम्भ राशी पूर्वभाद्रपाद नक्षत्र
केतुः सिंह राशी पुर्वफाग्नुनी नक्षत्र
ब्रह्म मुहुर्त :४ः१७ देखी ०५ः५ सम्म
अभिजित मुहुर्त ११ः३२देखी १२ः२० सम्म
राहुकाल ७ः २३ देखी ८ः५४ सम्म
तस्बिर : ब्लग सागरवल्र्ड डटकमबाट