मौसम विज्ञान विभागले शनिबार बिहान जारी गरेको मौसमी विवरण अनुसार मनसुनको प्रभाव मधेश प्रदेश, बागमति प्रदेश र गण्डकी प्रदेशमा रहने र मध्यम वर्षाको संभावना छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा दक्षिणमा तथा पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको छ।
आज दिउँसो
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाडी भु(भागमा साधारणतया बदली रही बाँकी तराई भू(भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा देशको बाँकी भू(भागका एक(दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राती
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने छ ।कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू(भागका एक(दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *