नेपाली काँग्रेस अब स्वच्छन्द छ, इतिहासको प्रभावबाट मुक्तिका लागि

नेपाली राष्ट्रिय काँग्रेसको कुरा न गरौं। बि।स।२००७ पछि मातृका प्रसाद कोईरालाको सभापतित्व काललाई अपवाद मान्ने हो भने नेपाली काँग्रेसमा सभापति पदको हस्तान्तरणको प्रकृया उदाहरणीय रहेको छ। समयको यो प्रवाह आज ७५ बर्षको भयो। यस अवधिमा पार्टी सभापतिको रूपमा शेरबहादुर मात्र यस्तो पात्र भए जसले पद हस्तान्तरणको तेस सरल तथा स्वभाविक प्रकृयालाई दुरूह, दुर्येज्ञ बनाए।नेपाली काँग्रेसका चार चाणक्य कहलिएका बीपी कोईराला, सूवर्ण शम्सेर जबरा, गणेशमान सिंह र सूर्य प्रसाद उपाध्याय मध्ये सभापति पदका लागि एकाध पटक बाहेक कहिल्यै एकापसका बिरूद्ध दाबी र हानथाप रहेन। कयौं बिषयमा यी चारका बीच गंभीर मतभिन्नताहरू रहेको थियो। तर, सभापतित्व बिवाद रहित रहेको थियो। एकर्कालाई पराजयको तहसम्म पुर्याउने खेल भएन। अपवादको रूपमा नेपाली काँग्रेसको बीरगंज सम्मेलनमा पार्टी सभापतिमा उम्मेदवारी दिएका धनमान सिंह परियारको पनि कुरा न गरौं, यो उम्मेदवारी केही थोरै समयका लागि चार चाणक्य कहलिएका मध्ये कै क्षणिक असन्तुष्टिका कारणले मात्र दिन लगाईएको थियो।
अतिशय रूग्ण सूवर्ण शम्सेर बीपीको हात समाएर “तपाईको नासो नेपाली काँग्रेसको यो कार्यवाहक सभापतिको पद तपाईलाई फिर्ता बुझाउँदछु” भन्दै उहाहरणीय रूपमा सभापतित्व हस्तान्तरण गर्नु भयो। कलकत्ताबाट फर्किएर बीपीले पटनाको “आर ब्लक” स्थित “एमएलए क्लब”मा आयोजित सभामा यो जानकारी गराउनु हुदाँ म स्वयं पनि साक्षी रहेको हुँ। शायद यसको भोली वा पर्सी कै दिन सूवर्ण शम्सेर जीको देहावसान भएको थियो। वा, एकाध सप्ताह भित्र। नेतृत्व हस्तान्तरणको यो एक अनुपम उदाहरण थियो।
नेका सभापतिको रूपमा बीपी कोईराला २०१७ पौष १ गते पछि जेल पर्नु भएपछि प्रवासमा रहनु भएका सूवर्ण शम्सेर अनेकौं शक्ति केन्द्रहरूको उक्साहटका बावजूद सभापति पदको दाबी गर्नु भएन। उहाँ झण्डै दुई बर्षसम्म बीपी, गणेशमान जीहरूको रिहाईको प्रयास गर्नु भयो। रिहाईको आशा नदेखिएपछि २०१८ सालमा भारतको पटनामा बोलाईएको सम्मेलनमा, राजा महेन्द्रको तानाशाहीको बिरूद्ध शसस्त्र प्रतिरोध संचालन गर्नका लागि उहाँलाई कार्यवाहक सभापति बनाईएको थियो। तेस बखत, यस बाहेक कुनै बिकल्प नरहेको अवस्था थियो।
लामो समय पश्चात, बीपी कोईराला अमेरिकामा उपचार गराएर सन् १९७७ नोभेम्बर ९बिस २०३४, मंसिर० मा स्वदेश फर्किने क्रममा कलकत्तामा सूवर्ण जीलाई भेटन जानु भएको थियो। अतिशय रूग्ण सूवर्ण शम्सेर बीपीको हात समाएर “तपाईको नासो नेपाली काँग्रेसको यो कार्यवाहक सभापतिको पद तपाईलाई फिर्ता बुझाउँदछु” भन्दै उहाहरणीय रूपमा सभापतित्व हस्तान्तरण गर्नु भयो। कलकत्ताबाट फर्किएर बीपीले पटनाको “आर ब्लक” स्थित “एमएलए क्लब”मा आयोजित सभामा यो जानकारी गराउनु हुदाँ म स्वयं पनि साक्षी रहेको हुँ। शायद यसको भोली वा पर्सी कै दिन सूवर्ण शम्सेर जीको देहावसान भएको थियो। वा, एकाध सप्ताह भित्र। नेतृत्व हस्तान्तरणको यो एक अनुपम उदाहरण थियो।
पटनाको तेस सभामा किसुन जी पनि हुनुहुन्थो। यसको साता नबित्दै बीपी पटनाबाट नेपाल फर्किनु भयो। राजा बीरेन्द्रसंग उहाँले तेस्तै बचनवद्धता गर्नु भएको थियो, अमेरिकामा उपचार पछि नेपाल फर्किने बाचा। नेपाल फर्किनु अघि पटनाको सोही “एमएलए क्लब” को सभामा आफु नेपाल फर्किएपछि अवश्य पनि पक्राउ परिने भन्नु हुदै “आफु जेल परेपछि साथीहरू हाम्रा प्रिय साथी किसुन जी९कृष्ण प्रसाद भट्टराई०बाट निर्देशन पाई रहनु हुनेछ भन्नु भयो। यति मात्र भन्नु भयो। पटनाबाट काठमाण्डौं फर्किन लाग्दा शानेवानीको बिमानमा उहाँले “योजनावद्ध” रूपमा सहयात्री बनाउनु भएको एक सहयोगी, जस्को नेपाल फर्के पछि गिरफ्तार हुने संभावना थिएन उहाँलाई काठमांडूमा सार्वजनिक गर्ने गरी एक खामबन्दी पत्र दिनु भयो। यो पत्र सार्वजनिक गरिएपछि सबैले थाहा पाए बीपीले किसुन जीलाई नेपाली काँग्रेसको कार्यवाहक सभापति र परशु नारायण चौधरी एवं गिरिजा प्रसाद कोईरालालाई महामन्त्री तोक्नु भएको हो। यहाँ मैले यदि यो सत्य उल्लेख गरिन भने इतिहास प्रतिको बेईमानी हुनेछ कि बीपीले यो निर्णय शायद शाब्दीक रूपमा नै सत्य “महान उदारमना निस्पृह मानव गणेशमान जी” को सहमतिबाट गर्नु भएको थियो। यो नेपाली काँग्रेसमा सभापतित्व हस्तान्तरणको अर्को अतुलनीय उदाहरण थियो।
पटनाबाट काठमाण्डौं फर्किन लाग्दा शानेवानीको बिमानमा उहाँले “योजनावद्ध” रूपमा सहयात्री बनाउनु भएको एक सहयोगी, जस्को नेपाल फर्के पछि गिरफ्तार हुने संभावना थिएन उहाँलाई काठमांडूमा सार्वजनिक गर्ने गरी एक खामबन्दी पत्र दिनु भयो। यो पत्र सार्वजनिक गरिएपछि सबैले थाहा पाए बीपीले किसुन जीलाई नेपाली काँग्रेसको कार्यवाहक सभापति र परशु नारायण चौधरी एवं गिरिजा प्रसाद कोईरालालाई महामन्त्री तोक्नु भएको हो।
बिश्वास, सद्भाव र सहकार्यको यो परम्परा कलवलगुडीमा आई पुग्यो, जहाँ बिराटरूपधारी गणेशमान जीको सदिच्छा र गिरिजा बाबुको समर्थनबाट किसुन जी पार्टीको निर्बिरोध सभापति हुनु भयो। सहमतिबाटै नेतृत्व हस्तान्तरणको यो पच्छिल्लो उल्लेखनीय उदाहरण थियो। तेस दिनका समारोहमा, बस्नका लागि स्थान नपाएका धेरै बिल्लादार डंठेहरू पछि ९भाद्र २३(२४, २०८२ सम्मका० काँग्रेसका भाग्य बिधाता बनाईए। शेरबहादुरले तिनीहरूलाई काँग्रेसी सत्ताका ‘धुरी’ नै बनाई दिए। ति मध्ये कै धेरैले भन्दै गरेको सुनियो, शेरबहादुर बेगर काँग्रेस जीवित रहन सक्दैन। हो, यो सत्य हो। किसुन जी पछि गिरिजा बाबु सभापति हुने बेलामा नेपाली काँग्रेसको “अतुलनीय सहमतिको उदाहरण” को इतिहासमा प्रतिस्पर्धाले प्रवेश पायो। तरपनि त्यो शिष्ट थियो। किसुन जीले आफु स्वयंलाई गिरिजा बाबुको बिरूद्ध उम्मेदवार बनाउनु भएन। उहाँले चिरंजीवि बाग्लेलाई नेकाको सभापतिमा समर्थन गर्नु भयो। यसमा बिवाद छैन कि बाग्ले नेपाली काँग्रेसका तेस बखत दोस्रो पुस्ताका एक मुख्य नेता थिए। तर, यो पनि सत्य हो कि किसुन जीले बाद्लेको उम्मेदवारीबाट नेपाली काँग्रेस भित्र छायाँ युद्धको शुरूआत गराउनु भयो। यसका लागि पार्टीका तेस बेलाका दोस्रो तहका धेरै नेताहरू गुटगत ध्रुविकरणका पात्र बन्न बाध्य भए। जब कि गिरिजा प्रसाद किसुन जी पछि हकदार हुनुहुन्थ्यो। तर, नेका भित्र घातप्रतिघात यस अघि नै शुरू भैसकेको थियो। काठमांडू(१ को उप निर्वाचनमा किसुन जीको पराजय यसको मुख्य प्रारम्भ बिन्दु थियो, यद्यपि यहाँ यस बारे चर्चा गर्नु परेन। गिरिजा बाबुको खिलाफमा उम्मेदवारीका लागि यहाँ यौटा तर्क दिन सकिन्छ कि एउटै व्यक्ति लामो समयसम्म पार्टी सभापति किन रहनेरु यो ठिक हो, जबकि यस अघिको नेपाली काँग्रेसका सभापतिहरूको लगभग असिमित पदावधिले यस तर्कलाई समर्थन गर्दैन। गिरिजाबाबु पछि नेकामा नेतृत्व हस्तान्तरण प्रकृयामा सहमतिको कुनै संभावना रहेन। यस सौहार्दताको समाप्ति भयो। सुशील कोईराला, यसपछि शेरबहादुर देउवाको सभापतित्वमा आरोहण पूर्णतः शसक्त गुटबन्दीको परिणाम थियो। अनि, यौटा सानो गुट तथा देउवाको बिपूल साधन एवं स्रोतका बलमा “चरण चाटुकार” हरूको नेपाली काँग्रेसमा हालिमुहालीको यात्रा आरम्भ भयो। यस उप्रान्त नेका ‘कायाहीन’ सत्ता लोलुपहरूको हातमा गयो। यस बारे धेरै उदाहरण तथा दृष्टान्तहरू दिनु आवश्य छैन। यस उप्रान्तका फोहोरी खेलहरूको चर्चाले यो सानो लेखपनि फोहरी हुन जान्छ। यस अवस्थामा नेपाली काँग्रेसको प्रवेशको परिणाम नै आजको वर्तमानको हविगत हो। दुखः त यस दुरावस्था प्रति छ कि शेरबहादुरले नेकालाई यहाँ पुर्याईदिए जहाँबाट शायद देखिएका नेतृत्वहरू कसैले पनि उकास्ने कुरामा बिश्वास भैरहेको छैन।
म आज यहाँ योगीहरू तथा सिद्धहस्त सन्तहरूको मृत्युपरान्तको एक परम्परा बताउन चाहन्छु। त्यो हो‘‘।।”ठूला र सिद्ध योगीहरूको मृ्त्यू भएपछि योगीलाई जल समाधि वा पंचतत्वमा बिलीन गराईए पछि अन्यन्य भक्त शिष्यहरूले गुरू योगीको कुटीलाई आगो लगाई भष्म पार्दछन्।” यस्तो चलन छ। धेरैले सोच्दा हुन्, किन निरु कुटी किन जलाउने निरु यो परम्परा यस कारणले थालियो, ।।”हेर तेस कुटीमा मृत्यूपर्यन्त पनि सिद्ध योगीको आत्माको बास रहेको हुन्छ। तसर्थ, नयाँ योगीले कुटी डढाउने गर्छन्। पूर्ववर्ती प्रतापी योगीको प्रभावबाट मुक्त हुन्। स्वच्छन्द हुनका लागि।”
नेपाली काँग्रेस अब पनि शेरबहादुर कै नेतृत्वमा स्वच्छन्द छ, पूर्ववर्ती सबै पराक्रमीहरूको सार्थक प्रभावबाट मुक्त हुनका लागि।
(जयप्रकाश आनन्दको फेस बुकबाट साभार)