काठमाडौं, ५ अशोज ।
नेपाली कांग्रेसले भदौं २३ मा जेनजि पुस्ताको प्रर्दशनलाई विरोध गर्न पाउँने लोकतान्त्रिक हक भन्दै शान्तिपूर्ण आन्दोलनलाई पार्टीले समर्थन गरेको स्पष्ट गर्दे आन्दोलनको नाममा भएका हिंसात्मक प्रर्दशन, तोडफोड, आगजनि र लुटपाट घटनालाई आपराधिक भन्दै कानूनी कारवाहीको माग गरेको छ ।
भदौं २४ मा मुलुकभर भएको हिंसा,तोडफाड, आगजनीबाट भएका क्षतीहरुको प्रारभ्मिक प्रतिवेदन प्रकाशीत गरेको छ । कांग्रेसको सूचना, संचार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माद्धारा जारी विज्ञप्तीमा ४८ जिल्लाका पार्टी कार्यालयमा क्षती पुगेको बताएको छ । त्यस्तै पार्टी सभापति शेरबहादुर देउवा लगायत ९५ जना नेता कार्याकर्ताको निवासमा आक्रमण गरेर ठूलो परिणाममा क्षती पु¥याएको विज्ञप्तीमा उल्लेख छ ।
पार्टी केन्द्रीय कार्यालय, सानेपाका कुनै पनि सामान जलेर बच्न नसकेका उल्लेख गर्दे अनुमानित दश करोडको क्षती भएको प्रारम्भिक प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ । मुलुकभर भएका सबै क्षतीको अनुमानित रकमको विवरण आउँन बाँकी रहेको कांग्रसले जनाएको छ ।
प्रेस विज्ञप्ति विस्तृतमा
१. गत भाद्र २३ र २४ गते नेपालका जेन–जी पुस्ताले आव्हान गरेको शान्तिपूर्ण प्रदर्शनलाई सरकारकोे विरोध गर्न पाउँने हक लोकतान्त्रिक विधि पद्दति भित्रको मौलिक अभ्यासका रुपमा नेपाली कांग्रेसले लिएको थियो र सोही अनुसार शान्तिपूर्ण प्रदर्शन हुने र सरकारले उनीहरुको आवाज सुन्नुपर्छ र जायज माग सम्वोधन पनि हुनुपर्छ भनि पार्टीले धारणा सार्वजनिक गर्दै आएको थियो ।
भाद्र २३ गते नै प्रदर्शनकारीले सोंचेको भन्दा फरक र अनियन्त्रित रुपमा प्रदर्शन हिंसात्मक बन्यो । सरकारले प्रदर्शनलाई नियन्त्रणमा लिने र हिंसा भड्कन नदिने अन्य पर्याप्त संभावना र उपायहरु हुँदाहुँदै एक्कासी गोली चल्ने र निहत्था दर्जनौ किशोर किशोरीको ज्यान जाने अवस्था सिर्जना भएपछि प्रदर्शनले थप हिंसात्मक रुप लियो । यो नेपाल र नेपालीका लागि अत्यन्तै दुःखद र निन्दनीय घटना हुन पुग्यो । यो घटनाप्रति नेपाली कांग्रेसले गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउँनु भएका सम्पूर्ण महान नेपाली आमाका सपुतहरु प्रति पुनः भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकूल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ । उक्त घटनाको सत्य तथ्य छानविन गरि दोषीलाई कार्वाहीको माग गरेको कुरा पुनः दोहो¥याउछ ।
२. भाद्र २३ गतेको घटनाले हिंसात्मक रुप लिएपछि आयोजक जेन–जी समूहले सार्वजनिक रुपमै प्रदर्शन फिर्ता लिएको घोषणा मात्रै गरेनन् बरु आन्दोलनलाई हिंसात्मक नबनाउन सामाजिक संञ्जालवाट सन्देश सम्प्रेषण गरिनैरहे । तर जेन–जीको आन्दोलनमा घुसपैठ गरि आ–आफ्नो कुत्सित मनसाय पुरा गर्ने विभिन्न समूहहरुले २४ गते विहानै देखि अकल्पनीय ढंगको आतङ्क सिर्जना गर्ने राष्ट्रव्यापी हिंसा, तोडफोड, लुटपाट र आगजनीका घटनाहरु घटाउन थाले । जसबाट हरेक नागरिक, लोकतन्त्रवादी राजनैतिक दलका केन्द्र देखि वडा तहसम्मका कार्यालयहरु, सवै तहका नेताका निजी निवास, प्रहरी कार्यालय, राज्यका मुख्य अंग एवं लोकतन्त्रका आधार स्तम्भहरु कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका तीनै तहका कार्यालय, लोकतान्त्रिक स्थापनाका लागि जीवन समर्पण गरेका नेपाली कांग्रेसका संस्थापक नेताहरुको घर तथा आश्रमहरु “कोइराला निवास, विराटनगर, गणेशमान निवास चाक्सीवारी काठमाण्डौ, किसुनजी आश्रम वाडेगाँउ ललितपुर” व्यवसायिक प्रतिष्ठानहरु लगायत नेपालको ऐतिहासिक भवन र दस्तावेज संगै नेपालको उन्नति र प्रगति संग जोडिएका अधिकांस नीजि तथा सार्वजनिक संरचनाहरु तोडफोड, आगजनी र लुटपाट गरि ध्वस्त (खरानी) वनाइए ।
यस्ता अपराधिक समूहको सूनियोजित योजनाको निशानामा जसरी अन्य लोकतन्त्रवादी राजनैतिक दलको कार्यालय र नेताहरुको नीजि निवास परे त्यसै गरि नेपाली कांग्रेसको पार्टी कार्यालय, पार्टी सभापति श्री शेरवहादुर देउवा र उहाँको निवास पनि प¥यो । यस्तो अमानवीय र वर्वतापूर्ण अपराधिक घटनाको कडा शव्दमा निन्दा र भत्सर्ना गर्दै उक्त घटनाको सत्य तथ्य छानविन गरि दोषीलाई कानूनी कार्वाही गरी पिडितलाई न्याय दिलाउँन र नागरिकलाई शान्ति सुरक्षाको अनुभूति गराई कानूनी राज्यको प्रत्याभूति गराउँन तत्काल उच्च स्तरिय न्यायिक छानविन आयोग गठन गर्न नेपाली कांग्रेसले निरन्तर माग गर्दै आएकोछ । अपराधिक घटनामा संलग्न जुनसूकै दलमा आवद्ध जो कोहीलाई कुनै राजनीतिक आग्रह पूर्वाग्रहवाट मुक्त भई कानूनी दायरामा ल्याउँन नेपाली कांग्रेस माग गर्दछ ।
३. २०८२ भाद्र २४ गते विभिन्न अपराधिक समूहहरुले गरेको तोडफोड, लुटपाट र आगजनीवाट देशभरका विभिन्न ऐतिहासिक तथा भौतिक, नीजि तथा सार्वजनिक संरचना गरेर खर्वौको क्षति भएको छ । क्षतिको यथार्थ मूल्याङ्कन भईसकेको छैन । भूकम्प, कोभिड र अन्र्तराष्ट्रिय क्षेत्रका विभिन्न युद्ध जस्ता विपद र महामारीवाट थिलथिलो भई भर्खर भर्खर उठ्न लागेको राज्यको अर्थतन्त्र एक्कासी फेरी कहालीलाग्दो अवस्थामा पुगेको छ ।
सामान्यतया कुनै दुई मुलूकका वीचमा लामो समय सम्म अत्याधुनिक हातहतियारको युद्ध चल्दा पनि मुख्य प्रशासनिक भवन जस्तैः राष्ट्रपति भवन, प्रभानमन्त्री कार्यालय, प्रधानमन्त्री निवास, मन्त्रालय र मन्त्रीका निवासहरु संसद भवन र सांसद आवासहरु, अदालत भवन र न्यायधिसका निवासहरु त्यहाँको सुरक्षा वलले अन्तिम समयसम्म सुरक्षित राखेको पाईन्छ ।
हाम्रो देशमा भ्रष्ट्राचार विरुद्ध, सुशासनको माग राखेर निश्चित उमेर समूहका मानिसहरुले शान्तिपूर्ण आन्दोलन गर्छन । निहत्था वाटोमा हिडिरहेका विद्यार्थीलाई निधार र छातिमा गोली लाग्छ अनि अत्त्याधुनिक हातहतियार सहित तैनाथ हजारौं सुरक्षाफौजको घेरामा सुरक्षित राखिएका राष्ट्रपति भवन, संसद भवन, सिंहदरवार र सर्वोच्च अदालत जलेर खरानी हुन्छन् । तीनको चित्कार कसैले सुन्दैन हातमा हतियार वोकेका सुरक्षकर्मीहरु पनि टुलु टुलु हेरेर वस्नु पर्ने स्थिती देखापर्छ । राज्य किन यस्तो भयो ? आम नागरिकको प्रश्न छ । सायद यसको उत्तर वर्तमानमा कसैले नदिएपनि ईतिहासले दिनेछ । भावि पुस्ताले आँशू झार्दै पढ्नेछन् ।
४. जेन–जी पुस्ताले उठाएका मागहरु आम नेपालीका माग हुन । उनहिरुले आव्हान गरेको शान्तिपूर्ण प्रदर्शन लोकतन्त्रको उच्चतम व्यवहारिक अभ्यास हो । तर ती पवित्र उद्देश्य लिएर प्रदर्शनमा उत्रिका यूवाहरुको भिडमा पसि आफ्नो कुत्सित स्वार्थ पुरा गर्न शिलशिलावद्ध तोडफोड, लुटपाट, आगजनी जस्ता हिंसात्मक गतिविधी गराई दर्जनौ नेपाली यूवाहरुको ज्यान जाने परिस्थिती निर्माण गर्ने गराउँने जो कोही भएपनि अपराधी नै हो । राज्यले उन्मुक्ति दिनु हुँदैन ।
घटना अनियन्त्रित भई असिमितरुपमा जनधनको क्षति हुने देखेर प्रधानमन्त्रीले राजीनामा दिनु भयो ।संविधान वमोजिम् विद्यमान संसदवाट नयाँ सरकार गठनको वाटो खुल्ने हो तर अकस्मात आन्दोलनकारी यूवा समूहहरु ओझेलमा पारिन्छन् र असंवैधानिक प्रस्तावहरु एकाएक वाहिर आउँछन् । विपदकावेला देखिने राज्यका मुख्य शक्तिहरु त्यसैलाई आधार वनाई निकासको वाटो खोज्छन् । एकातिर मुख्य राजनैतिक दलका शिर्षस्त नेताहरु विशेष सुरक्षा घेरामा रहेको र कर्फु आदेश जारी भएकोले नागरिकहरु स्वतस्फूर्त सडकमा आउँन नसकेको अवस्थामा संविधानको पक्षमा महामहिम राष्ट्रपतिज्यूले लिनु भएको अडानले लोकतन्त्र प्रतिको उहाँको निष्ठा पुनः एक पटक प्रमाणित गरेको छ ।
जेएन–जी पुस्ताको आन्दोलन, विकसित जटिल राजनीतिक अवस्था र विद्यमान संविधानका वीचमा संसद वाहिरवाट पनि सरकार वनाउँने वाटो निकाल्न सकिन्थ्यो । त्यसकालागि राजनीतिक दलको सहमति र संसदको ऐतिहासिक भूमिका आवश्यक थियो । त्यो पनि संभव वनिसकेको थियो । तर हिंसा र आतङ्कको भूमरीमा राजनीतिक दल प्रति विष वमन गर्दै आक्रोस र निषेधको वाटो हिड्न खोज्दा आज संविधान एकातिर सरकार अर्कातिर भएको देखिन्छ ।
राज्यका सवै सरकारी संरचना ध्वस्त वनाएको अवस्थामा प्रतिनीधिसभाको निर्वाचनको घोषणा भएको छ । खलवलिएको राज्यव्यवस्थालाई मुलूकको संविधान वमोजिम लयमा फर्काउँने धेरै उपाय मध्ये संसदको उपस्थिती पहिलो हो । प्रतिनीधिसभा विघटन भई अर्को निर्वाचनका लागि मिति घोषणा भएको छ । नेपाली कांग्रेस वैधानिक सरकारले गराउँने शाान्तिपूर्ण वातावरणमा हुने धाँधली रहित निर्वाचनवाट कहिल्यै अलग वस्दैन भन्ने कुरा स्पष्ट पादछौ ।
५. राज्यको सुरक्षा संयन्त्र निष्क्रिय पार्ने, समाजलाई हिंसा र आतङ्कको भूमरीमा राख्ने तत्वहरु यत्रतत्र सल्वलाईरहेको वेला हरेक नागरिक, उद्योगी, व्यापारी तथा व्यवसायीहरु सुरक्षित रहन वा आफु र आफनो जनधन सुरक्षित छ भन्ने महसूस गराउँनु राज्यको कर्तव्य हो तर अहिले राज्य प्रति नागरिकको विस्वास टुटेको, सुरक्षकर्मीनै नागरिक संग साथ सहयोग र समर्थन खोज्दै हिडेको र विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका कैदी वन्दीहरु करागार वहिर रहेको अवस्थामा नागरिकहरुले आपसमा एकता कायम गरि व्यक्ति–परिवार, टोल–छिमेक, दलहरु वीच समेत एकता र सहकार्य गरि नागरिकको जीउ धनको रक्षा गर्नुपर्ने अवस्था छ । यस विषम परिस्थितीमा हरेक नागरिकले आ–आफ्नो क्षेत्रवाट सामाजिक एकता, सद्भाव कायम गरि एक अर्काको सहयोगमा जुट्न आवश्यक भएकोले नेपाली कांग्रेस आफना सवै पार्टी संरचनामा आवद्ध साथीहरुलाई अपील गर्दछ ।
६ नेपाली कांग्रेस नेपालका विभिन्न आरोह अवरोह, दुःख कष्ट खपेर नेपाल र नेपालीका लागि निरन्तर क्रियाशील संघीय समावेसी लोकतान्त्रिक गणतन्त्रका पक्षमा पहाडझै उभिएको मुलूककै पहिलो र ठूलो पार्टी हो । विचारले जन्मिएको र नेपाली जनताको साथ र समर्थनले हुर्किएको बढेको यो पार्टीले मुलूकका हरेक राजनीतिक परिवर्तनको नेतृत्व मात्रै गरेको छैन । जनतालाई निरङ्कुसता र दासतावाट मुक्ति दिई आर्थिक समुन्नतिकालागि उदारणीय नीति लागू गरी नेपाली जनताको अवस्था परिवर्तनमा पनि उल्लेख्य योगदान गरेको छ ।
विगतमा विभिन्न संकटको सामना गर्दै अनुभव हासिल गरेका पार्टीका साथीहरुले वर्तमान अवस्थालाई पनि सहजै सामना गर्नुहुनेछ । तीनै तहका सरकारी संरचना, पार्टी कार्यालय, पार्टीका नेता साथीहरुको भौतिक संरचनामा तोडफोड र आगजनी गरी खरानी वनाएता पनि विचार, सपना र योजना जलेको छैन । जनताको साथमा कमि हुने छैन भन्ने आत्मा विस्वासका साथ “ हामी उठ्छौ । हामी जुट्छौ । हामी जित्छौ ।” भन्ने उच्च मनोवल लिएर संगठनको काममा उत्तिकै क्रियाशील रहनुहुनेछ भन्ने दृढ विस्वास लिइएकोछ । मानिसको व्यक्तिगत जीवनमा जस्तै पार्टीको जीवनमा पनि अनेकन उतार चडावहरु आउँछन् । यस्तो जटिल मोडमा आवेग र उत्तेजना होईन विवेक, संयम र धैर्यताले काम गर्नुपर्दछ ।
तस्बिर : द काठाण्डू पोष्टबाट साभार ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *